Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

संविधानको परिमार्जित विधेयकको एक सय धारासम्म पारित

\"parliyamentकाठमाडौं । संविधानसभाको मंगलबारको  बैठकमा  संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी छ । अहिलेसम्म धारा ७६ देखि  १०० सम्मलाई बैठकले पारित गरेको छ । विधेयकका धारा ७६ मा मन्त्रिपरिषद्को गठन, ७७ मा  प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था, ७८ मा सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने, ७९ मा प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा, ८० मा शपथ, ८१ मा राष्ट्रपतिलाई जानकारी दिने, ८२ मा नेपाल सरकारको कार्य सञ्चालन, ८३ मा सङ्घीय व्यवस्थापिका, ८४ मा प्रतिनिधिसभाको गठनसम्बन्धी, ८५ मा प्रतिनिधिसभाको कार्यकाल, ८६ मा राष्ट्रियसभाको गठन र सदस्यको पदावधि, ८७ मा सदस्यका लागि योग्यता, ८८ मा  शपथ, ८९ मा स्थानको रिक्तता, ९० मा सदस्यका लागि अयोग्यतासम्बन्धी निर्णय, ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख, ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, ९३ मा अधिवेशनको आह्वान र अन्त्य, ९४ मा गणपूरक सङ्ख्या, ९५ मा  राष्ट्रपतिबाट सम्बोधन, ९६ मा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने, ९७ मा  समितिको गठन व्यवस्था, ९८ मा सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन, ९९ मा मतदान, १०० मा  विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था रहको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ती धारा पारित गर्न  निर्णयार्थ बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी,  संविधानको परिमार्जित विधेयकको धारा ७६ माथि सभासद् कमल थापा, श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, गोपाल दहित, हरिचरण शाह र लोकमणि ढकालले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकृत गरिएको थियो । परिमार्जित विधेयकको धारा ७७ माथि श्यामकुमार श्रेष्ठ र  डिल्लीप्रसाद काफ्ले पेस गर्नुभएको संशोधन प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो । यसैगरी, बैठकमा गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयकको धारा ७७ माथि पेस गरेका थिए । संशोधन प्रस्तावलाई बहुमतबाट स्वीकार गरिएको थियो । विधेयकको धारा ७८ माथि डिल्लीप्रसाद काफ्ले र  श्यामकुमार श्रेष्ठले राखेको प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो । तीनै जना सभासद्ले संविधानको परिमार्जित विधेयकको धारा ७८ माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट स्वीकार गरिएको थियो । यसैगरी, विधेयकको धारा ७८ मागि श्याकुमार श्रेष्ठले राखेको प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । परिमार्जित विधेयकको धारा ८० माथि डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । परिमार्जित विधेयकको धारा ८१ माथि संशोधनकर्ता  डिल्लीप्रसाद काफ्ले र श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतबाट अस्वीकार गरिएको थियो । परिमार्जित विधेयकको धारा ८३ माथि संशोधनकर्ता श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्ताव पनि बहुमतबाट अस्वीकृत भयो । विधेयकको धारा ८४ माथि संशोधनकर्ता डिल्लीप्रसाद काफ्ले, श्यामकुमार श्रेष्ठ, कुन्तीकुमारी शाही, यशोदाकुमारी लामा, शिवलाल थापा, लक्ष्मण राजवंशी, चन्द्रेश्वर झा र विश्वेन्द्र पासवानले पेस गरेको संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भयो । यसैगरी, विधेयकको धारा ८५ माथि श्यामकुमार श्रेष्ठले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ८६ माथि श्यामकुमार श्रेष्ठ, शिवलाल थापा, यशोदाकुमारी लामा, चित्रबहादुर केसी, हरिचरण साहले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९० माथि दुर्गा पौडेल, विश्वेन्द्र पासवानले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, सभासद् गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९० माथि पेस गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९१ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, गिरीराजमणि पोखरेल, अग्निप्रसाद खरेल र चीनकाजी श्रेष्ठले संविधानको परिमार्जित विधेयक धारा ९२ माथि पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९२ माथि शिवलाल थापा र यशोदाकुमारी लामाले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा ९७ माथि विश्वेन्द्र पासवानले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । परिमार्जित विधेयकको धारा एकसयमाथि चित्रबहादुर केसी, श्यामकुमार श्रेष्ठले पेस गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । संविधानसभाको बैठक २ः३० बजेसम्मका लागि स्थगित भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy