Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

असोज महिना भित्रै नयाँ सरकार, सत्तामा ओली वा अरु कोहि ?

काठमाडौं । असोज महिना भित्रै नयाँ सरकार गठनको गृहकार्य दलहरुले गरेका छन् । त्यसका लागि व्यवस्थापिका संसद बैठक आह्वान गर्ने तयारी सुरु भैसकेको छ ।

\"new-PM\"कानुन मन्त्री नरहरी आचार्यले सभामुख सुवास नेम्वाङलाई विहीबार भेटेर संसद अधिवेशन आह्वानको मितिबारे छलफल गरेका छन् । मन्त्री आचार्यले प्रमुख दलका सचेतकहरुसँग पनि राय लिएका छन् ।

सोही परामर्शअनुसार प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार अधिवेशन आह्वानको सिफारिस राष्ट्रपति समक्ष गर्ने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले नयाँ प्रधानमन्त्री चयनको मुख्य एजेण्डासहित रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी सुरु गरिसकेकाले दलहरुबीच सहमति जुटे छिटोमा असोज तेस्रो साता नयाँ सरकार गठन हुनेछ ।

राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्दा सात दिन बाटोको म्याद राख्नेछन् । संसदको पहिलो बैठक बसेको सात दिनभित्र सहमतिका आधारमा सरकार गठन हुने छ । राष्ट्रपतिले आह्वान गरेअनुसार सहमति नजुटे बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन हुनेछ ।

संसद अधिवेशन आह्वान भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन हुने छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चयन भने एक महिनाभित्र हुनेछ ।

प्रधानमन्त्रीका आकांक्षीहरु धेरै भए पनि हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रबल दाबेदार हुन् । तर, उनलाई प्रधानमन्त्री बन्न नदिने चलखेल भैरहेको छ ।

नेपालमा छिमेकी मुलुक भारतले प्रत्यक्ष हस्तक्षेप हुने र पछिल्लो अबस्थामा ओलीप्रति भारत सकारात्मक नदेखिएकाले अर्को दोस्रो व्यक्तिले हालका प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गर्नसक्ने छ । यो दोस्रो व्यक्ति कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि हुनसक्ने स्रोत बताउँछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending