Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पेट्रोलियम पदार्थको भाउका आधारमा भाडा २.२२ प्रतिशत घट्ने

\"Petrol\"काठमाडौ । पेट्रोलियम पदार्थको भाउ घटेका आधारमा सार्वजनिक सवारीसाधनमा भाडा समायोजन गरिने भएको छ । नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीसाधनको भाडा घटेको थिएन । यसको उपभोक्तावादी संस्थाले विरोध जनाउँदै आएका थिए । गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधनको भाडा पेट्रोलियम पदार्थको भाउ घटेको आधारमा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो । कार्यालयको निर्देशनपछि भाडा घटाउन पुग्ने गरी पेट्रोलियम पदार्थको भाउ घटाउन आग्रह गरेपछि भदौ २० गते राति १२ बजेदेखि लागू हुनेगरी एक भाउ घटाएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । ‘निगमले पुनः भाउ घटाएपछि भदौ २१ गते विभागमा नेपाल यातायात व्यवसायी महासङ्घ, उपभोक्तावादी सङ्घ संस्थाका बीचमा छलफल भएको छ, छलफलमा २।२२ प्रतिशत भाडा घटाउने सहमतिको अन्तिम चरणमा पुगेको छ, व्यवसायीले न्यूनतम १२ भाडा घटाउने सम्बन्धमा आज थप छलफल गर्ने प्रस्ताव गरेकाले बैठकबाट निर्णय गरिनेछ’ उनले भने  । यसअघि सरकारले पुस र माघ महिनामा दुईपटक भाडा घटाई पाँच किमिममा न्यूनतम भाडा रु १३ कायम गरे पनि अझै लागू भएको छैन । व्यवसायीसँग न्यूनतम रु १२ भाडा कायम गर्न सोमबार प्रस्ताव गरिएकामा बुधबारसम्मको समय माग गरेपछि आज पुनः बैठक बस्न लागेको हो । उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले यातायात व्यवसायमा दादागिरी गर्नेको बोलवाला बढेकाले सरकार निरीह बन्दा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुन समय लागेको बताए । ‘सरकार निरीह र व्यवसायीको दादागिरीको प्रमाण विसं २०७१ पुस र माघमा घटाई न्यूनतम रु १३ कायम गरिएको भाडादर अहिलेसम्म लागू नहुनु हो’–उनले भने । महासङ्घका अध्यक्ष दिनेश भण्डारी गत वर्ष पुस र माघमा घटाएको भाडा वैज्ञानिक पद्धतिअनुसार रु १४ हुनुपर्नेमा मन्त्रीले रु एक थप घटाइ रु १३ बनाएकाले कार्यान्वयन हुन नसकेको बताउँछन् । ‘पेट्रोलियम पदार्थको भाउ रु पाँच वृद्धि भए भाडा बढ्ने र घटे घट्ने वैज्ञानिक भाडा पद्धति हो, जसअनुसार अहिले २.२२ प्रतिशत भाडा घट्ने पक्का भएको छ’ उनले भने । आठ महिनापछि व्यवसायी न्यूनतम रु १३ भाडा कायम गर्न सहमत भएका छन् । भाडा घटाएर कार्यान्वयन भए नभएको अनुगमन गर्ने तयारीमा विभाग लागेको महानिर्देशक श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending