Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाली मन्त्रीको सगर्व घोषणा ‘हो म भारत परस्त हुँ के–काे अापत्ति ?’

\"Bimalendra-Nidhi\"काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)का निम्ति ज्यान फालेर लागेका भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले शुक्रबारको क्याबिनेट बैठकमा ‘म त भारतको समर्थक भनेर रजिस्टर्ड भइसकें क्यारे, मलाई मधेस आन्दोलकारीको समर्थन गर्न के को आपत्ति !’ उनले यसाे भन्दै गर्दा भन्दै पुरुषोत्तम पौडेल र राधा ज्ञवालीको हकमा ‘एउटालाई राजीनामा र अर्कालाई बखास्ती के हो ?’ भन्दै एमाले मत्रीहरुले गलफत्ती झिकेका छन् । सुशील कोइरालालाई ‘तपाईंका पार्टीका मान्छे हुन् ती जेसुकै गर्न ?’ भन्दै र्याखर्याक्ती पारे । अाजकाे जनअास्थामा खबर छ ।   ‘पुरुषोत्तमको हकमा अख्तियारको पत्र क्याबिनेटमा सुनाउनभयो । तर राधाबारे के लेखेको छ भनेर खै जानकारी दिएको ?’ भन्दै प्रधानमन्त्री एमाले मन्त्रीले समक्ष तीतो पोखेका थिए । क्याबिनेटले राजधानी र तराई मधेसबीचको दुरी कम गराउने, काठमाडौं उपत्यका प्रवेश गर्ने भरपर्दो वैकल्पिक मार्ग  निर्माण सम्झौतासम्बन्धी मस्यौदा पुनरावलोलकन गर्न असोज १ गते गठित समितिले बुझाएको प्रतिवेदनमाथि निक्कै गम्भीर छलफल गरी विमलेन्द्रलाई निराश बनाएको थियो । राष्ट्रिय योजना योजना आयोगकाका उपाध्यक्ष गोविन्दराज पोखरेलको अध्यक्षतामा गठित समितिले आयोजनाको विश्लेषण गरी हालको प्रस्तावमा व्यापक हेरफेरको सुझाव पेश गरेको छ । आयोजनाको दुर्वल पक्षबारे आफ्नो राय पेश गर्ने क्रममा प्रतिवेदनमा उल्लेख छ ‘लगानीकर्तालाई न्यूनतम आयको सुनिश्चतता भएकोले उसले संचालन कुशलता नदेखाए पनि घाटा नपर्ने हुँदा प्रश्न गर्न सकिने ठाउँ छ। हचुवाको भरमा न्यूनतम सवारी  संख्या प्रक्षेपण गरिएकोमा पनि प्रश्न उठाइएको छ । मोदीले नेपाल भ्रमणका बेला निकै शानले  घोषणा गरेको आर्थिक सहायता र सहुलितय ऋण यही आयोजनामा खर्च गर्ने भारतीय योजनातिर घुमाउरो भाषामा प्रतिवेदनले इगित गरेको छ । भारतीय सहायता ७५० मिलियन अमेरिकी डलर  अन्ततः भारततिरै लाने योजना रहेको देखिन्छ ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending