Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मधेसले काठमाडौंबाट अंश खोज्ने हो, अलग्गिन खोज्ने होइनः प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको बैठकमा बोल्दै मधेसी नेताहरुले मधेसलाई अलग्याउने अभिव्यक्ति दिएको स्मरण गर्दै त्यो मधेसको पक्षमा नहुने बताएका छन् । ‘मधेसका नेताहरुले मधेसलाई अलग्याउने कुरा गर्नु भएको छ यो गम्भिर कुरा हो । मधेसीले काठमाडौंमा आफ्नो अंश खोज्नु पर्छ अलग्निे होइन, अलग्गिने कुरा नेपालका मधेसी जनताको पक्षमा हुँदैन ।’– संविधानसभामा प्रचण्डले भने । निक्कै भावुक रुपमा उपस्थित भएका प्रचण्डले मधेसी नेताहरुले मधेसमा अबको आन्दोलन स्वतन्त्र मधेसका रुपमा अगाडी बढ्ने भनेको उल्लेख गर्दै त्यस्तो भनाई गम्भिर भएको बताउँदै मधेसवादी दलका नेताहरुको भनाई आत्मघाती र राष्ट्रघाती हुने बताए । उनले संविधानसभाबाट संविधान जारी गर्ने मिति नजिकिदै गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल बढेको उल्लेख गर्दै संविधानसभामा कालो बादलको घेरा हटी नसकेको बताए । उनले भने–‘धेरै किसिमका चलखेल हामीले देख्यौँ, फेरि पनि नेपाली जनता आफ्नो भाग्य र भविष्यको फैसला गर्न सक्षम छैनन्, नेपाली राजनीतिक दल आफ्नो इतिहास र बलिदानको औचित्य सावित गर्न सक्षम छैनन् भन्ने आशङ्का पैदा भएको छ । यसलाई हामी राजनीतिक दलले परास्त गर्नै पर्छ ।’ मधेसमा भएको आन्दोलनमा एकातर्फ राज्यका तर्फबाट बल प्रयोग भएको छ भने अर्को तर्फ प्रहरीमाथि हमला भएको छ, प्रहरी चौकी जलाउने काम भएको छ । यो अत्यन्त निन्दनिय कुरा भएको उल्लेख गर्दै उनले कहीँ यो संविधानसभा नै तुहिने त होइन भन्ने आशंका बढेको बताए । सम्पूर्ण जातजाति भाषाभाषीको प्रयासस्वरुप शान्ति प्रक्रियाको अभिन्न अङ्गका रुपमा संविधानसभामार्फत संविधान जारी गर्ने अवस्थामा आइपुगेको उनको कथन थियो । पहिलो संविधानसभा संविधान जारी नगरिकन विघटन भएको, तथा दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुन नदिन विभिन्न चलखेल भएको अध्यक्ष प्रचण्डकाे भनार्इ थियाे । पश्चिम नेपालको थारु समुदाय र मधेसमा भएको आन्दोलन पहिचान र अधिकार गुम्ने हो कि भन्ने चिन्ता लुकेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनता पार्टी र संविधानसभालाई असफल तुल्याउन खोज्नेप्रति सतर्क रहनुपर्ने आवश्यकता आैँल्याए । तराई मधेसमा राज्यले टाउकोमा नै ताकेर गोली हानेको भन्ने आएको छ, अर्कोतिर घाइते भएका प्रहरीलाई थुतेर हत्या गरिएको छ, यसले हामीलाई गम्भीर बनाएको छ उनले भन्नु भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending