Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एसईई परीक्षाः काभ्रेमा २५ बढी सरकारी विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

फइल तस्विर
खबरडबली संवाददाता

बनेपा । आगामी ७ चैतबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि काभ्रेपलाञ्चोकका सरकारी विद्यालयमा विद्यार्थीको प्रतिनिधित्व न्युन देखिएको छ ।

जिल्लाभर यसपटक नियमिततर्फ कुल ५७ सय ८९, ग्रेडवृद्धितर्फ ६ सय ९ र प्राविधिकतर्फ १९६ जना गरी कुल ६ हजार ३ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् । १ सय ४९ सामुदायिक (सरकारी) र ६७ निजी विद्यालयले परीक्षामा सहभागी हुँदैछन् । यसमध्ये २५ वटा सरकारी विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
निजीतर्फ भने तीनवटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

कुन विद्यालयमा १० भन्दा कम विद्यार्थी ?

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको तथ्यांक अनुसार, देउराली मावि–विर्ता देउरालीबाट ७, तेमाल मावि–तेमालबाट ८, वाग्देवी मावि–सल्लेभुम्लुबाट ८, सेतीदेवी मावि–चौवासबाट ८, चक्रेश्वर मावि–च्याम्राङवेशीबाट ८, भैरव मावि–च्याम्राङवेशीबाट ८, सेतीदेवी मावि–मेच्छेबाट ८, रत्नचुडेश्वम मावि –बनेपाबाट ६, दाप्चा मावि–दाप्चाबाट ६, कृष्ण मावि–दाप्चाबाट ९, काभ्रे बहिरा स्कुल–बनेपाबाट ९, जनकल्याण मावि–बुचाकोटबाट ९, कालिका मावि–चलालबाट ८, भूमिमाता मावि–तिप्चोकबाट ४, करथरी मावि–काभ्रेबाट ८, शारदा मावि–फँलाटेबाट ६, जनता मावि–कोलातीबाट ९, देवीस्थान मावि–देवीटारबाट ६ र भक्तेश्वर मावि–बनेपाबाट ९ जनाले परीक्षा दिँदैछन् ।

यस्तै भूमेस्थान मावि–देउरालीबाट ७, खाँडादेवी मावि–किल्पुबाट ७, सूर्योदय मावि–सानोवाङ्थलीबाट ८, अरनिको मावि–पोखरीचौरीबाट ८, बागदेवी मावि–माटेबाट ९ र भूमेस्थान मावि–लुर्पुङबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

निजीतर्फ १० भन्दा कम विद्यार्थीले सहभागीता जनाउनेमा नैमिशारण्य स्कुल–बनेपाबाट ४ र ज्ञानज्योती बोर्डिङबाट ४ जना रहेका छन् ।

त्यस्तै नियमिततर्फ फेमस इङ्गलिस बोर्डिङ स्कुल, सगुन विद्या मन्दिर खनालथोक र ज्ञानोदय इङ्गलिस बोर्डिङ स्कुलबाट शून्य विद्यार्थी सहभागी छन् । श्वेत बराह मावि–टुकुचाबाट १ जना विद्यार्थी गैर प्राविधिकतर्फ सहभागी हुँदैछन् ।

सबैभन्दा बढी कहाँ ?

काभ्रेमा सबैभन्दा बढी विद्यार्थीले एसईईमा सहभागीता जनाउनेमा नेपाल प्रहरी स्कुल रहेको छ । यहाँबाट १ सय ९५ जना विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । सरकारीमध्ये विद्याकुञ्ज अनौपचारिक माविबाट १ सय ६२, भालेश्वर माविबाट १ सय १६ जना र सञ्जीवनी मावि धुलिखेलबाट १ सय १३ जना, कुशादेवी माविबाट ७७ जना, आजाद मावि–बालुवाबाट ७१ जना, पार्वती मावि– ढुंखर्कबाट ६३ जना, जनक मावि –मेथिन्कोटबाट ५७ जना विद्यार्थी सहभागी हुँदैछन् ।

त्यस्तै नीजि विद्यालयह–मा बनेपाको बेलर इन्टरनेशनल स्कुलबाट ९९ जना, काभ्रे मावि–बनेपा बुडोलबाट ९८ जना र विद्या सागर स्कुलबाट ८० जना विद्यार्थी सहभागि हुँदैछन् ।

३४ परीक्षा केन्द्र

एसईई परीक्षका लागि जिल्लाभर ३४ परीक्षा केन्द्र तोकिएको छ । गत बर्ष ४० वटा परीक्षा केन्द्र रहेपनि विद्यार्थी संख्याका आधारमा यो पटक ६ वटा केन्द्र घटाएर ३४ कायम भएको शिक्षा समन्वय इकाई प्रमुख देवका ढकालले जानकारी दिइन् ।

काभ्रेमा सबैभन्दा बढी केन्द्र बनेपा र थोरै केन्द्र खानीखोला, तेमाल र बेथानचोकमा छ । शिक्षा समन्वय इकाईका अनुसार जिल्लाको बनेपा नगरमा ७ वटा, धुलिखेल र पनौतीमा ४र४, नमोबुद्ध र रोशी मा ३र३, पाँचखाल, महाभारत, मण्डनदेउपुर, चौरी र भुम्लुमा २र२ तथा बेथानचोक, खानीखोला र तेमालमा १र१ केन्द्र तोकिएको छ ।

परीक्षामा एक जना दृष्टिविहीन, एक जना कारगारमा रहेका कैदी परीक्षार्थी सहभागी हुँदैछन् ।

दृष्टिविहीन, सुस्त श्रवण, बहिरा, सुस्त मनस्थिती र अपांगता भएका परीक्षार्थीका लागि बढीमा एक घण्टा ३० मिनेटसम्म समय थप गर्न सकिने इकाई प्रमुख देवका ढकालले बताइन् ।

‘पूर्ण दृष्टिविहीन र पूर्ण रुपमा दुवै हात नचल्ने परीक्षार्थीका लागि सम्बन्धित विद्यालयको प्रअले कक्षा ९ मा अध्ययनरत विद्यार्थी सिफारिस गरी इकाईले फोटोसहित प्रमाणित गरेको अवस्थामा मात्रै सहयोगी लेखक राख्न पाइन्छ,’ ढकालले भनिन् ।

परीक्षाको तयारी पूरा

परीक्षाका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।  तयारी पूरा भएसँगै मर्यादित र शान्तिपूर्ण बनाउनका लागि सरोकारवाला निकायबीच अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजित एसइई केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले शान्तिपूर्ण र मर्यादित बनाउनका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले एसएलसीको समयमा जस्तो पछिल्ला एसइईमा गतिविधि नहुनुमा विद्यार्थीको संख्या कम हुनु र सचेतनाको वृद्धि भएको बताए ।

परीक्षाको अनुगमन गर्ने क्रममा बाहिरबाट हेर्दा शान्तिपूर्ण र राम्रो देखिएपनि नतिजा कमजोर आउँदा परीक्षाको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको बताए ।

‘पछिल्लो समय सामुदायिक विद्यालयमा नतिजा कमजोर हुँदै गएको गुनासो आइरहेको छ, त्यसको सुधारका लागि सबैले आफ्नो क्षेत्रबाट शिक्षाको स्तर सुधार गर्न लाग्नुपर्छ,’ गौतमले भने, ‘एसईईलाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थी सबैको भूमिका अहम हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एसइईलाई मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थीका साथै समाजको समेत उत्तिकै भूमिका हुने बताए । परीक्षा हलको वातावरणले पनि विद्यार्थीलाई पढ्ने कि नपढ्ने भन्ने विषयको निर्धारण गर्ने उनको भनाइ छ ।

‘परीक्षामा कडाइ भएको छ भने विद्यार्थीले भोलिपल्टका परीक्षाका लागि पढेर राम्रो तयारी गर्छन् भने परीक्षा खुकुलो भएको खण्डमा परीक्षामा कडाइ छैन किन दुःख गर्नु भनेर नपढ्ने अवस्था हुन्छ,’ ढकालले भने ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले एसइईका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी परिचालन गरिने बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending