Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

आठ दिनदेखि आमरण अनसन बसेका पासवानको अवस्था नाजुक

\"paswan\"काठमाडौं । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन् । उनको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए । सभासद् पासवान राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन् । सो पार्टीका नेता दिनेश परियारले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोर ठानेको भन्दै चाँडोभन्दा चाँडो आफ्ना माग पूरा नगरिए अझै कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । कानुन, न्याय, संविधानसभा, तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सभासद् कमला पन्त, जीवन परियार र सुजाता परियारलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अनशनस्थल पुगी अनशन तोड्न आग्रह गरेका थिए । आफूहरू बसिरहेको अनशनस्थलमाथि शनिबार बेलुका आक्रमण गरिएको भन्दै सो पार्टीले आइतबार पत्रकार सम्मेलन गरी भत्र्सनासमेत गरेको थियो । शनिबार आयोजना गरिएको हिन्दूवादी सङ्घ सङ्गठनको जुलुसको आक्रमणबाट सभासद् पासवान, दिनेश परियार, गोकर्ण सुनार, शम्भु रसाइली, नरहरि चन्दलगायतका करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको उपाध्यक्ष राधेश्याम पासवानको भनाइ छ । काठमाडौं । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन् । उनको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए । सभासद् पासवान राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन् । सो पार्टीका नेता दिनेश परियारले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोर ठानेको भन्दै चाँडोभन्दा चाँडो आफ्ना माग पूरा नगरिए अझै कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । कानुन, न्याय, संविधानसभा, तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सभासद् कमला पन्त, जीवन परियार र सुजाता परियारलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अनशनस्थल पुगी अनशन तोड्न आग्रह गरेका थिए । आफूहरू बसिरहेको अनशनस्थलमाथि शनिबार बेलुका आक्रमण गरिएको भन्दै सो पार्टीले आइतबार पत्रकार सम्मेलन गरी भत्र्सनासमेत गरेको थियो । शनिबार आयोजना गरिएको हिन्दूवादी सङ्घ सङ्गठनको जुलुसको आक्रमणबाट सभासद् पासवान, दिनेश परियार, गोकर्ण सुनार, शम्भु रसाइली, नरहरि चन्दलगायतका करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको उपाध्यक्ष राधेश्याम पासवानको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy