Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

आत्तिए नरेन्द्र मोदी !

\"Narendra-Modi\"काठमाडौं । बिहार बिधानसभाको चुनावमा एकातिर लालु यादव, नीतिशकुमार र कांग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ –भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संशाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ । बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले पहिलोपटक राजनीतिक रुपमा चुनौति दिएका थिए ।   उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहीनलाई आवाज दिए । लालु–रावडीको १५ वर्ष लामो शासनकालमा पिछडिएका जाति मूलधारको राजनीतिमा आउन सफल भए ।   यही आन्दोलनबाट उदाएका नीतिश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन्, उनीहरुलाई विभिन्न स्थानमा स्थापित समेत गरे । लालु र नीतिशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् । भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलो अवसर हो ।   मोदीका सबैमन्त्री, भाजपाका ५० भन्दा बढी सांसद् र आरएसएसका हजारौं कार्यकर्ता बिहारको चुनावी मैदानमा दिनरात सक्रिय छन् । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् ।   आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्त्वपूर्ण किन भयो रु बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतिशका लागि अस्तित्वको लडाइँ बनेको छ । यो चुनावमा लालु र नीतिशको महागठबन्धनले हार्यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झट्का लाग्नेछ । त्यसपछि यी दुवै दलको भविष्यको कुनै ग्यारेन्टी हुनेछैन । भाजपाको जित भए मोदीको शक्ति निकै बढ्नेछ र उत्तर प्रदेशमा चुनाव जित्नका लागि यो सहज हुनेछ ।   व्यक्तित रुपमा पार्टीभित्र रहेका आफ्ना विरोधीलाई समाप्त पार्ने हतियार हो यो । र, यसपछि उनी कसैको हस्तक्षेपविना आफ्नो एजेण्डामा अघि बढ्न सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending