Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तत्काल वार्तामा आउन तीन दलका शीर्ष नेताको आव्हान ‘हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिउँ’

\"sushil_prachanda_Oli\"काठमाडौँ । तीन प्रमुख दलका शीर्ष नेताबाट संविधानको अन्तिम मस्यौदालाई थप परिमार्जन गर्न सक्ने अवसरको उपयोगका लागि तत्काल वार्तामा आउन तराई मधेसमा आन्दोलनरत दललाई आज संयुक्त आह्वान गरिएको छ । तराईका विभिन्न जिल्लामा सङ्घीयताको खाकाका विषयमा असन्तुष्ट भई विरोध प्रदर्शन, बन्द हड्ताल र हिंसात्मक गतिविधिसमेत भइरहेका बेला संविधानसभा भवन नयाँ बानेश्वरमा साँझ बसेको ती दलका शीर्ष नेताको बैठकपछि जारी संयुक्त वक्तव्यमा सो आह्वान गरिएको हो । मतभेद र द्वन्द्वको उत्कर्षको बेलामा पनि वार्ता र छलफलको ढोका बन्द गर्नु हुँदैन भन्ने मान्यता राख्ने आफूहरु पनि नेपाली जनताको अधिकारका लागि सँगै सङ्घर्ष गरेका दल भएको उल्लेख गर्दै शीर्ष नेताले हिमाल ,पहाड, तराई र मधेसमा जनताको अधिकार र समृद्धिको मुद्दा सबैको साझा मुद्धा भएकाले देशको एकता र सामाजिक सद्भाव कायम राख्दै लोकतन्त्र र राष्ट्र हितको आवश्यकतालाई महसुस गरी वार्ता र संवादको पक्षमा सकारात्मक भूमिका खेल्न आह्वान गर्नुभएको छ । संविधानसभामा संविधानको परिमार्जित मस्यौदामाथि मङ्गलबारबाट संशोधन प्रस्तावमाथि छलफल सुरु भएपछि आफ्ना सवाल सम्बोधन नभएको भन्दै विभिन्न मधेसी मोर्चामा रहेका दल र राप्रपा नेपाललगायतले छलफलको प्रक्रिया बहिष्कार गरेपछि मुख्य दलले वार्तामा आउन आग्रह गर्नुभएको हो । यसअघि पनि प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि पटकपटक पत्राचार गरिसक्नुभएको छ भने अन्य नेताले पनि अनौपचारिक भेटघाट र कुराकानीबाट वार्तामा आउन लगातार अनुरोध गर्दै आउनुभएको छ । बैठकपछि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशीला कोइराला, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको विज्ञप्ति काँग्रेस नेता तथा वनमन्त्री महेश आचार्यले वाचन गरी पत्रकारलाई जानकारी गराउनुभएको थियो । विज्ञप्तिमा भनिएको छ, “देशको कमजोर अर्थतन्त्रमा झन् गम्भीर असर पर्ने तथा सर्वसाधारण जनतामा ठूलो कष्ट हुने गरी बन्द र आमहड्तालजस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालयमा तथा निजी सम्पतिमा तोडफोड र हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिन र सबै समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक तबरबाट खोज्न तत्काल वार्तामा आउन हामी सम्बद्ध सबै राजनीतिक दललाई हार्दिक अपिल गर्दछौँ ।” नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने प्रक्रिया अहिले निर्णायक चरणमा पुगेकाले देश र संविधान निर्माणको यस ऐतिहासिक दायित्वलाई पूरा गर्न कुनै पनि दल र सभासद्ले आफूलाई संविधानसभाको वर्तमान प्रक्रियाबाट अलग राख्नु सुखद् हुन नसक्ने वक्तव्यमा जनाएको छ । लामो सङ्घर्ष र बलिदानबाट आएको संविधानसभामा आठ वर्ष लामो वहस भइसकेकाले यस बाटोबाट विचलित नभई छिटो संविधान जारी गर्नु सबैको दायित्व भएको स्मरण गराउँदै वक्तव्यमा भनिएको छ, “संविधानका विषयवस्तुमा मतभेद हुन सक्छन् तर जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाउँमा उभिन सक्छौँ ।” शीर्ष नेताले संविधान निर्माणको ऐतिहासिक चरणमा विभाजित भएर होइन एकताबद्ध भएर जनताको पक्षमा लोकतान्त्रिक संविधान लेख्दा सङ्घीयतालाई वास्तविक अर्थमा प्रयोग गर्न र परिणामसम्म पुर्याउन सकिने तथा गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय र आर्थिक विकासलाई सुनिश्चित र समावेशीतालाई संरक्षित गर्न सकिने पनि जनाउनुभएको छ । बैठक सकिनुअघि बाहिरिनुभएका काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता र संवादबाट समस्याको समाधानका लागि पुनः आह्वान गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले आन्दोलनलाई हिंसात्मक नबनाई लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्नुपर्ने जनाउनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराईका आन्दोलनमा देखिएको हिंसात्मक घटनाका विषयमा सञ्चार माध्यमले खोज गर्ने विश्वास व्यक्त गर्नुभयो । एमाले नेता माधवकुमार नेपालले प्रहरी चौकीमा आक्रमण गर्ने, लाठी भाला बोक्ने जस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending