Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एमाओवादी दाउ : राष्ट्रपति र मालदार मन्त्रालय खाउँ

\"prachanda\"काठमाडौं । चार दलका शीर्ष नेताबीचको भद्र सहमति र संविधान जारी गराउन खेलेको नेतृत्वदायी भूमिकाको कारण केपी ओलीलाई नै प्रधानमन्त्री बनाउन चाहिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीभित्रै दबाबमा परेका छन् ।   आजको साँघु साप्ताहिकमा खबर छ प्रचण्डमाथि कांग्रेससँग मिलेर राष्ट्रपति र रोजेका मन्त्रालयसहित सरकारमा जान दबाब परिरहेको छ । प्रचण्ड, नारायणकाजी, नन्दकिशोर पुन लगायतका नेताहरु राजनीतिमा बचेको पक्का हुनुपर्ने भन्दै एमालेसँग मिलेर जानुपर्ने पक्षमा छन् । तर, बहुमत हिस्सा कांग्रेससँग मिलेर जानुपर्ने पक्षमा छ ।   प्रचण्डले उनीहरुलाई जवाफ दिएका छन्, – अहिले संविधान संसोधन गर्नुपर्ने छ त्यसका लागि कांग्रेस एमाले नमिली हुँदैन । संविधान कार्यान्वयन र कानुन निर्माणको लागि पनि सहमतीय सरकार आवश्यक भएकोले हामी तीन दल मिलेर जानैपर्छ । यदि कांग्रेस र एमालेमध्ये एक प्रतिपक्षमा रहने अवस्थामा हामीले त्यो बेला आफ्नो फाइदा हेर्ने कुरा आउँछ । अहिले हामीले ओलीलाई नै भनेको हो । तर, हामीले भनेर मात्र ओली प्रधानमन्त्री हुने अवस्था छैन ।   स्रोतका अनुसार एमाओवादीमा अहिले कांग्रेस र एमालेमध्ये कसले बहुमत कायम गर्न सक्छ, उसैलाइ सघाउने सोच विकास भएको छ । मुख्य कुरा कांग्रेस एमाले नमिलेको खण्डमा राष्ट्रपतिको बार्गेनिङ माओवादीले गर्नेछ । कांग्रेसले रोजेका मन्त्रालयसमेत दिने भनिसकेको अवस्थामा एमाओवादीका नेताहरु कांग्रेसतिर झुकाव राख्न थालेका छन् । एमाले प्रतिस्पर्धी वामपन्थी शक्ति भएको र एमालेका कार्यकर्ताहरुले एमाओवादी सिध्धियो भन्दै गाउँगाउँमा अपमानितसमेत गर्ने गरेकोले कांग्रेससँग मिल्दा फाइदा हुने तर्क पार्टीभित्र बलियो हुँदै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending