Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सुरक्षामा खलल पुर्याएको भन्दै मधेसी मोर्चाका जिल्ला स्तरिय ५ नेता पक्राउ

\"Nepalरौतहट । केही दिनयतादेखि रौतहटमा जारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै प्रहरीले आज अपराह्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पाँचजना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोर्चाका सदस्य एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेद, तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव र रामेश्वरप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुलाई गौर नगरपालिका–५ स्थित तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एवम् जिविसका सभापति राजेन्द्रप्रसाद पटेलको घर बाहिर छलफल गरिरहेका बेला पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुबारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । उनले गौर आन्दोलनका क्रममा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको बताए । यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस सङ्घर्ष समिति गरुडाले आज गौर–चन्द्रनिगाहपुर सडकखण्डमा अवरोध खडा गरी प्रदर्शन गरेका छन् । सो सडकखण्डको झाँझ पुलमा रहेको अवरोध हटाउन गएका प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा दुईजना प्रहरी घाइते भएका छन् । बाटो अवरुद्ध गरी विरोध प्रदर्शन गरिरहेको मोर्चाका कार्यकर्ताहरुलाई त्यहाँबाट तितरबितर पारी बाटो खुलाउने क्रममा भएको झडपमा परी प्रहरी सहायक निरीक्षक हिमाल थापा र भगतबहादुर खड्का सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारी राजमार्गमा राखिएको अवरोध हटाएर यातायात सेवा सञ्चालन गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending