बाजुरा । बिहान घाम छाएपछि फोन लाग्ने, पानी परेपछि फोन काटिने। यस्तै चुनौतीले खप्तड छेडेदह गाउँपालिका वडा नं–१ काँडाका बासिन्दालाई दैनिक जीवनमा झन् झन् कठिनाइमा पारिरहेको छ।
काँडाका स्थानीयहरू भन्छन्, “फोन आउँछ भने डाँडा धाएरै कुरा गर्नुपर्छ।” सानो गाउँमा फोरजी सेवा सुचारु भए पनि यहाँ अझै फोन सिग्नल पर्याप्त छैन। जसको कारणले गाउँका बासिन्दा आफन्त वा कार्यालयसँग कुरा गर्न अग्लो डाँडा चढ्न बाध्य छन्।
वडा अध्यक्ष वीरबहादुर रावलका अनुसार, “अहिले वडामा अधिकांस काम अनलाइनमार्फत गर्नुपर्छ। तर कार्यालयमा वाईफाई सुविधा त छैन नै, फोन गर्नका लागि पनि डाँडामा जानुपर्छ। यसले गाउँमा आउने सेवा ग्राहीहरूलाई अनलाइन सेवा दिन निकै कठिन बनाउँछ।”
काँडामा झण्डै चार हजार आठ जना र नजिकैको वडा जयवाग्श्वरीमा २८६४ जनसंख्या रहेको छ। दुबै वडामा फोनको समस्या समान छ। फोन लागे पनि एक-दुई मिनेटमै कटिहाल्छ।
स्थानीय पुरन रावलका अनुसार, “नेटवर्क सुधारका लागि धौलछडामाथिको डाँडामा टावर आवश्यक छ। हालको टावर झण्डै ३५ किलोमिटर टाढा छ र घाम परेको दिन मात्र काम गर्छ।”
नेपाल टेलिकमका प्रमुख ईश्वर सिंहले बताए, “समस्या नयाँ होइन, पुरानो हो। वडाबाट निवेदन आएपछि हामी डडेलधुरा र अत्तरिया शाखालाई सिफारिस गर्छौं र स्थानको सर्भेपछि टावर थप्ने योजना बनाइन्छ।”
काँडाका बासिन्दाका लागि डाँडा धाएर फोन गर्नु अब दैनिक दिनचर्याको हिस्सा बनेको छ। तर स्थानीय र टेलिकमको प्रयासले भविष्यमा यो समस्या समाधान हुने आशा छ, जसले गाउँका बासिन्दालाई आधुनिक संचार सुविधासँग जोड्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - २१:१८
‘प्लेन आएको भए छोरा बच्थ्यो’
बैशाख २८ गते, २०८३ - २१:१६
काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...
बैशाख २८ गते, २०८३ - २१:१२
जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...
बैशाख २८ गते, २०८३ - २१:०३
काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...
बैशाख २८ गते, २०८३ - २१:०१
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...
बैशाख २८ गते, २०८३ - १९:४२
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...
बैशाख २८ गते, २०८३ - १९:३९
काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...
बैशाख २८ गते, २०८३ - १९:३५
सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...
बैशाख २८ गते, २०८३ - १९:२२
बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...
बैशाख २८ गते, २०८३ - १९:१९
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...


प्रतिकृया लेख्नुहोस्: