Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।

सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधन गर्ने काममा केन्द्रित हुन निर्देशन दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘कांग्रेसको अहिले मुख्य एजेण्डा नै शिक्षकहरुको माग सम्बोधन गर्ने कुरामा केन्द्रित छ। सभापतिले अर्थमन्त्री, गृहमन्त्री, उपप्रधान तथा सहकारी विकास मन्त्रीहरुलाई कुरा गर्नुभएको छ। उहाँले सरकारमा मात्रै होइन, पार्टीभित्र पनि महामन्त्रीद्वर र पार्टीको विभाग प्रमुखलाई जिम्मेवारी दिएर आजभोलि नै आन्दोलन फिर्ता हुने काम गर्न निर्देशन दिनुभएको छ।’

उनले शिक्षकको माग सम्बोधन गर्ने विकल्पबारे महामन्त्रीद्वयले छलफल गरिरहेको बताए। उनले शिक्षकहरुको जायज माग पूरा गर्नुपर्छ भनेर केही दिनअघि शिक्षक अगुवाहरुसँग पनि सभापति देउवाले भेट गरेको बताए।

सभापति देउवाले मात्रै नभइ, महामन्त्रीद्वयले पनि आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे यसअघि देखि नै छलफलमा थिए। आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दैछ। यो बिषयमा हिजो बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकमा पनि गम्भीर समीक्षा भएको थियो। हिजोको बैठकपछि नै देउवाले महामन्त्रीद्वयलाई शिक्षकलाई आन्दोलनबाट फिर्ता गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

यसअघि नै महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए। उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए।

मन्त्रिपरिषद्ले गर्न सक्ने मागलाई सम्बोधन गरेर बाँकी कानून बनाउने प्रतिबद्धतासहित शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनुपर्ने उनको प्रस्ताव थियो। तर प्रधानमन्त्रीको ध्यान शिक्षकको माग सम्बोधन गर्न केन्द्रित नभएको भन्दै कांग्रेसभित्र चर्को असन्तष्टि बढिरहेको बेलामा सरकारसँग समन्वय गरेर शिक्षकको माग स्मबोधन गर्ने वातावरण बनाउन देउवाले महामन्त्रीद्वयलाई खटाएका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending