Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

प्रधानमन्त्रीले भने – ८५ प्रतिशत हिन्दु अल्पमतमा पर्ने कुरै आउदैन

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री कोइरालाले ८५ प्रतिशत हिन्दू रहेको मुलुकमा हिन्दूहरु अल्पमतमा पर्ने प्रश्न नै नउठ्ने बताउँदै संविधानमा समयानुकूल परिवर्तन हुने बताएका छन् । संविधानमा हिन्दू राज्य लेखिनुपर्ने मागसहित आमरण अनशनमा बसेका युवाको स्वास्थ्य अवस्थाको जानकारी गराउन राष्ट्रिय हिन्दू जागरण अभियानका संयोजक पूर्व सांसद शंकर पाण्डेको नेतृत्वमा बिहिबार प्रधानमन्त्री निवास बालुवाटार आएको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन  । प्रधानमन्त्री कोइरालाले संविधानमा हिन्दू राज्य रहनुपर्ने माग गर्दै अनशन बसेका हिन्दू युवालाई अनशन तोडी संविधान निर्माण र जारी गर्ने कार्यमा सहयोग पु¥याउन पनि आग्रह गरेका छन् । सो अवसरमा प्रम कोइरालाले नेपाली जनताले संविधान निर्माणका लागि नै संविधानसभा सदस्यलाई निर्वाचित गरेको उल्लेख गर्दै विभिन्न आस्था र विचार भएका राजनीतिक दलका बीचमा सम्झौता गरेर संविधान निर्माण गर्नु परेको यथार्थलाई बुझिदिन आग्रह गरेका थिए । उनले संविधानसभाबाट संविधान निर्माणमा नै नेपालको झण्डै एक दशकको समय व्यतित हुन लागेको स्मरण गराउँदै शान्ति, स्थिरता, विकासका लागि र हालसम्मका आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्ने लोकतान्त्रिक संविधान चाहिएको उल्लेख गरे । सोही अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले संविधान पारित गर्न दुईतिहाई मत चाहिने हुनाले नेपाली काँग्रेसले चाहँदाचाहँदै पनि कतिपय विषय आफूले भने जस्तो नभएको उल्लेख गरे । उनले नेपालको परिप्रेक्षमा धर्म निरपेक्षताले सनातनदेखि चलिआएका धार्मिक र सांस्कृतिक परम्पराको संरक्षणलाई बुझाउने व्याख्या गरेर हिन्दू धर्मलाई संरक्षित गरिएको बताए । मन्त्री आचार्यले हिन्दू धर्मको सहिष्णुभाव र शान्तिप्रतिको चाहनालाई अन्तर्राष्ट्रियकरण गर्ने यो शुभअवसर भएकाले संविधान निर्माण र जारी गर्ने कार्यमा सहयोग गर्न समस्त हिन्दूधर्मका ॐ कार परिवारसँग अपिल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy