Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय गृहमन्त्रीले ओलीलाई भने, 'नाकाबन्दी चाँडै हट्छ'

\"nepal_india_flag\"काठमाडाैं। विद्यमान नाकाबन्दी हटाउँदै नेपाल र भारतबीचको संबन्ध सुधार गरेर जान भारत सकारात्मक देखिएको छ।
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ– भारतीय गृहमन्त्री राजनाथ सिंहले सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी दुई देशबीच चिसिएको संबन्ध हल गरेर जाने पक्षमा आफूहरु रहेको बताएका हुन्।
भारतले नेपालको नयाँ संबिधान प्रति असन्तुष्ठि जनाउंदै विगत तिन साता देखि लगाएको नाकाबन्दी केही दिनभित्रै हट्ने संकेत भारतीय गृहमन्त्रीले प्रधानमन्त्री ओलीलाई दिए।प्रधामन्त्री ओलीलाई बधाई तथा शुभकामना दिन भारतीय राजदूत रञ्जित रे बालकोट पुगेर गृहमन्त्री सिंहले कुराकानी गर्न चाहेको सन्देश सुनाएलगत्तै ओलीसँग उनको फोनवार्ता भएको हो।
\'भारत र नेपालबीच चिसिएको संबन्धलाई नयाँ ढंगले अघि लैजाने पक्षमा भारत रहेको गृहमन्त्री सिंहले प्रधानमन्त्रीज्यूसंग बताउनुभयो\' ओलीका स्वकिय सचिव राजेश बज्राचार्यले अन्‍नपूर्णसंग भने। बज्राचार्यका अनुशार प्रधानमन्त्री ओलीले गृहमन्त्री सिंहसंगको कुराकानीमा भारतले लगाएको नाकाबन्दी चांडै हट्नेमा विश्वस्त रहेको भन्दै आफू पनि संबन्ध सुधारेर जाने पक्षमा रहेको बताएका थिए।
\'दुई देशबीचको जटिलता हल गर्नुपर्छ भन्नेमा कुराकानी केन्द्रित थियो\' बज्राचार्यले भने ‘केही दिनमै अहिले अबरुद्द दुई देशबीचका नाकाहरु पूर्णरुपमा खुल्ने देखिन्छ।\'सिंहसंगको टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणमा भारत जाने बताएका थिए।
कुराकानी हुंदा साथमै रहेका राजदूत रेले लोकतान्त्रिक बिधिबाट प्रधानमन्त्री निर्वाचित भएकोमा ओलीलाई बधाई दिंदै भारततर्फबाट रोकिएको पेट्रोल र ग्यांस आपूर्ति ब्यबस्था सहज हुने बताएका थिए। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा निर्वाचित एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।
उनले ओली नेतृत्वको सरकारले संबिधानप्रति असन्तुष्ठ मधेशी दलहरुलाई समेत विश्वासमा लिएर अघि बढ्ने भन्दै आगामी दिनमा नेपाल भारत संबन्ध मजबुत भएर जाने विश्वास ब्यक्त गरेका थिए।पूर्वकुटनीतिज्ञहरुले ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री सिंहले बधाई दिसंगै नेपाल र भारतबीच बिद्यमान चिसोपना हटाएर अघि बढ्ने अवस्था सिर्जना हुन लागेको प्रतिक्रिया दिएका छन्।
\'नेपालको नयाँ संबिधानमा असन्तुष्ठि ब्यक्त गर्दै भारतले नै नाकाबन्दी गरेको थियो। त्यसका कारण दुई देशबीच संबन्ध चिसिएको थियो । यसमा मुख्य दोषि भारत थियो,\' पूर्वराजदूत राजेश्वर आचार्यले अन्नपूर्णसंग भने।
राजदूत आचार्यले भारतीय प्रधानमन्त्रीले ओलीलाई फोन गरेर प्रजातान्त्रिक रुपमा सम्पन्न चुनाबाट निर्वाचित भएकोमा बधाई दिंदै भारत भ्रमणमा निमन्त्रणा समेत गर्नुलाई भारतले \'कोर्स करेक्सन\' गर्न चाहेको रुपमा अथ्र्याए। \'भारतीय पक्षले नाकाबन्दी लगाएर गल्ति गरेछु भन्ने महशुश गरेको देखिन्छ जुन अत्यन्तै सकारात्मक छ,\' आचार्यले भने, \'अबका दिनमा दुई देशबीच जलस्रोत, कृषि, ब्यापार लगायतका क्षेत्रमा सहकार्य बढाउंदै संबन्धलाई नयाँ उचाईमा लैजान ओलीजीले पहल गर्नसक्नुपर्छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending