Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कर्मचारीलाई उपप्रधानमन्त्री सिंहले भने ‘दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस’

\"prakashman\"काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलको स्वार्थभन्दा बाहिर रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयले बुधबार आयोजना गरेको पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको आर्थिक वर्ष २०७१÷७२ को वार्षिक समीक्षा गोष्ठीमा उपप्रधानमन्त्री सिंहले कानुनको दायरामा बसेर नियम र विधिसम्मत रुपमा काम गर्न मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन र्दिएका हुन । उनले स्थानीय विकास मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको भन्दै जनताको चाहनाअनुसारको सेवा दिनु आवश्यक रहेको औंल्याए । मन्त्री सिंहले सबै राजनीतिक दलको चुनावी घोषणापत्रमा स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख भएकाले संविधान निर्माणलगत्तै स्थानीय निकायको निर्वाचन हुने उल्लेख गरे । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले अन्तरिम संविधानले मुलुक चल्न नसक्ने भन्दै बढीभन्दा बढी दललाई संलग्नतामा चाँडो सङ्घीय गणतान्त्रिक नेपालको संविधान निर्माण हुने बताए । मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले स्थानीय निकायको निर्वाचन हुन नसक्दा सबै काम कर्मचारीले गर्नुपरेको गुनासो गर्दै पुँजीगत क्षेत्रको वृद्धि गरेर विकास निर्माण गर्नु आवश्यक रहेको बताए । रेग्मीले टुक्रे योजनाभन्दा ठूला योजनालाई विशेष ध्यान दिन आवश्यक रहेको औँल्याए । मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख गोकर्णमणि दुवाडी, गाविस महासङ्घका अध्यक्ष नवराज गेलाल, नगरपालिका सङ्घका सचिव कलानिधि देवकोटालगायतले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले खेलेको भूमिकाको सराहना गरे । आव २०७१÷७२ मा मन्त्रालयबाट रु ५७ अर्ब ४४ करोड ४६ लाख विनियोजन भएकामा रु ४७ अर्ब २१ करोड ८८ लाख ४० हजार खर्च भएको मन्त्रालयले जनाएको छ । आव २०७०÷७१ कोभन्दा आव २०७१÷७२ मा थप ११ जिल्लामा जिल्ला यातायात सडक गुरुयोजना विस्तार गर्नुका साथै स्वायत्त शासन ऐन २०५५ को पहिलो संशोधन विधेयक संसद्मा छलफलको रुपमा रहेको छ । यस्तै गत आवमा नै पञ्जीकरण विभागको स्थापना र अनुगमन तथा मूल्याङ्कन महाशाखासमेत स्थापना भएको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending