Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भित्रियो जुम्ली जुम्ली प्राङ्गारिक स्याउ काठमाडौैं

\"apple\"काठमाडौं । यस वर्ष भदौ महिनाको दोस्रो साताभित्र १२ मेट्रिक टन जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँमा भित्रिएको छ । जुम्लाका स्याउ व्यापारीहरुले अहिले काठमाडौँका कलङ्की, बल्खु बागबजार, बालाजु र सिंहदरबार अगाडिका गेटलगायतका स्थानमा प्रतिकिलो रु १०० देखि रु १२० मा बिक्री वितरण गरिरहेका छन् । अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ काठमाडौँमा बिक्री गर्दा केही हदसम्म खर्च उठे पनि भनेजस्तो कमाइ हुन नसकेको हाँकु– २ जुम्लाका स्याउ व्यापारी पदम खत्रीले बताए । व्यापारी खत्रीले जुम्लाबाट चार दिनभित्र काठमाडौँ ल्याउन सकिने स्याउ बन्दका कारण ११ दिनसम्म नेपालगन्जमा रोकिँदा सोचेको जस्तो उपलब्धि नभएको बताए । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार १२० जना जुम्लाका व्यापारीले ‘ए’ र ‘बी’ ग्रेडका ६५१ मेट्रिक टन स्याउ निर्यात गरेका छन् । निर्यात गरिएका प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पु¥याएको उनले जानकारी दिए । जुम्ला कुडारी– १ का स्थानीय स्याउ व्यापारी विमल भट्टराईले नेपालगन्जमा आफूले प्रतिकिलो रु ६५ मा बेचेको स्याउ बुटवलमा रु ८० र काठमाडौँमा रु १२० मा बिक्री गरेको बताए । राम्रै फाइदा हुने आशा राखेका भट्टराईले गत वर्षभन्दा यस वर्ष जुम्लाको अर्गानिक स्याउ किन्नेहरु आकर्षित भएको बताए । जुम्लामा रु ३५ देखि रु ४० परेको ‘ए’ र ‘बी’ ग्रेडका स्याउहरु दैलेखमा प्रतिकिलो रु ५५, सुर्खेतमा रु ६०, नारायणगढ, बुटवल, पोखरालगायतका बजारमा रु ८० देखि रु ८५ मा बिक्री हुँदै आएको छ । गत वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरेको जुम्लाले यस वर्ष पाँच हजार १०० मेट्रिक टनसम्म निर्यात हुनसक्ने  जिल्ला कृषि कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies