Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रतिनिधि सभाको शून्य समय : जनताको सवालदेखि व्यवस्थाको बचाउ र विरोधसम्म

खबरडबली संवाददाता

काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।’

त्यस्तै सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाइन् । उनले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गरिन् ।

सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

‘सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

सांसद तारा लामा तामाङले लागुऔषध प्रयोगले युवाहरु कुलतमा फसेको भन्दै लागुऔषध नियन्त्रण तथा लागुऔषध अपराध नियन्त्रणका लागि ठोस नीति अपनाउनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्रप्रसाद बडूले विपद्जन्य घटनाबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न चाँडो गर्न माग गरे ।

सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडक खण्ड समयमै निर्माण गर्नुपर्ने जोड दिए । सांसद डा धवलशम्शेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी गर्न जरुरी नभएको बताए ।

सांसद ध्रुवबहादुर प्रधानले बाजुरामा ढुङ्गाले हानेर गाईको हत्या गरिएकामा विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । सांसद निशा डाँगीले ‘डिजिटल’ कारोबार निःशुल्क गर्नुपर्नेमा जोड दिए ।

सांसद पुष्पबहादुर शाहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुनुपर्ने र क्षतिपूर्ति समयमा नै पाउनुपर्ने बताए । सांसद प्रकाश ज्वालाले लोकसेवामा परीक्षामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्न लागिएको विषय गलत भएको बताए । उनले कुनै नागरिकलाई परीक्षामा सहभागी नै हुन नपाउने विषय संविधानको भावना विपरीत भएको बताए ।

सांसद प्रतीमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिइन् ।

सांसद प्रतीक्षा तिवारीले संविधानमै नभएको व्यवस्था टेकेर राजा फर्काउन सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गरिन् । सांसद प्रभु हजराले पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरे । सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएको भन्दै पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्ने बताए ।

सांसद विन्दबासिनी कंसाकारले खानेपानीको सङ्कट गहिरिएको र गुणस्तरीय खानेपानी पाउन नसकिएको भन्दै पानीको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको बताए ।

शून्य समयमा सांसदहरु विमला सुवेदी, पूर्णबहादुर घर्तिमगर, प्रेमबहादुर महर्जन, डा नारायण खड्का, नारायणी शर्मा र निर्मला काईरालाले विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending