Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधानमा मधेसीको सवाल र हाम्रो संबृध्दि

\"pawan_article\"सदियौँदेखि कायम विभिन्न जातिय, क्षेत्रिय, लैङ्गकि, भाषिक विभेद र रङ्गभेद अन्त गर्नको लागि प्रजातान्त्रिक अभ्यास सुरु भएपछि पटकपटक आन्दोलन र नेपाली जनताले धेरै बलिदान दिईसकेका छन । तर पनि परम्परागत रुपमा चलेको राज्य र सिमित अधिकारका कारण जनताहरु पिल्सिएर बस्न बाध्य थिए । भलै पछिल्लो समय बिशेषगरि माओबादी द्वन्द्वका क्रममा आइपुग्दा जनताका हक र अधिकारहरु एकदमै स्पष्ट रुपमा उठान भएका छन । जनताहरु आफु किन र केकति कारणले पिल्सिएर बस्न बाध्य थिए भन्ने बारेमा हरेक क्षेत्रका जनतामा पुर्ण सचेतना र परिपक्वता देखिएको छ । तर पनि सवै जात जाति बर्गका मागहरुलाई समेटेर सम्पूर्ण समस्याको समाधान निकाल्ने कुरा जटिल र दुरगामी अर्थको हो अझ यी सबै बिषयलाई देशको संबिधानमा समेट्ने कुरा झन जटिल बिषय हो ।
नागरिकता, समावेशीताको ग्यारेन्टी, जनसंख्याको आधारमा क्षेत्र निर्धारण र राज्यका प्रमुख निकायहरुमा मधेसीको सहज पहुँच लगायतका मागहरु आधारभुत रुपमा सही र जायज पनि छन । तर समानुपातिक समावेशीकरण, आरक्षण र स्वभाविक रुपमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताले धेरैजसो आधारभुत मागहरु पुर्ण भईसकेका छन । तथापि प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीको ब्यबस्था, भ्रष्टचार र जघन्य अपराध नियन्त्रण लगायत शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनतासँग प्रतक्ष सरोकार राख्ने र अधिकांस जनताले अपेक्षा गरेका मुद्दामा संबिधान प्रति बहुसंख्यक जनताको आकांक्षा समावेश नगरिएको महसुस जनताले गरेका छन
नेपालमा अथक प्रयास र लामो समयको व्यग्र प्रतीक्षा पछि संविधानसभाबाट जारी संबिधानमा सबै क्षेत्रले आ-आफ्ना हक र अधिकारको सुनिश्चितता चाहनु स्वभाबिक हो । गणतन्त्र, संघीयत, समावेशीता र धर्म निरपेक्षताले धेरै जनताका मागहरु स्वभाबिक रुपमा संबोधन गरेको छ । तरपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक बिबिधता बिचको अनेकताका कुरालाई संबिधानमा एकत्रित गर्न खोज्दा धेरै कुराहरु अपुर्ण देखिएका छन । अझ मधेसी लगायतका कतिपय समुदाय र क्षेत्रमा व्यापक असन्तुष्टिले देश पुन: अन्यौलता र निरासाले बास गरेको छ । खासगरि संबिधान जारी गरिने अन्तिम प्रक्रियादेखि मधेशमा छाएको अशान्तिले अहिले जटिल रुप लिएको छ । सतही रुपमा मधेसमा उठेको माग संघीयताको सिमांकन नै हो । यस्तै गरि नागरिकता, समावेशीताको ग्यारेन्टी, जनसंख्याको आधारमा क्षेत्र निर्धारण र राज्यका प्रमुख निकायहरुमा मधेसीको सहज पहुँच लगायतका मागहरु आधारभुत रुपमा सही र जायज पनि छन । तर समानुपातिक समावेशीकरण, आरक्षण र स्वभाविक रुपमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताले धेरैजसो आधारभुत मागहरु पुर्ण भईसकेका छन । तथापि प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीको ब्यबस्था, भ्रष्टचार र जघन्य अपराध नियन्त्रण लगायत शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनतासँग प्रतक्ष सरोकार राख्ने र अधिकांस जनताले अपेक्षा गरेका मुद्दामा संबिधान प्रति बहुसंख्यक जनताको आकांक्षा समावेश नगरिएको महसुस जनताले गरेका छन । केही वाँकि रहेका बिषयमा मधेसी मात्रै होईन सबैसँग छलफल गरेर संबिधान संशोधन गर्ने बिकल्पहरु उपलब्ध छन । मधेशीहरुको मुल माग संघीयताको सिमांकनको लागि संघीय आयोगको ब्यबस्था गरिएको छ । जसले सिमांकन लगायतका चित्त नबुझेका बारेमा हेरफेर गर्न सक्ने ब्यबस्था गरेको छ । फेरि संबिधानसभाबाट संबिधान जारी गर्ने जनताको ऐतिहाँसिक आवस्यकता पूरा गर्ने जिम्मेवारी पनि त हाम्रो दायित्वबाट अझै टाढा धकेल्न सकिने अवस्था थिएन । बिकल्प र समाधानका लागि नेपालीहरु आफै मिलेर बार्ता र छलफलबाट निकास निकाल्नु पर्नेमा मधेशमा आन्दोलनको आव्हान गर्ने मधेशी नेताहरु किन भारतका राजदुत, नेता र मन्त्रीलाई गुहारिरहेका छन ? जसका कारण भारतले आज आफ्नो सिमानामा अशान्ति भएको र मधेशीको अधिकार खोसिएको नाममा नांगो हस्तक्षेप बढाउन खोजेको छ । अझ दुखद कुरा त अहिले मधेशका मागहरु भारतले उठाएका मागहरू हुन भनेर प्रचार गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता बिपरित देशमा नाकाबन्दी लगाउने कुरा समेत उठ्नु त्यो पनि अरुको देशको आन्तरिक मामिलामा ? यो पुर्णतया अशोभनिय छ । मदेशीका हकअधिकारहरु नेपालको सरकारले उपलब्ध गराउने हो र मधेसी जनताले आफ्ना मागहरु पनि नेपालमै नेपाली जनता मार्फत पाउने हो । फेरि हिजो नेपालमा जर्जर सशस्त्र युद्धको हुदा के उसको सिमानामा कुनै गतिविधि भएका थिएनन ? अनि हिजो भारतको संबिधान जारी गर्दा कति बिरोध भएको थियो भारतभर ? यी कुराहरु भारतले मनन गर्न आवश्यक छ । अझ नेपाललाई आफ्नो स्बशासित क्षेत्रको रुपमा नहेरी एउटा असल भाईचारा र मित्रवत छिमेको रुपमा हेर्न जरुरी छ । उता खुलेआम भारतको प्रायोजनमा चल्ने रुपमा मधेसमा नेपाली राष्ट्रिय झण्डा च्यातिदै छ ? किन मधेशलाई नेपालबाट अलग गराउने कुरामा आबाजहरु जबर्जस्ती निकालिदै छ ? नागरिकताका लागि र विभिन्न अधिकारका लागि लडिरहेका मधेशी जनतालाई किन नेपालको नागरिकता त्याग्न आव्हान गरिदै छ ? यी कुराहरु जो सच्चा नेपालीले बुझ्न जरुरी छ । सबैभन्दा मुख्य र मधेसी जनताले बुझ्न के जरुरी छ भने जस्ले अहिले मधेसमा बर्षौदेखि एकछत्र राजनीतिको खोल ओढेर मधेशका जनतालाई किन बिस्तारै नेपाली भावनाबाट अलग गराउदै छन ? यो कुरा बुझ्न जरुरी छ । यो कुरा त उनिहरुको अहिलेसम्मको नियतबाटै प्रस्ट हुन्छ । किनकि यिनिहरुले हिजोका दिनमा जेजति मधेसी जनताले उठाएका आबाजहरु थिए त्यी सबै पद र सत्ताका लागि अन्तिम हतियार मात्रै बनाए । मन्त्री बन्नको लागि मात्रै प्रयोग गरे ।
अन्धकारमा लुकेका हिमाल-पहाडका कुना कुनामा बस्नेहरुलाई मधेसीको अधिकार खोसेको आरोप लगाउन मिल्छ ? हुनत पहाडमा पनि सामन्ती र पीडकहरु प्रशस्तै छन त्यीपनि ब्राह्मण क्षेत्री नै पनि छन किन छैनन् ?
अर्को कुरा के पनि बुझ्न जरुरी छ भने यो मुलुक सम्पूर्ण जातजाति भाषाभाषी र क्षेत्रका जनताको साझा फुलबारी हो । यहाँका सबै जनताको हकहितको अधिकारको सुरक्षा गर्न आवस्यक छ । सबै मधेस भुमि मधेसमा बस्नेहरुको मात्रै होइन जो भाग लगाएर छुट्टै राज्य बनाउनु पर्ने ? अहिले मदेशमा उठेको एक या दुई मधेस राज्यले बिखण्छन ल्याउन सक्छ भनेर नदिईएको पनि पक्कै हैन । नेपाल एउटा भुपरिबेष्ठित र भौगोलिक सांस्कृतिक रुपमा भारतसँगको खुला सिमाका कारण अब बन्ने संघीय राज्यहरुमा पनि कुनै न कुनै रुपमा सबै राज्यको भारतसँग सहज पहुँच हुदा भोलिका दिनमा सहजता हुनसक्छ । यस आधारमा मधेशमा एक या दुईवटा मात्रै राज्हरु अब्यबहारिक भएको हो । तर यहाँ मधेशका जनताहरुलाई पहाडे ब्राह्मण क्षेत्री र खसहरुले मधेसी जनाका हक र अधिकार खोसेको र मधेशी जनतालाई अधिकारबाट बञ्चित गर्न खोजेको आरोप लगाइएको छ । यदि समान पहुँचको आधारमा राज्यको निर्धारण गर्ने हो भने के मधेशलाई हिमाल र पहाडको शितलता र बिजुली बत्तीको उज्यालो नभई हुन्छ ? के हिमालका जनतालाई तराईको उर्बर भुमि चाहिदैन ? यस अर्थमा त यस्ता जातियता, क्षेत्रीयता जस्ता अतिबादि र अब्यबहारिक बिषयको उठान गर्ने अदुरदर्शि तथाकथित नेताहरु दोषी देखिन्छन् । अझै समय छ केही बिग्रेको छैन सच्याउने मौका छ । बिकास र संबृद्दिको लागि २१ औँ शताब्धीमा उद्योग कलकारखाना, ज्ञान बिज्ञान र प्रबिधि, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतमा जनताको समान पहुच स्थापित गरौँ । यसमा सबैको हित र पहिचान भेटिनेछ । जसमा हिजोका पुर्खाको वीरताको सम्मान र हाम्रो सनातन धर्म संस्कृति र मौलिक पहिचानको जगेर्ना हुनेछ । यसरी एकअर्कालाई अधिकार र पहिचानको बाडफाँड गरेर यस्तै बिखण्डन निम्तिने दृश्यलाई हामीले अहिल्यै बेलैमा दुरदर्शिताको नजरले हेरेर अगाडि बढ्न जरुरी छ । अनि अर्को गंभिर कुरा के मधेसी जनता चाहि उत्पिडित अनि हिमाल पहाड र कर्णालीका जनता चाँहि पीडक हुनसक्छन् ? कर्णालीमा खान लाउन मात्रै हैन उनिहरु कोबाट र कसरी पिछडिएका छन अनि खासमा उनिहरुको स्वउत्थानका लागि चाहिने अधिकार केके हुन भन्नेमा समेत त्यहाँका जनता स्वयम अनबिज्ञ छन । यस्तो बिकराल अन्धकारमा लुकेका हिमाल-पहाडका कुना कुनामा बस्नेहरुलाई मधेसीको अधिकार खोसेको आरोप लगाउन मिल्छ ? हुनत पहाडमा पनि सामन्ती र पीडकहरु प्रशस्तै छन त्यीपनि ब्राह्मण क्षेत्री नै पनि छन किन छैनन् ? तर बास्तबिकता के हो भने यो देशमा के मदेशी के पहाडी के हिमाली सबै नेपाली जनतालाई यस्तो अन्धकार र उत्पिडनमा राख्नेहरु यो देशका हरेक ठाँउमा छन पहाडमा मात्रै नभएर तराईमा पनि धेरै सामन्ती जमिनदारहरु छन जसले त्यहिँका जनतालाई कसरी जोतेर खान समेत दिएका छैनन भन्ने कुरा छर्लङ्ग छ । नागरिकताको सबालमा पनि एउटामात्र कुरा के साँचो हो भने धेरै मधेसी जनता नागरिकताबाट बञ्चित बन्नु परेको छ यो जायज हो । तर हामी इमान्दार र राष्ट्रियताको नजरमा हेरौं त कतिपय मधेसी नेता भनौदाहरुले आफ्नो स्वार्थका लागि कति बंगलादेशी, बिहारी र अन्य भारतीयलाई नागरिकता दिएका छन ? त्यो हामी नेपालीहरुले देखेका छौ बिदेशमा उनिहरुसँग नेपाली पासपोर्ट र नागरिकता बोक्ने अनि नेपाल र नेपालीलाई गाली गरेको सुन्दा के हाम्रो स्वाभिमान झुक्दैन ! के यसले हाम्रो राष्ट्रियताको रक्षा गर्छ ? यो पनि खुला सिमाना र हाम्रो कमजोर नितीका काण भएको हो । यसलाई पनि तराईका नेताहरुले नै सधै मागिखाने भाडो बनाईराखेका छन । जसको समाधान हामी नेपालीले नै निकाल्न सक्छौं । फेरि अहिलेको मदेशको आन्दोलनको प्रकृति र उठेका उग्ररुपी आवाजहरुले यो आन्दोलन अधिकारको लागि होईन कि भन्ने शंका उत्पन्न गरेको छ हिजो उत्पिडनमा पनि एकताको फुलबारीमा रमाएका जनता आज धेरैजसो अधिकार राज्यबाट दिईसक्दा र केही छुटेका कुराहरु बार्ताबाट मिलाउन छोडेर किन छुट्टै देशको समेत कुरा उठेको होला भन्दा दालमा कुछ कालो छ कि भन्ने लागेको छ । आन्दोलनमा हातहतियारसहित उपस्थित हुनु र पहाडे ब्राह्मण क्षेत्रीको नारा दिईएर सांप्रदायिकता फैलिने गरि मानिसहरुको निर्मम हत्या गरिनुले यहाँ कोहि न कोहि कुनै निहित स्वार्थमा चलखेल त गरिरहेको छैन भन्ने पनि बिचार गरौँ । किनकि यो देशमा नेताहरुको स्वार्थ र यिनिहरुको आश्वासनको कुनै भरोसा नगरौं पैसा र सत्ताको लागि यिनिहरुले निर्दिष जनतालाई मार्न त पछि परेका छैनन यदि भोलि सत्ता मिल्ने भो भने जनतालाई बेच्न पनि पछि पर्दैनन भन्न सकिन्छ र ? यसर्थ मधेसी जनता जो असली नेपाली हुँ भन्ने भावना बोकेका छन जसले देशप्रति माया र आफ्नो दायित्वबाट बिचलित भएका छैनन र हुनुपनि हुदैन यो मधेशीको मात्रै समस्या होईन सम्पुर्ण हिमाल पहाड र तराईका कुना कन्दरामा पिडित बन्न बाध्यहरुको समस्या हो जसको समाधान हामी आफै निकाल्न सक्छौं भन्ने भावनाको बिकास गरौँ । कसैले पनि एकताको भावनालाई कमजोर नबनाई अघि बढौँ । मधेसमा उठेका जायज मागहरुलाई यथोचित यथासिघ्र संबोधन गरौँ । तबमात्र हामी नेपाली मात्रको राष्ट्रियता, सार्वभौमसत्ता र हिमाली शान र सभ्यताको संरक्षण अनि हामी सम्पूर्ण नेपालीको उत्थान हुनेछ । अबको बाटो सहज भएको खण्डमा हामीले राजनितीक रुपमा आर्जन गर्नुपर्ने उपलब्धिलाई शिरोधार्य गरेर २१ औँ शताब्दीको आर्थिक क्रान्तिमा देशलाई अग्रसर गराउन सकिन्छ । हामी भारत र चिनको बिचमा त छौँ तर स्वतन्त्र छौँ । हामीसँग सम्बृध्दिका अनगिन्ति द्वारहरु छन । तर त्यी द्वारहरु खोल्ने हाम्रा संकुचित चेतनाका द्वारहरु फराकिला भएनन । विश्वमा शिक्षा, ज्ञान बिज्ञान र प्रबिधिको होडबाजी चलेको छ हामी चाहिँ अझै कतिन्जेल संबृद्धीको बाटो नलागि सधैंभरि जातजाति, धर्म र पहिचानको नाममा अल्झिएर बस्ने !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending