Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्ड किन जाँदैछन् ओली र कोइरालाको निर्बाचन क्षेत्रमा ?

काठमाडौं, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ राजधानिमा सूरु हुन सक्ने वार्ताका आन्तरिक काम छोडेर आफ्नो चुनावी क्षेत्र सिराहा पुगेका छन् । यसअघि पार्टीका अर्का नेता बाबुराम भट्टाई र महासचिब कृष्णबहादुर महरा फागुन १६ को कार्यक्रम लगत्तै भारतको नयाँ दिल्लीस्थित पार्टीका भातृसंगठनको सम्मेलनमा पुगेका थिए । सोमबार विहान बानेश्वरमा घाईते भएका कार्यकर्तालाई हस्पिटलमै पुगेर भेटेका प्रचण्ड मध्यान्हको समयमा राजधानि छोडेका थिए । बाटोमा बास बसेका प्रचण्डको साथमा पत्नि सिता दाहाल र छोरा प्रकाश दाहाल समेत साथै छन् । मंगलबार बिहानै सिरहाको बन्दीपुरमा पार्टीका अगुवा कार्यकर्ता भेटघाट गरेपछि प्रचण्ड झापाको विर्तामोड जानेछन् । प्रचण्डको स्वकिय सचिवालयका अनुसार विर्तामोडस्थित नेपालकै नमुना मेडिकल कलेजको रुपमा खोलिएको बिएनसि मेडिकल कलेजको आज मध्यान्ह १२ बजे उद्घाटन गर्नेछन् । यो क्षेत्र एमाले अध्यक्ष केपी ओलीको क्षेत्र हो  । जहाँ सानोसानो सभा नै हुनेछ । कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईका अनुसार कलेजले नेपालकै उच्चस्तरको सेवा प्रदान गर्नेछ । कलेजमा उच्च स्तरका इक्युपमेन्टहरु प्रयोग गरिएका छन् । १.५ एमराई, १२८ स्लाइडको सिटी स्कन, मुटुको अपे्रशनको प्याथल्याब, न्यूरो माइक्रोसफ, क्यान्सर रेडियो थेरापी जस्ता सेवा कलेजले प्रदान गर्नेछ । उनले विर्तामोडमा समेत कार्यकर्ता भेटघाटको कार्यक्रम राखेका छन् । प्रचण्डको साँझको बास झपादेखि चितवनको बिचमा कतै हुनेछ । कार्यक्रम र समय हेरेर उनको बासको तय हुनेछ । बुधबार चितवन फर्केर सुशिल कोईरालाको क्षेत्रमा पर्ने एक कार्यक्रममा सहभागी हुनेछन् । खबरडबलीले कार्यक्रम बारे जानकारी माग्दा उनको सचिवालयले एक कार्यक्रम मात्रै भनेर जानकारी गरायो । हामीलाई स्रोतले बताएअनुसार उनले कुनै स्कुलको कार्यक्रममा भाग लिनेछन् र सम्भव रहेको खण्डमा बुधबार साँझै राजधानि फकर्ने छन् । स्मरण रहोस् फागुन १६ को कार्यक्रममा प्रचण्डले सरकारले गल्ति नसच्याए जिल्लाजिल्लाबाट कब्जा अभियान थालिने बताएका थिए । लगत्तै राजधानिबाट सरकारमा रहेका मुख्य दुईघटक नेपाली काग्रेंसका सभापति तथा प्रधानमन्त्री सुशिल कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पुग्नुलाई अर्थपुर्ण मानिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: