Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बदलिँदो परिवेश, घिस्रँदै कपिलवस्तुको विकास

\"dipak_article\"के कपिलवस्तुमा पर्ने बौद्धकालिन ऐतिहासिक सम्पदाको उचित सम्भार एवम् संरक्षणमा लुम्बिनी विकास कोषको असमान र पछौटेपना सधै रहिरहने हो ? के त्यहाँका नेता, बुद्धिजिवी, समाजसेवी, उद्योगी, पेशाकर्मीहरुले कहिले अरुले कुरा उठाउलान् र म पनि सहयोग गरौँला भनेर कुरिरहने हो ?
समयको रप्तार रोक्ने आँट गर्नु पूर्णतया मूर्खता बाहेक केही हुन सक्दैन । घडिको सुइ रोक्ने उपायहरु त होला तर समयको नियन्त्रण पक्कै कृत्रिम घडिमा सीमित हुँदैन । कृत्रिम भित्ते घडि हेर्ने बानी लागेकाहरुलाई केही पर पुगेपछि समय छलियो भन्ने प्रवृत्ति केही मानवतप्कामा हुन सक्छ । त्यस्तो झुण्ड सधै अन्यौल, अनिश्चितता र अक्रमणताको जिवन गुजार्ने, त्यही अनुसार समाजमा भ्रम फैलाउने बाहेक अहिलेको विज्ञानको गतिमा अरु केहि हुन सक्दैन भन्ने Global Village को अवधारणा वा भनौं २१ सौं शताब्दीको सपना भन्ने विश्वव्यापी नाराले पुष्टि गरेको यथार्थता हाम्रो सामु सर्वविदितै छ । सन्दर्भ नेपालको ऐतिहासिक जिल्ला कपिलवस्तु जहाँ संसारलाई गति दिन जन्मेका शान्तिका अग्रदूत गौतम बुद्धको भूमी, उनले तत्वज्ञान आवश्यक ठानी योजना बुनेको ठाउँ र जुन ठाउँ (तिलौराकोट) मा २९ वर्ष आप्mनो जिवनको महत्वपूर्ण समय गुजारेको थिए । त्यस्तो महत्वपूर्ण ठाउँको नागरिक केन्द्रीय गाउँमा (Centeral Village), काठमाडौंमा आएका आपैmलाई बौद्धिक ठान्ने नीति निर्माता, समाजसेवी, राजनीतिज्ञ, विद्यार्थी, विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरु सिधै केन्द्रीय राजधानीको यात्रा तय गरेर होला वा वैदिककालिन धाममध्ये दुईवटा भारतमा पर्ने बोधगया, कुसीनगरको विकासको गति, बौद्धको बारेमा भारतले विश्वसामु छरेको भ्रम, त्यहाँस्थित विद्यालय स्तरका पाठ्यक्रममा बुद्धको जन्मस्थान बारे उल्लेख गरिएको त्रुटीपूर्ण र भ्रामक कुराहरुको तुलनात्मक अध्ययन गर्दा राजधानी (काठमाडौं) मा उठ्ने गरेको बुद्ध र समग्र कपिलवस्तुको विकासी मुद्दा मृत्युशैयामा रहेको बिरामी उपचार नपाएर हस्पिटलको शैयामा छटपटाए सरह छ । विभिन्न होटल, रेष्टुराँहरुमा बसेर चियाको चुस्की सँगै गरिने फोस्रा बहस चियाको कपमा तुफान आएसरह बाहेक अरु केही पनि उपलब्धी मुलुक हुन सक्दैन । त्यहाँबाट समय–समयमा आउने म्भभिनबतष्यल नौबिसेको उकालोसँगै पाइने प्राकृतिक ब्ष्च अयलमष्तष्यलभच ब्ऋ मा रमेर वा सन्तुलिन मौसमले होला जाडो मौसममा शितलहर सहितको जाडो, गर्मीमा उल्लेखनीय गर्मी हुने पश्चिम तराइमा पर्ने कपिलवस्तुको नाम समेत उच्चारण गर्न लाज मान्छन् । प्रसिद्ध हास्यकलाकार हरिवंश आचार्यको पुस्तक “चिना हराएको मान्छे” मा शैक्षिक सफलताको फलामे ढोकाको कडिका रुपमा रहेको क्।ी।ऋ। पास गर्न तौलिहवा पुगेको सन्दर्भ उल्लेख छ । उक्त ठाउँ प्रसिद्ध तिलौराकोटदेखि ११ कि.मी. दक्षिण अवस्थित छ । यहि कुराले पुष्टि गर्छ त्यहाँको शैक्षिक अवस्था कस्तो छ, अभिभावकहरु विद्यार्थीहरुलाई पास गराउन चिट बोकी निर्लज्ज ढंगले सुरक्षाकर्मीसँग झगडा गरेको समाचार बेलाबेलामा आउनुले त्यसको थप पुष्टि गर्दछ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायत नागरिकले पाउने अधिकतम आवश्यकता समेत सबै नागरिकको पहुँचमा र सर्वसुलभ छैन भन्ने आँकडा सरकारी, गैरसरकारी संस्थाहरुको तथ्यांकले देखाउँछ । शिक्षा एक मानवजीवनको टाउको भएकाले शिक्षासँग अन्तरनिहित सम्पूर्ण आधारभूत एवम मौलिक हक अन्तर्गत पर्ने कुरा सर्वमान्य नै छ । राजनीतिक हावा बनेको शिक्षा, स्वास्थ्य लगायत सबैलाई सहि र वस्तुनिष्ठ ढंगले चलाउने यन्त्र हो । यस्तै व्याख्या गर्दा जिल्लामा राजनीति गर्ने दलका नेताहरु कोही सक्रिय छन् त कोही सक्रिय हुन नचाहने खालका छन् । यहाँको विकासको बारेमा लेखरचना, विचारगोष्ठी नभएका पक्कै होइन यि सबै कुराको लेखाजोखा गर्दा mयलभथ, उयधभच र mगकअभि आजभोली नभइ नहुने जिवन चलाउने साधन भनेका छन् । त्यसको च्भाभिअतष्यल भएर आउने परिणामबाट जनताले के अपेक्षा राख्ने ? विकासप्रेमी नेता, विद्यार्थी, लेखक, बुद्धिजिवी नभएका र पहल नगरेका पक्कै होइनन् । यथार्थमा तिनीहरु ओझेलमा परे वा पारिए त्यो समयक्रमले बताउला । २०४५ साल वैशाखमा कपिलवस्तु विकास परिषदमार्पmत तिलौराकोट, लुम्बिनी र देवदहलाई जोड्दै समग्र जिल्लाको विकासको एजेण्डा उठाउँदा पञ्चायती निरंकुश राज्य व्यवस्थाले पटक–पटक धरपकड गरी दुःख दिएको, झुठा मुद्दा लगाई जेल हालेको त्यसमध्ेका कतिपय विकासका योजना हाल कार्यान्वयमा आई काम सुरु भएको तत्कालिन कपिलवस्तु विकास परिषदका सचिव, एमाओवादीका प्रभावशाली नेता चन्द्रप्रकाश खनाल ‘वलदेव’ बताउनुहुन्छ । एउटा फरक प्रसंगमा उहाँले भन्नुभयो “मलाई आप्mनो नागरिकता समेत बनाउँदा समग्र कपिलवस्तुको विकासको एजेण्डा उठाएकै भरमा विकास परिषदको नाइके भन्दै थुप्रै झुठा मुद्दा रहेका कारण चन्द्रप्रकाश खनालको नाममा नागरिकता निकाल्ने परिस्थिति नभएर चक्रपाणी खनाल बनाउन परेको थियो ।” यो भन्दा बाहेक कपिलवस्तुको चुनावी नारामा राष्ट्रिय पार्टीका उम्मेदवारहरुका सबै मिल्दाजुल्दा सपना उल्लेख थिए तर अफसोच कुनै निर्वाचित, समानुपातिक सभासदले प्रत्यक्ष देख्ने गरी आपैmले गरेको प्रतिवद्धता अनुसार जिल्लाको प्रतिनिधित्व हुने खालका विकासका एजेण्डालाई कुनै ठाउँ नदिएको वा नउठाएर केवल चुनाव जित्ने र सभासद बन्ने अस्त्रको रुपमा प्रयोग गरेको कुरा सबै सामू छर्लंग छ । कपिलवस्तुको विकासमा पहल लिन हिच्किचाउने अवस्था किन र कसरी आयो यसको समीक्षा, बहस, लेखाजोखा समयको गतिसँग पक्कै हुँदै जाला । विश्वले गरेको तिव्र विकास एवम समयको छलाङ्ग सँगै जोडिएको शान्तिका अग्रदूतको भूमि कपिलवस्तुको विकास परियोजना संसारले भनेको विज्ञान सम्वद्ध पारदर्शी सोच, संस्कार र सम्हारमा केन्द्रित हुनुपर्दछ । केही बौद्धिक, राजनीतिक कर्मीको आलोचना गर्दै जाँदा एउटा प्रश्न उठ्न सक्छ, के हालसम्म कपिलवस्तुको विकासे नीतिमा राज्यको आँखा नपरेकै हो त ? त्यहाँका निर्वाचित, समानुपाति जनप्रतिनिधिले केही नगरी हातमा दही जमाएर बसकै हुन् त भन्दा जनस्तरबाट आउने प्रतिक्रिया भनेको उनीहरुलाई काठमाडौं जाने पाँच वर्ष टिकट वा भनौँ पाँच वर्षे स्थायी बसोबासको स्वदेशी भिसा लागेपछि ती झुपडी र ग्रामीण बस्तीहरुसँग गरिएका प्रतिवद्धता र उनीहरुका प्रतिविम्वित आवाज रमणीय शहर प्रवेश सँगै भुल्दै जान्छन् । जनताले झेलिरहेका दैनिक समस्याहरु महँगी, गरिबी, लोडसेडिङ, प्रशासनिक ढिलासुस्ती, लगायत त्यहाँका बस्तीहरुको आपसी सम्बन्धहरुमा व्यापक रुपमा चलखेल गरी आप्mना निहित स्वार्थ समूहलाई फाइदा हुने/गराउने र निजी सम्पत्ति जोड्ने प्रवृत्ति पनि हावी छ भन्ने कुरा स्पष्ट नै छ । तराईका जिल्लाहरुमा पहाडी जिल्लाको तुलनामा विकास गर्न सहज र सरल छ तथापी यावत समस्या देखाई सहज ढंगले हुने विकासे नीति, नियम, योजना त्यहाँको सम्बन्धित निकयाले स्पष्ट ढंगले उठाएको पाइँदैन । त्यसमा पनि तिलौराकोट, गोटीहवा, कुदान, अशोक स्तम्भ, रामघाट लगायत बौद्धकालिन सम्पदाहरु, विश्व सिमसार क्षेत्रको सूचीमा परेको जखीरा ताल, विभिन्न ताल, तलैया, कृषि उत्पादनको हिसाबले देशकै एक प्रमुख जिल्ला, पूर्व पश्चिम राजमार्गले छोएको, नेपाल भारतको सीमानामा रहेको देशकै एक प्रमुख भन्सार नाका कृष्णनगर, भैरहवा विमानस्थलदेखि नजिक र धार्मिक, पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हुँदा हुँदै पनि विकासको गति मन्द रुपमा चलिरहेको र तराईको दुर्गम जिल्लाको रुपमा परिचित भएको पाइन्छ । केवल राजनीतिक क्रिडास्थल बाहेक केही हुन सकेको छैन । त्यहाँबाट थुप्रै व्यक्तिहरु केन्द्रीय राजनीतिमा सक्रिय छन् केही प्रभावशाली मन्त्री समेत बने । हाल भारतका लागि नेपाली राजदूत पूर्व मन्त्री दिपकुमार उपाध्याय जिल्लालाई केही गर्न सक्ने ठाउँमा हुँदा पनि त्यति सक्रिय भएको पाइँदैन । अन्त्यमा प्रश्न सधै तेर्सिएको छ – के कपिलवस्तुमा पर्ने बौद्धकालिन ऐतिहासिक सम्पदाको उचित सम्भार एवम् संरक्षणमा लुम्बिनी विकास कोषको असमान र पछौटेपना सधै रहिरहने हो ? के त्यहाँका नेता, बुद्धिजिवी, समाजसेवी, उद्योगी, पेशाकर्मीहरुले कहिले अरुले कुरा उठाउलान् र म पनि सहयोग गरौँला भनेर कुरिरहने हो ? “जो घिस्रिन जन्मेको हो त्यो कहिल्यै उड्न सक्दैन” भन्ने चर्चित रुसी लेखक म्याक्सिम गोर्कीको भनाई के कपिलवस्तुको विकाससँग मेल खाने त होइन ? जिम्मा शान्तिका अग्रदूत गौतम बुद्धको भूमिका हामी सचेत नागरिक को ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending