Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

सुशील कोइरालाका भाई भन्छन्, 'सानोमा हिटलर जस्ता थिए सुशील'

\"sushil-brother-660x330\"प्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइराला पनि कांग्रेसकै राजनीतिमा सक्रिय छन् । १५ वर्षको उमेरमा ०१५ सालको निर्वाचनमा भोलेन्टियर भएर राजनीतिमा होमिएका उनी ०३८ सालदेखि ०५१ सालसम्म मोरङ कांग्रेसका सभापति भए । यसपटक समानुपातिकबाट सभासद् छानिएका उनीसँग नयाँ पत्रिकाका मधुसुधन भट्टराईले प्रधानमन्त्री कोइरालाबारे विभिन्न जिज्ञासा राखे । उनी भन्छन् :
सुशील दाजुको जन्म सन् १९३९ मा विराटनगरमा भएको हो । उहाँ साहिँलो दाजु हो । हामी ६ भाइ छोरा हौँ । एउटी बहिनी । जेठो प्रमोद, माइलो विनोद, काइँलो अरुण, ठाइँलो म र कान्छो विजय पछि बहिनी जन्मिई । अरुण दाजुको केही महिनाअघि निधन भयो । उहाँ नेपाली कांग्रेस बाँकेको सभापति हुनुहुन्थ्यो । हाम्रो र कोइराला परिवारको नाता कृष्णप्रसाद कोइरालाको विवाहपछि गाँसिएको हो । विश्वेश्वरप्रसाद कोइरालाका बुबा कृष्णप्रसादले हाम्रो पितासँग उहाँकी सालीको विवाह गराइदिनुभयो । अनि हामी एक–अर्काका नातेदार भयौँ । बिपी र गिरिजा दाजु दिदीका छोराहरू, हामी बहिनीका । यसकारण बिपीनिकट सुशील दाजुको बाल्यकाल कोइराला परिवारसँगै बित्यो । सानैदेखि उहाँ बिपी कोइरालानिकट हुनुभयो । बिपी दाजुलाई अंग्रेजी राम्रो जान्ने मान्छेको आवश्यकता थियो । सुशील दाजुको अंग्रेजी राम्रो थियो । त्यसमाथि उहाँ ‘स्मार्ट’ पनि हुनुहुन्थ्यो, ‘ह्यान्डसम’ पनि । त्यसैले, बिपीले उहाँलाई आफूनिकट राख्नुभयो । सुशील दाजुको ‘ह्यान्डसमनेस’को के कुरा गर्ने ? उहाँ त ‘हलिउड हिरो’ बन्ने भन्दै एकपटक मुम्बईसम्म पुग्नुभएको थियो । त्यतिवेलाका उहाँका फोटा हेर्नुपर्छ, अनि थाहा पाइन्छ उहाँ कति ह्यान्डसम हुनुहुन्थ्यो भन्ने । उहाँको अंग्रेजी राम्रो थियो, मुम्बईबाट फर्काएर ल्याइयो । त्यसपछि उहाँ तत्कालीन परराष्ट्रमन्त्री तुलसी गिरीको स्वकीय सचिव हुनुभयो । तुलसी गिरीलाई अंग्रेजी राम्रो भएको मान्छे चाहिएको रहेछ । बिपीले सुशील दाजुलाई सिफारिस गर्नुभयो । सुशील दाजुलाई काम गर्न मन थिएन सायद । तर, बिपी दाजुले भनेपछि उहाँ जानुभयो । बिपीको सिफारिस लिएर जानुभएका सुशील दाजुलाई तुलसी गिरीले सचिवमा नियुक्त गर्नुभयो । अंग्रेजी राम्रो बुझ्ने, ‘टल’, ‘स्मार्ट’ ‘एन्ड’ ‘ह्यान्डसम’ मान्छेलाई स्वकीय सचिवका रूपमा पाएपछि गिरी खुसी भए । तर, उहाँ स्वकीय सचिव भएको केही महिनामै राजा महेन्द्रले ‘कु’ गरे । ०१७ साल पुस एक गते महेन्द्रले प्रजातन्त्र आफ्नो हातमा लिए । बिपीलगायतका नेताहरूलाई थुनियो । त्यसपछि पनि गिरी मन्त्री नै थिए । सुशील दाजुले स्वकीय सचिव भएर काम सम्हालिरहनुभएको थियो । तर, बिपीलाई जेल लगेपछि उहाँले राजीनामा दिनुभयो । गिरीले नछोड्न बारम्बार आग्रह गरेका थिए । सुशील दाजुले त्यो आग्रह अस्वीकार गर्नुभयो । राजीनामा दिएपछि उहाँ कांग्रेसमा झन् बढी सक्रिय हुन थाल्नुभयो । बिपीलाई सहयोग गर्न थाल्नुभयो । बिपी दाजुलाई भेट्न सुशील दाजु जेल जानुहुन्थ्यो । सुशीला भाउजू एक्लै भएको र शशांक, प्रकाश तथा चेतना सानै भएकाले उनीहरूको हेरविचार गर्न बिपीले सुशील दाजुलाई भन्नुभयो । बिपीबाट अत्यन्त प्रभावित हुनुहुन्थ्यो, सुशील दाजु । उहाँले अह्राएका काम इमानदारीसाथ गर्नुहुन्थ्यो । \"sushil\" निर्वासन र राजनीतिक सक्रियता त्यतिवेला राजा महेन्द्रको प्रशासनले कोइराला परिवारलाई अत्यन्त दु:ख दिएको थियो । त्यसैले, सुशीला भाउजू कहिले बनारस बस्नुहुन्थ्यो, कहिले कता । सुशील दाजु पनि उहाँसँगै बस्न थाल्नुभयो । शशांकहरूको पढाइको ‘केयर’ गर्नुभयो, राजनीतिक संलग्नता पनि सँगसँगै बढाउँदै लैजानुभयो । त्यतिवेला कांग्रेसका अधिकांश शीर्ष नेता जेलमा थिए । कांग्रेसका अन्य नेता–कार्यकर्ताले सुशीला भाउजू र सुशील दाजुलाई भेट्नुको विकल्प थिएन । ‘बोर्डर’मा केशव कोइराला (डा. शेखरका बुबा)लाई पनि भेट्न जान्थे । कोइराला परिवारलाई भारतमा पनि छुट्टै सम्मान थियो । राजनीतिक परिवार भएकाले होला सायद । भारतमा हुँदा पनि सुशील दाजुले राजनीति छाड्नुभएन । भारतमा पढ्न गएका नेपाली विद्यार्थीलाई संगठित गर्ने काम गर्नुभयो । खुमबहादुर खड्का, प्रदीप गिरीलगायत उहाँको संगठनमा हुनुहुन्थ्यो । त्यसपछि सुशील दाजुको राजनीतिमा सक्रियता झन्–झन् बढ्यो । भारतमा नोकरी भारतमा उहाँहरूले धेरै दु:ख पाउनुभयो । नोकरी गर्नुको विकल्प भएन । धेरै दु:ख खेपेपछि सुशील दाजुले डेढ वर्षजति भारतमा नोकरी गर्नुभयो । जयप्रकाश नारायणले मुगलसरायमा चिनेको ‘बिजनेसम्यान’को फ्याक्ट्रीमा जागिर लगाइदिए । तर, पैसा त्यति नहुने । बिहान अफिस जाँदा र साँझ कोठामा फर्कंदा पनि धेरै खर्च हुने । खासै पैसा नबच्ने भएपछि उहाँले त्यो जागिर छोड्नुभयो । निर्वासनको समयमा बिपी, दिव्या कोइराला (बिपीकी ममी)लाई रेखदेख बाबाले गरेको दाजुलाई थाहा थियो । बाबाले अखबार बेचेर कहिले दुई आना त कहिले त्योभन्दा पनि कम कमाउनुहुन्थ्यो । त्यही पैसाको चना, भुजा र भन्टा किनेर गुजारा चलाएको बाबाले सुनाउनुभएको थियो । पछि सुशील दाजुले पनि कोइराला परिवारको ‘गार्जेनसिप’ निर्वाह गर्न जागिर गर्नुभयो, गुजारा चलाउनुभयो र सँगसँगै राजनीतिलाई निरन्तरता पनि दिनुभयो । हामी थर्कमान हुन्थ्यौ हामी अरू दाजुभाइभन्दा सुशील दाजु सानैदेखि फरक हुनुहुन्थ्यो । उहाँलाई देखेपछि हामी सबै थरथर काँप्थ्यौँ । हामीलाई पढाउन उहाँले विशेष जोड दिनुहुन्थ्यो । अत्यन्त कडा पनि हुनुहुन्थ्यो । उहाँ बाहिर कतै गएको मौका छोपी हामी खेल्न गएका वेला आमाले हामीलाई भन्नुहुन्थ्यो, ‘सुशील आउँदै छ है ।’ हामी डराउँथ्यौँ । चुपचाप पढ्न बसिहाल्थ्यौँ । हामी साना हुँदा उहाँ ‘हिटलर’जस्तै लाग्थ्यो । हामीलाई थर्कमान बनाएर राख्नुभएको थियो । त्यतिवेला उहाँ र अरुण दाइ वीरगन्जको ठाकुरराम स्कुल (अहिलेको ठाकुरराम बहुमुखी क्याम्पस)मा पढ्नुहुन्थ्यो, हामी पाठशालामा । यसकारण भएन विवाह हामी अन्य भाइहरूजस्तो सुशील दाजु आमाबुबासँग बस्नुभएन । हामी बेलौरीमा भएका वेला उहाँ र अरुण दाजु दिदी–भिनाजुसँग अयोध्यामा बस्नुभयो । बुबा जागिरे हुनुहुन्थ्यो । उहाँको जता–जता सरुवा हुन्थ्यो, हामी त्यतै जान्थ्यौँ, बस्थ्यौँ । परिवारसँग धेरै समय नबिताएकाले सुशील दाजुलाई बिहेबारे कसैले कर गर्न पाएन । कहिलेकाहीँ उहाँ घर आउँदा बुबाआमाले ‘ए अब विवाह गर्नुपर्छ’ भन्नुहुन्थ्यो । तर, उहाँलाई दबाब दिन कसैले सकेन । बुबाअमाले पनि सक्नुभएन । एकातिर उहाँलाई ‘प्रेसर’ गर्ने कोही भएन भने अर्कोतिर उहाँ राजनीतिमा अत्यन्त व्यस्त हुनुभयो । विवाहको विषयमा आफैँले पनि ध्यान दिनुभएन । उहाँको एउटा मात्र ध्येय नेपालमा प्रजातन्त्र स्थापना गर्ने भयो । प्रजातन्त्र आएपछि देश विकासमा ‘फोकस’ गर्नुभयो, विवाहको कुरा छायामा पर्‍यो । परिवारका सदस्यसँग सानैदेखिको दूरी पछिसम्म रह्यो । मेरो मात्र होइन, अरू सदस्यको पनि उहाँसँग भेटघाट अत्यन्त पातलो भयो । अहिले पनि त्यस्तै छ । पारिवारिक भेट नै पातलो भएपछि सरसल्लाह गर्ने कुरै भएन । उहाँ प्रधानमन्त्री भएपछि हामी उहाँको निवासमा जान्छौँ । बाहिरबाट बुझिएको, देखिएको राजनीतिक अवस्थाबारे जानकारी गराउँछौँ । उहाँका कामबारे आएका राम्रा–नराम्रा प्रतिक्रियाबारे भन्छौँ । ‘फिडब्याक’ दिन्छौँ । उहाँले ध्यान दिएर सुन्नुहुन्छ । पार्टीमा र साथीबाट आएका असन्तुष्टिबारे पनि जानकारी दिन्छौँ । संगठन बलियो बनाउन जे गर्नुपर्छ, त्यो गर्न तयार छु भन्नुहुन्छ । गल्ती गरेको महसुस गलत गरेँ भन्ने कुनै ‘फिलिङ’ सुशील दाजुलाई कुनै ‘इस्यु’मा भएजस्तो मलाई लाग्दैन । पार्टी सभापति भएपछि सबैलाई मिलाएर लैजाने प्रयास गर्नुभएको छ । सुशील दाजु सभापति भएपछि पार्टीमा ६०/४० को भागबन्डाले दु:खको निरन्तरता नदिओस् भन्ने सुझाब दिएका थियाँै । यसलाई पार्टी केन्द्रीय समितिले पनि भारी बहुमतले पारित गरेको थियो । पार्टीलाई मिलाएर लैजान उहाँले अलमल गर्नुभएन । असन्तुष्ट साथीहरूलाई पनि मिलाएर लैजानुपर्छ भन्ने उहाँको ध्यान थियो । भागबन्डा जसरी गरे पनि सबै हाम्रा साथी नै त पर्ने हुन् भन्नुहुन्थ्यो । तर, यसैका कारण हामीले निर्वाचनमा जित्ने केही सिटमा पराजय पनि भोग्यौँ । उहाँलाई यो विषय कत्तिको महसुस भयो भन्ने आगामी निर्वाचनले देखाउला । म मात्रै नभई सबै साथीहरूको गुनासो सही मान्छेले टिकट नपाउँदा हामीले जित्ने सिट पनि जित्न सकेनौँ भन्ने छ । उहाँले पनि यो महसुस गर्नुभएको मेरो बुझाइ छ । साच्चिकै हो, उहाँको सम्पत्ति केही छैन उहाँले आफ्नो भागमा परेको सम्पत्ति सबै बेचिसक्नुभएको छ । राजनीति गर्न चाहिने खर्चका लागि उहाँले सम्पत्ति बेच्नुभएको हो । त्यो सबै खर्च गरिसक्नुभयो । हामीले नबेच्नुस्, पछि काम लाग्छ भनेर पटक–पटक भन्यौँ । तर, उहाँले मान्नुभएन । गिरिजा दाजुसँग कहिले जर्मनी, कहिले अमेरिका जानुभयो । त्यतिवेला पैसा चाहिन्छ भन्दै आफ्नो सम्पत्ति बेच्नुभयो । सबै सम्पत्ति सक्नुभयो । उहाँले आफ्नो नामको सबै सम्पत्ति राजनीति र पार्टीमा समर्पित गर्नुभएको छ । राजनीतिमा फरक क्रान्तिकारी राष्ट्रवादी नेता विश्वेश्वरप्रसाद कोइरालाका विचार बुझ्न ठूलो आँट, साहस र विश्वास चाहिन्छ । त्यो सुशील दाजुले बुझ्न सक्नुभयो । बिपीसँगको संगतपछि उहाँले राजनीति सुरु गर्नुभयो । बिपीकै विचारलाई शिरोधार्य गर्दैै अगाडि बढ्नुभयो । अहिलेसम्म पनि त्यही विचारधारामा अडिग हुनुहुन्छ । पिताजी (बिपीका बुबा कृष्णप्रसाद)ले रोप्नुभएको प्रजातन्त्रको बीउ बिपी दाजुले फलाउनुभयो । नागरिकले हक–अधिकार पाउनुपर्छ, खान, लाउन पाउनुपर्छ, गाँस, बास र कपासको ग्यारेन्टी हुनुपर्छ भनेर पिताजीले सुरु गरेको आन्दोलन सात सालमा सफल भयो । एक सय चार वर्षको जहानिया राणाशासन फ्याँकियो । बिपीले प्रजातन्त्र संस्थागत गर्नुभयो । सार्वभौम जनताले आफ्नो संविधान आफँै बनाउन संविधानसभाको निर्वाचन गर्नुपर्ने धारणा बिपीले ०१४ सालमा भद्र अवज्ञा आन्दोलनबाट व्यक्त गर्नुभयो । तर, उहाँलाई तत्कालीन राजाले धोका दिए । बिपीले गरेको घोषणालाई सार्थक पार्न गिरिजाप्रसाद कोइरालाले हिंसात्मक आन्दोलनमा रहेको माओवादीलाई शान्तिको बाटोमा डोहोर्‍याउँदै प्रजातान्त्रिक प्रणालीमा समावेश गर्नुभयो । त्यसको मुख्य ध्येय जनताको संविधान जनताले निर्माण गर्न संविधानसभाको निर्वाचन गरी संविधानसभा गठन गर्नु थियो । त्यसैअनुरूप संविधानसभाको निर्वाचन भयो । तर, दुर्भाग्य † सफल हुन सकेन । अहिले बिपीको घोषणालाई सुशील दाजुले पूरा गर्नुभएको छ, संविधानसभामार्फत संविधान निर्माण भएको छ । सुशील दाजुले अभूतपूर्ण काम गर्नुभएको छ । नेपाली जनताले महसुस पनि गरेका छन् । उहाँले मैले चुनाव जितेर संविधान निर्माण गर्छु, प्रतिबद्धता पूरा गरेपछि सरकारमा बस्दिनँ भन्नुभएको थियो । त्यो अहिले पूरा भएको छ । प्रतिबद्धतासहित सही व्यक्ति जनतामा गएपछि जनताले जिम्मेवारी दिँदा रहेछन् भन्ने प्रमाणित भएको छ । उहाँको नेतृत्वमा नै संविधान आयो । योभन्दा ऐतिहासिक कुरा अरू के हुन सक्ला ? उहाँले जीवनभर गरेको राजनीतिको फल यही हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending