Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।

सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधन गर्ने काममा केन्द्रित हुन निर्देशन दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘कांग्रेसको अहिले मुख्य एजेण्डा नै शिक्षकहरुको माग सम्बोधन गर्ने कुरामा केन्द्रित छ। सभापतिले अर्थमन्त्री, गृहमन्त्री, उपप्रधान तथा सहकारी विकास मन्त्रीहरुलाई कुरा गर्नुभएको छ। उहाँले सरकारमा मात्रै होइन, पार्टीभित्र पनि महामन्त्रीद्वर र पार्टीको विभाग प्रमुखलाई जिम्मेवारी दिएर आजभोलि नै आन्दोलन फिर्ता हुने काम गर्न निर्देशन दिनुभएको छ।’

उनले शिक्षकको माग सम्बोधन गर्ने विकल्पबारे महामन्त्रीद्वयले छलफल गरिरहेको बताए। उनले शिक्षकहरुको जायज माग पूरा गर्नुपर्छ भनेर केही दिनअघि शिक्षक अगुवाहरुसँग पनि सभापति देउवाले भेट गरेको बताए।

सभापति देउवाले मात्रै नभइ, महामन्त्रीद्वयले पनि आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे यसअघि देखि नै छलफलमा थिए। आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दैछ। यो बिषयमा हिजो बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकमा पनि गम्भीर समीक्षा भएको थियो। हिजोको बैठकपछि नै देउवाले महामन्त्रीद्वयलाई शिक्षकलाई आन्दोलनबाट फिर्ता गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

यसअघि नै महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए। उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए।

मन्त्रिपरिषद्ले गर्न सक्ने मागलाई सम्बोधन गरेर बाँकी कानून बनाउने प्रतिबद्धतासहित शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनुपर्ने उनको प्रस्ताव थियो। तर प्रधानमन्त्रीको ध्यान शिक्षकको माग सम्बोधन गर्न केन्द्रित नभएको भन्दै कांग्रेसभित्र चर्को असन्तष्टि बढिरहेको बेलामा सरकारसँग समन्वय गरेर शिक्षकको माग स्मबोधन गर्ने वातावरण बनाउन देउवाले महामन्त्रीद्वयलाई खटाएका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending