Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जनताले यी कुरा बिर्सिएर बाबुराम !

\"baburam-bhattarai\"काठमाडौं – ‘मधेस दुख्यो’ भन्दै पार्टी छाडेर हिँडेका बाबुराम भट्टराईले नैतिक आचरण र जिम्मेवारीको कुरा उठाउन थालेपछि आफू सत्तामा हुँदाचाहिँ कति जिम्मेवार बने भन्ने कुराको खोजी सुरु भएको छ । ‘मुखमा राम राम बगलीमा छुरा’को उत्कृष्ट उदाहरण भन्दै उनको संगत गरेकाहरुले टिप्पणी गरेका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ –बाबुरामको ४५ सदस्यीय जम्बो सचिवालय र सल्लाहकारमा समूहमा एक्ला रामरिझन यादवबाहेक कुनचाहिँ मधेसी थियो ? अहिले इतिहास सम्झने मधेसीले नै सोध्न थालेका छन्,‘राजदूतले कतारका लागि राजदूत नियुक्त गरेका मायाकुमारी शर्मा, कोरिया पठाएका कमानसिंह लामा, बेल्जियम पुर्याएका राममणि पोखरेल, रसियाका लागि तोकिएका रवि सापकोटा, डेनमार्क मुक्ति भट्ट, पाकिस्तान भरत पौडेल, अस्ट्रेलिया रुद्र नेपाल, बर्मा पारस नेपाल, इजरायल प्रह्लाद प्रसाईँ, चीन महेस मास्केमध्ये युएइमा धनञ्जय झाबाहेक आएकामध्ये कोचाहिँ मधेसी थिए ?’ खै, उनले मधेसीलाई राजदूत बनाएको ? किन उनले आफ्नो निकटस्थ टिममा मधेसीलाई सहभागी नगराएको ? तराई झर्दा बाबुरामले लगाएको कुर्ताले के, के छोप्ने प्रयत्न गरेको हो भन्ने कुरा पनि खोजी गरेर उदांगो पार्न स्वयं मधेसी नै लागिपरेका छन् । संवाद समितिको सभापति हुँदा ४ दलका नेता र उनीसमेतको विशेष समितिले मस्यौदा समितिमा प्रश्नावली बनाएर पठाएको र ०७१ साल माघमा दुई तिहाइभन्दा बढीले पारित गरेको मधेसमैत्री प्रावधानलाई रोक्ने को हो ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । आफू प्रधानमन्त्री हुँदा मधेसको हितमा के – के गरे ? हेलिकोप्टर चढेर दलित र मधेसी बस्तीमा पुगे । मुसाको मासु र घुँगीको अचार खाए,सुते तर दलित र मधेसीको हित रक्षा गर्न के–कस्ता कानुन निर्माण गरे ? अहिले त्यसको पनि खोजी भइरहेको छ । ०५२ सालमा देउवा सरकारसमक्ष पेस गरेको ४० बुँदे मागमा सन् १९५० को सन्धि खारेजी प्रमुख थियो तर आफू प्रधानमन्त्री हुँदा त्यसलाई कति महत्त्व दिए भन्ने कुरा नै असलीरुप दर्शाउने टिप्पणी पनि हुन थालेका छन् । भारतसँगको असमान सन्धि खारेज गर्नुपर्नेमा भारतलाई नै सघाउन पुग्ने गरी बिप्पा सम्झौता पनि उनैको पालामा भयो । उनले प्रधानमन्त्री मात्र भएर केही गर्न नसकिने रहेछ, तालाचापी त अन्यत्रै रहेछ भनेर प्रस्तुत गरेको लाचारीपनलाई पनि अहिले स्मरण गर्न थालिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending