Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

'प्रेमिका' मार्न पेस्तोल, पेट्रोल र खुकुरी

काठमाडाैं । प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दारहेछ भन्ने बैतडी, देउलेख–४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरिदिए। अाजकाे नागरिक दैनिकमा खबर छ प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनको घरमै पुगेर गोली हाने तर पेस्तोलले पनि उनलाई धोका दियो। लगत्तै खुकुरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ परे, युवतीको ज्यान जोगियो।
प्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर, आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै गम्भीर अपराधमा परिणत भयो। कार्की त्यस घरका सदस्यसँग पूर्वपरिचित थिए। उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै टि्रगर दबाए। पेस्तोलको पिनले छोए पनि प्राविधिक समस्याले गोली चलेन। पेस्तोलले काम नगरेपछि उनी झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए। कार्कीको व्यवहार देख्नासाथ घरपरिवारका सदस्यले प्रहरी कन्ट्रोलमा फोन गर्न भ्याएकाले खुकुरी हान्नुअघि नै नजिकै रहेको प्रहरीको \'क्विक रेस्पोन्स टिम\' त्यहाँ पुगेको थियो। त्यसैले उनले खुकुरी हान्न पाएनन्। महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरीले कार्कीलाई कार्यालयमा ल्याएर उनीसँग रहेको झोला खोतल्दा कटुवा पेस्तोलसँगै चार राउन्ड गोली, खुकुरी, चक्कु, पेट्रोल भरिएको बोतल अनि नाइलनको डोरी फेला पर्यो । प्रहरीले केरकार गर्दा उनले ती सबै सामग्री युवतीको हत्याकै लागि बोकेको बताए। महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका युवकमाथि प्रहरीले अवैध हतियार र हत्या प्रयास आरोपमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धान अधिकारीका अनुसार युवक र युवती एकै गाविसका हुन्। युवती पढ्ने स्कुलको लेखापाल रहेका कार्की ती युवतीलाई औधि मन पराउँदारहेछन्। चार वर्षदेखि दुवैबीच राम्रो सम्बन्ध थियो। विद्यालय शिक्षा सकाएर युवती ६ महिनाअघि कलेज पढ्न काठमाडौं आएपछि कार्कीको व्यवहार फेरियो। कार्कीले काठमाडौंमै आएर ती युवतीलाई आफूसँगै जान दबाब दिन थाले। घरमा आएर सधैँ बबाल गरेको भन्दै युवतीका आफन्तले प्रहरीलाई खबर गरेपछि गत असारमै कार्की पक्राउ परेका थिए। बानेश्वर प्रहरीले सार्वजनिक अपराध मुद्दा प्रक्रिया पनि अगाडि बढाएको थियो। \'असारमा उनले घरमा गएर विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा हिरासतमा राखेको थियो,\' बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीले नागरिकसँग भने, \'दुवैतिरका परिवारका सदस्यबीच मिलापत्र गरायौं, युवकले पनि अबदेखि दुःख दिन्नँ भनेको थियो तर सुध्रनुको साटो गम्भीर योजना बनाएछ।\' भूपेन्द्रले आफूलाई ती युवतीले प्रेममा धोका दिएकाले उनको हत्या गरेर आत्महत्या गर्ने योजना बनाएको बयानमा खुलेको प्रहरी भनाइ छ। उनीबाट फेला परेका सामग्रीबारे प्रहरीले जिज्ञासा राख्दा उनले ती सबै सामान युवतीको हत्याका लागि बोकेको बयान दिएका छन्। \'सुरुमा गोली हान्ने, कुनै कारणवश गोली हान्न नसके खुकुरी या चुप्पीले हानेर युवतीलाई घाइते बनाई पेट्रोल छर्केर आगो लगाउने र त्यसपछि भागेर डोरीले आत्महत्या गर्ने योजना बनाएको रहेछ,\' डिएसपी कार्कीले जानकारी दिए। प्रहरीका अनुसार युवतीले भने कार्कीसँग चिनजान मात्र रहेको, प्रेम सम्बन्ध नरहेको प्रहरीसमक्ष बताएकी छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending