Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आठ दिनदेखि आमरण अनसन बसेका पासवानको अवस्था नाजुक

\"paswan\"काठमाडौं । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन् । उनको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए । सभासद् पासवान राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन् । सो पार्टीका नेता दिनेश परियारले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोर ठानेको भन्दै चाँडोभन्दा चाँडो आफ्ना माग पूरा नगरिए अझै कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । कानुन, न्याय, संविधानसभा, तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सभासद् कमला पन्त, जीवन परियार र सुजाता परियारलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अनशनस्थल पुगी अनशन तोड्न आग्रह गरेका थिए । आफूहरू बसिरहेको अनशनस्थलमाथि शनिबार बेलुका आक्रमण गरिएको भन्दै सो पार्टीले आइतबार पत्रकार सम्मेलन गरी भत्र्सनासमेत गरेको थियो । शनिबार आयोजना गरिएको हिन्दूवादी सङ्घ सङ्गठनको जुलुसको आक्रमणबाट सभासद् पासवान, दिनेश परियार, गोकर्ण सुनार, शम्भु रसाइली, नरहरि चन्दलगायतका करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको उपाध्यक्ष राधेश्याम पासवानको भनाइ छ । काठमाडौं । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन् । उनको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए । सभासद् पासवान राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन् । सो पार्टीका नेता दिनेश परियारले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोर ठानेको भन्दै चाँडोभन्दा चाँडो आफ्ना माग पूरा नगरिए अझै कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । कानुन, न्याय, संविधानसभा, तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सभासद् कमला पन्त, जीवन परियार र सुजाता परियारलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अनशनस्थल पुगी अनशन तोड्न आग्रह गरेका थिए । आफूहरू बसिरहेको अनशनस्थलमाथि शनिबार बेलुका आक्रमण गरिएको भन्दै सो पार्टीले आइतबार पत्रकार सम्मेलन गरी भत्र्सनासमेत गरेको थियो । शनिबार आयोजना गरिएको हिन्दूवादी सङ्घ सङ्गठनको जुलुसको आक्रमणबाट सभासद् पासवान, दिनेश परियार, गोकर्ण सुनार, शम्भु रसाइली, नरहरि चन्दलगायतका करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको उपाध्यक्ष राधेश्याम पासवानको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending