Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कर्मचारीलाई उपप्रधानमन्त्री सिंहले भने ‘दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस’

\"prakashman\"काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलको स्वार्थभन्दा बाहिर रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयले बुधबार आयोजना गरेको पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको आर्थिक वर्ष २०७१÷७२ को वार्षिक समीक्षा गोष्ठीमा उपप्रधानमन्त्री सिंहले कानुनको दायरामा बसेर नियम र विधिसम्मत रुपमा काम गर्न मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन र्दिएका हुन । उनले स्थानीय विकास मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको भन्दै जनताको चाहनाअनुसारको सेवा दिनु आवश्यक रहेको औंल्याए । मन्त्री सिंहले सबै राजनीतिक दलको चुनावी घोषणापत्रमा स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख भएकाले संविधान निर्माणलगत्तै स्थानीय निकायको निर्वाचन हुने उल्लेख गरे । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले अन्तरिम संविधानले मुलुक चल्न नसक्ने भन्दै बढीभन्दा बढी दललाई संलग्नतामा चाँडो सङ्घीय गणतान्त्रिक नेपालको संविधान निर्माण हुने बताए । मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले स्थानीय निकायको निर्वाचन हुन नसक्दा सबै काम कर्मचारीले गर्नुपरेको गुनासो गर्दै पुँजीगत क्षेत्रको वृद्धि गरेर विकास निर्माण गर्नु आवश्यक रहेको बताए । रेग्मीले टुक्रे योजनाभन्दा ठूला योजनालाई विशेष ध्यान दिन आवश्यक रहेको औँल्याए । मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख गोकर्णमणि दुवाडी, गाविस महासङ्घका अध्यक्ष नवराज गेलाल, नगरपालिका सङ्घका सचिव कलानिधि देवकोटालगायतले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले खेलेको भूमिकाको सराहना गरे । आव २०७१÷७२ मा मन्त्रालयबाट रु ५७ अर्ब ४४ करोड ४६ लाख विनियोजन भएकामा रु ४७ अर्ब २१ करोड ८८ लाख ४० हजार खर्च भएको मन्त्रालयले जनाएको छ । आव २०७०÷७१ कोभन्दा आव २०७१÷७२ मा थप ११ जिल्लामा जिल्ला यातायात सडक गुरुयोजना विस्तार गर्नुका साथै स्वायत्त शासन ऐन २०५५ को पहिलो संशोधन विधेयक संसद्मा छलफलको रुपमा रहेको छ । यस्तै गत आवमा नै पञ्जीकरण विभागको स्थापना र अनुगमन तथा मूल्याङ्कन महाशाखासमेत स्थापना भएको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending