Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

असोज महिना भित्रै नयाँ सरकार, सत्तामा ओली वा अरु कोहि ?

काठमाडौं । असोज महिना भित्रै नयाँ सरकार गठनको गृहकार्य दलहरुले गरेका छन् । त्यसका लागि व्यवस्थापिका संसद बैठक आह्वान गर्ने तयारी सुरु भैसकेको छ ।

\"new-PM\"कानुन मन्त्री नरहरी आचार्यले सभामुख सुवास नेम्वाङलाई विहीबार भेटेर संसद अधिवेशन आह्वानको मितिबारे छलफल गरेका छन् । मन्त्री आचार्यले प्रमुख दलका सचेतकहरुसँग पनि राय लिएका छन् ।

सोही परामर्शअनुसार प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार अधिवेशन आह्वानको सिफारिस राष्ट्रपति समक्ष गर्ने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले नयाँ प्रधानमन्त्री चयनको मुख्य एजेण्डासहित रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी सुरु गरिसकेकाले दलहरुबीच सहमति जुटे छिटोमा असोज तेस्रो साता नयाँ सरकार गठन हुनेछ ।

राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्दा सात दिन बाटोको म्याद राख्नेछन् । संसदको पहिलो बैठक बसेको सात दिनभित्र सहमतिका आधारमा सरकार गठन हुने छ । राष्ट्रपतिले आह्वान गरेअनुसार सहमति नजुटे बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन हुनेछ ।

संसद अधिवेशन आह्वान भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन हुने छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चयन भने एक महिनाभित्र हुनेछ ।

प्रधानमन्त्रीका आकांक्षीहरु धेरै भए पनि हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रबल दाबेदार हुन् । तर, उनलाई प्रधानमन्त्री बन्न नदिने चलखेल भैरहेको छ ।

नेपालमा छिमेकी मुलुक भारतले प्रत्यक्ष हस्तक्षेप हुने र पछिल्लो अबस्थामा ओलीप्रति भारत सकारात्मक नदेखिएकाले अर्को दोस्रो व्यक्तिले हालका प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गर्नसक्ने छ । यो दोस्रो व्यक्ति कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि हुनसक्ने स्रोत बताउँछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending