Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भोलि ३ बजेबाट सबै पम्पबाट तेल पाइने

\"oilकाठमाडाैं । उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए ।
‘मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।’ तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए ।
‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, ‘एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।’ आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो ।
उपत्यकाको सामान्य अवधिको दैनिक पेट्रोल खपत तीन लाख ५० हजार र डिजेल खपत चार लाख ५० हजार हो । तर, निजी सवारीले धेरै दिनदेखि इन्धन नपाएको र पाँच लिटर तथा १५ लिटरका दरले वितरण गर्ने भएकाले बढी वितरण गर्न लागिएको उनले बताए ।
‘यो परिमाणले उपत्यकाका निजी सवारीसाधनलाई इन्धन पुर्‍याउन सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने । उपत्यकामा करिब सात लाखको संख्यामा मोटरसाइकल मात्रै दर्ता भएका छन् । त्यस्तै करिब एक लाख ३० हजार कार, जिप र भ्यान दर्ता भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending