Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नाकामा भारत झन् कठोर

\"birjungकाठमाडौं । मधेस आन्दोलले असुरक्षा बढाएको बहानामा भारतले १३ दिनदेखि लगाउँदै आएको नाकाबन्दी अझै खुलेको छैन ।   सबै नाका खुलाएर आपूर्ति अवरोध हटाउट भारतीय विदेश मन्त्रालयले मातहत भन्सार कार्यालयलाई निर्देशन दिएको भनिए पनि नाकामा भारतीय अधिकारीको व्यवहार झन् कठोर देखिँदै गएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ– वीरगन्ज नाका पूर्ण रुपमै ठप्प छ भने खुलेका केही नाकाले पनि विभिन्न बहानामा अलमलाउँदै नेपाली ट्यांकर रोक्दै आएका छन् । भन्सारमा सुरक्षा अधिकारीले एउटा ट्यांकर जाँच्न कम्तीमा एक घन्टा लगाउँदै आएका छन् । सोमबार विभिन्न नाकाबाट पेट्रोलियम पदार्थका ४५ ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार रातिसम्म २७ वटा मात्र ट्यांकर छाडेको छ । सोमबारभन्दा मंगलबार खाद्यान्न, कपडा, निर्माण सामग्री, अटोमोबाइल्सलगायत सामग्री बोकेर नेपाल भित्रिएका गाडीको संख्यासमेत कम रहेको नेपाली भन्सार अधिकारीको भनाइ छ । सोमबार काँकडभिट्टा, जोगबनी, रुपैडिहा र गौरीफन्टा नाकाबाट १ सय ९० वटा मालवाहक गाडी भित्रिएकामा मंगलबार १३४ वटा मात्र यता आउन पाए । पूर्वी नेपालको काँकडभिट्टा, नेपालगन्जको रुपैडिहा र कैलालीको गौरीफन्टाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्रिएनन् । सोमबार जोगबनी नाकाबाट ३२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार विभिन्न बहाना बनाउँदै एउटा मात्र छाडेको छ । बेलहिया नाकामा मंगलबार भारतीय भूमिबाट नेपालतर्फ खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उक्त नाकाबाट मालवाहक गाडी तथा इन्धन ट्यांकर आउन सकेनन् । राजधानीमा इन्धन तथा दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि प्रमुख मानिएको वीरगन्जको रक्सौल नाकाबाट १३ दिनदेखि कुनै पनि मालवाहक गाडी भित्रिएका छैनन् । आन्दोलनकारीको धर्ना र अवरोधबिनै ठप्प पूर्वी नाका भने मंगलबार केही खुकुलो भयो । अन्य सबै सामान पठाइरहे पनि इन्धन आउन पूरै रोक लागेको काँकडभिट्टा नाकाबाट बल्ल इन्धन भित्रिन थालेको छ । मंगलबार पेट्रोलियम पदार्थ बोकेका १० वटा ट्यांकर उक्त नाकाबाट नेपाल भित्रिएका छन् । सोमबार राति १० बजे इन्धन बोकेका ६ ट्यांकर नेपाल भित्रिन दिएको भारतले मंगलबार थप ३० ट्यांकरमा तेल भरिदिएको थियो । नाकाबन्दी खोलेको बताएको दुई दिनसम्म पनि पूर्वी नाका काँकडभिट्टाबाट इन्धन आउन सकेको थिएन । \'भारतीय आयल कर्पोरेसनले मंगलबार ३० ट्यांकरमा सबैखाले इन्धन भरिदिएको छ,\' मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले मंगलबार भने, \'ती ट्यांकर बाटामा छन् । मंगलबार राति वा बुधबार बिहानसम्म काँकडभिट्टा प्रवेश गर्ने सम्भावना छ ।\' काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतीय आयल कर्पोरेसनको सिलिगुडीस्थित डिपोमा १० दिनभन्दा लामो समयदेखि पालो कुरेर बसेका नेपालबाट पुगेका ट्यांकरमा तेल भरिएको छ । ती साधन आइपुग्न केही समय लाग्न सक्ने उनले बताए । आउँदै गरेका ट्यांकर पूर्वमै राख्ने कि काठमाडौं पठाउने भन्नेबारे छलफल जारी रहेको नेपाल आयल निगम स्रोतले जनाएको छ । नेपालतर्फ समस्या नभए पनि छाडेन जोगवनी नाकाबाट आयात–निर्यात सहज बनाउनेबारे नेपाल–भारत दुवै पक्षका स्थानीय अधिकारी र सुरक्षा निकायका प्रमुखबीचको सहमतिविपरीत भारतीय भन्सारले पेट्रोलियमका ट्यांकर तथा ग्यासका बुलेट आयातको अवरोध कायमै राखेको छ । नेपाल आउने सवारीमा अवरोध नगर्ने र आउन सहज बनाउने सहमति आइतबारको दुवै पक्षको बैठकले गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending