Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

ओली, मधेस र बाबुराम

\"jhalak_subedi\"एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ संविधानअनुसार पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । एउटा निम्न वर्गीय परिवारमा जन्मेर राजनीतिको शिखरमा पुग्न उनले असामान्य पाइला चालेका थिए र निरन्तर यात्रा गरेका थिए । ०२७ सालमा झापा आन्दोलनमा लागेर ऊर्जाशील युवा वयका १४ वर्ष जेलमा बिताएका र औपचारिक शिक्षामा एसएलसी पनि पास नगरेका ओलीको यो विजय कमैले आर्जन गर्ने उचाइ हो । उनी जति चटपटे, तुक्काबाज र मजाकिया व्यंग्यवाणवाला व्यक्तिका रूपमा चिनिन्छन् त्यति नै एकोहोरो आफ्नो विचारमा लागिरहने क्षमता पनि राख्छन् । उनलाई एकपटक नेता मानेकाहरू कमैले उनको साथ छाडेका छन् । उनमा आफ्नोवरपर आएका कार्यकर्ता, समर्थक या शुभचिन्तकलाई नियन्त्रणमा राखिरहने खुबी छ । अर्थात पार्टीमा गुट चलाउन उनी उस्ताद नै हुन् । उनका वरपर एमालेमा आन्दोलनबाट खारिएर आएका नेता–कार्यकर्ताको एउटा राम्रो र सक्षम पंक्ति पनि छ । देशभित्र र बाहिरका शक्तिकेन्द्रसम्म उनको राम्रो परिचय र पहुँच छ । खस राष्ट्रवादीहरू उनलाई आफ्नै मान्छे ठान्छन् र काठमाडाैंको सम्भ्रान्तवर्गमा पनि उनको राम्रो प्रभाव छ ।
उनी कुनै समय गरिब थिए, अहिले धनी छन् । तर, सेवाचाहिँ गरिबको गर्ने कि धनीको भन्ने निर्णय गर्न स्वतन्त्र छन् । ओलीले अहिलेसम्म यसको उत्तर दिन आवश्यक ठानेका छैनन् । यो नै उनी प्रधानमन्त्री हुँदाको सबैभन्दा ठूलो जोखिम हो ।
मैले पहिलोपटक झन्डै ३२ वर्षअघि पोखरा कारागारमा उनलाई भेट्दा पनि धाराप्रवाह बोल्ने, तर्कको सहाराका रूपमा रैथाने शब्द या उखानहरूको प्रयोग गर्ने एकजना मिलनसार राजबन्दीका रूपमा चिनेको थिएँ । कडा र खरो देखिने बोली र सम्झौता गर्न हरबखत तयार व्यक्तित्व उनले यसपालि बनाएको गठबन्धनको विशेषता हो । यद्यपि विगत एक वर्षको उनको पार्टी सञ्चालनको तरिका हेर्दा उनी हठी, एकप्रकारको मुख्यौली ठालुपना मिसिएका विचारले भित्रभित्र निर्देशित भएकोझैँ लाग्छन्, कमसेकम उनको गुटबाहिरका एमाले कमरेडहरूको हकमा । उनको विगत र वर्तमानको व्यवहारमा यो विरोधाभाष भए पनि नेपालमा वामपन्थी या कम्युनिस्टहरूले लोकतान्त्रिक गणतन्त्रका लागि गरेका लामो संघर्षको परिणाम हो कि एउटा विपन्न टुहुरो ‘केटो’ हुर्केर अहिले प्रधानमन्त्री बनेको छ । कुनै बेला म उनका नाम भित्तामा लेखेर रिहाइको माग गर्दै हिँड्थेँ या पर्चा बाँड्थेँ । उनी हाम्रा प्रेरणाका स्रोत थिए । समय बदलियो र गन्तव्य पनि । अहिले एउटै सहरमा भए पनि भेट हुँदैन । इतिहासको सम्मान गर्दै म उनलाई यो सफलताका लागि बधाई दिन चाहन्छु ।
बधाई दिइरहँदा म उनका विचारसँग असहमत रहेको कुरा पनि जोड्न चाहन्छु । खासगरी महाकाली सन्धिका लागि उनले देखाएको ताउरमाउर, पार्टीमा फरक मतकाप्रतिको उनको असहिष्णुता, गणतन्त्र र जनआन्दोलनका सम्बन्धमा उनको नकारात्मक धारणा, पछिल्लो समय महिला, दलित, जनजाति र मधेसीहरूले उठाइरहेका आवाजप्रति उनको भयानक नकारात्मक दृष्टिकोणसँग पटक्कै सहमत हुन सकिन्न । उनी अहिले नेपालको खस अहंकारवादको प्रतिनिधि पात्रका रूपमा चिनिन्छन् । यो अहंकारवाद व्यवहारमा बाहिर देखिएझैँ टकरायो भने त्यो यो देशका लागि ठूलो समस्याका रूपमा देखा पर्ने निश्चित छ । अहिले मधेसमा देखिएको सन्नाटा यत्तिकै सेलाउँदैन भन्ने कुरा मधेस आन्दोलनमा जोडिएको पहिचानको शक्तिशाली भोक र त्यसलाई प्रयोग गर्न प्रवेश गरेका भू–राजनीतिक दाउपेचले पनि देखाइसकेका छन् । मधेस, थरुहट र जनजातिसहितका मागहरूप्रति लचक भएर तिनलाई विश्वासमा लिएर यो सरकारले काम गर्न सकेन भने ओलीको अहिलेको सफलता क्षणिक आनन्द मात्र बन्नेछ । उनलाई पक्कै ज्ञान छ कि यदि आन्दोलनका कारणका रूपमा मानिसका पीडा छन् भने तिनलाई दमन गरेर पार लाग्दैन । त्यसको एक उदाहरण त जेलभित्रको पिँजडामा बस्दा जोगिएको उनको जीवन नै हो । सम्हाल्न सकिएन भने मधेसमाथि गरिने दमनले नेपालमा जाफ्ना या प्रभाकरण जन्मने खतरा छ भन्ने उनले बुझ्न सके भनेचाहिँ उनी सफल पनि हुन सक्छन् ।
त्योभन्दा महत्त्वपूर्ण अर्को पक्ष छ असहमतिको । उनी नवउदारवादी अर्थनीतिको बाटोमा देखिन्छन् । समग्र एमाले नै नवउदारवादको बाटोमा एकाग्र भएर लागेको छ । निजी विद्यालय, निजी अस्पतालका मालिक, म्यानपावरका सञ्चालक एमालेमा निकै पहुँच राख्छन् । कतिपय त केन्द्रीय नेताहरू नै छन् । यो सरासर मानिसलाई दुई वर्गमा विभाजित गर्ने र हुनेको सेवा गर्ने नवधनाढ्यको बाटो हो । देशमा २०४७ यता राजनीति नेता, गुन्डा, तस्कर, ठूला व्यापारी, उपल्लो तहका कर्मचारी या प्रशासक, न्याय क्षेत्रका दलालहरूसहितको अल्पसंख्यकको साँठगाँठमा क्रोनी पुँजीवाद फस्टाउने हिलोमा विस्तार भएको छ । यो बाटोबाट मोडिने कि यसैलाई निरन्तरता दिने भन्ने प्रश्न नेपाल बनाउने कि बिग्रन दिने भन्ने प्रश्नसँग गाँसिन्छ । उनी कुनै समय गरिब थिए, अहिले धनी छन् । तर, सेवाचाहिँ गरिबको गर्ने कि धनीको भन्ने निर्णय गर्न स्वतन्त्र छन् । ओलीले अहिलेसम्म यसको उत्तर दिन आवश्यक ठानेका छैनन् । यो नै उनी प्रधानमन्त्री हुँदाको सबैभन्दा ठूलो जोखिम हो ।
मधेसमा गद्दारी
आन्दोलन अराजक बन्नुअगाडि नै यसको समाधान खोज्ने जिम्मेवारी आन्दोलनकारी र सत्ताधारीहरू दुवैको हो । गद्दार खोज्न सजिलो छ, आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन निकै कठिन । २०६९ जेठ २ को सहमति तोडेपछि मधेसले गुमाएको कुरा फेरि प्राप्त हुने सम्भावना निकै कम छ । इतिहासतिर फर्क ।
मधेस आन्दोलन अहिले गद्दारहरूको खोजीमा छ । प्राय: कमजोरका आन्दोलन हिरोबाट सुरु हुन्छन् र गद्दारमा गएर अन्त्य हुन्छन् । कम्युनिस्टहरूमा भने यो महान् रोग डेढ सय वर्षदेखि जारी छ । गद्दार नभई त कोही नेता हुनसमेत सक्दैन । केशरजंगबाट थालिएको यो यात्रा प्रचण्ड र मोहन वैद्यसम्म पनि कायम छ । मधेसले पनि केही समय पहिलेसम्म प्रचण्डले आफ्नो आन्दोलनलाई धोका दिएर गद्दारी गरेको आरोप लगाउने गरेको थियो । पछि भारतले काँध थाप्यो र आन्दोलनको उद्धार गरिदियो । प्रधानमन्त्री निर्वाचन प्रकरणपछि मधेस आन्दोलनका सबै नेतासहित भारतले गद्दारी गरेको कुरा उठिरहेको छ । मधेसवादी दललाई प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न लगाएर भारतले आन्दोलन असरल्ल बनाइदियो । धोका भारतले पनि र यताका नेताले पनि दिए । तर, तिनलाई विश्वास गर्नु आफैँमा एउटा धोका थियो । निश्चित छ, अहिलेको यादव, ठाकुर र महतोहरूको नेतृत्व अब मधेसबाट विस्थापित हुनेछ । अलग मधेसको कुरा नउठाउने हो भने सिके राउतले त्यो स्थान लिन सक्छन् । अहिले आन्दोलनमा लागेको युवापंक्तिबाट अहिलेको नेतृत्व विस्थापित हुने कुरामा कुनै शंका छैन । यति हुँदाहुँदै पनि भन्नैपर्ने कुरा के छ भने मधेस आन्दोलनकारीले आन्दोलनलाई सधँै २०६३ को आँखाले हेरेर हुँदैन । आन्दोलनको नारा र समयबीच तालमेल मिल्नु जरुरी छ । अहिले आन्दोलनले उठाएका जनसंख्याको अनुपातमा प्रतिनिधित्व र समावेशिताका कुरासहित सीमांकनका विषय जायज छन्, तर त्यसको प्राप्तिका लागि जे–जस्ता राजनीतिक सहकार्य गरिएका छन्, जे–जस्ता हस्तक्षेप निम्त्याइएका छन् तिनले माग पूरा गर्नेभन्दा आन्दोलनलाई बराल्ने तथा अन्तिममा एउटा हिस्सालाई वैधानिक आन्दोलनको सीमाबाहिर धकेल्ने सम्भावना रहन्छ । अहिले त्यही भइरहेको छ । यो सम्हालिएन भने पहिचानजन्य मागहरू बिल्कुल जायज हुँदाहुँदै पनि आन्दोलनले भयानक दुखान्ततिर धकेल्न सक्छ । यसले मध्यमार्गी बाटो खोजेको छ । आन्दोलन अराजक बन्नुअगाडि नै यसको समाधान खोज्ने जिम्मेवारी आन्दोलनकारी र सत्ताधारीहरू दुवैको हो । गद्दार खोज्न सजिलो छ, आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन निकै कठिन । २०६९ जेठ २ को सहमति तोडेपछि मधेसले गुमाएको कुरा फेरि प्राप्त हुने सम्भावना निकै कम छ । इतिहासतिर फर्क ।
मसालको पुनर्गठनमा बाबुराम
बाबुरामले बनाउने भनेको नयाँ शक्ति के–कस्तो अनुहार लिएर आउने हो ? त्यो त बनेपछि नै थाहा होला, तर अहिले एउटा प्रसंगले मलाई उनको नयाँ शक्तिबारेको अवधारणा त्यति बलशाली या परिपक्व भएको छैन जस्तो लाग्छ ।
‘जुनसुकै कारणले होस् यदि माओवादी स्खलित भएकाले बाबुरामले नयाँ पार्टी खोल्ने हो भने अर्को माओवादी दल खोल्नुपर्ने हुन्छ । आशा छ, त्यसो होइन ।’ डा. देवेन्द्रराज पाण्डेको यो भनाइ बाबुरामका लागि निकै ठूलो चुनौती हो । उनी पूरै नयाँ बाटो हिँड्न चाहेका हुन् कि नयाँ माओवादी बनाउन लागेका हुन् ? संविधान जारी भएको भोलिपल्टै आफ्नो पार्टीको सदस्यता र सांसद पदबाट राजीनामा दिएर हिँडेका बाबुराम भट्टराई नयाँ शक्ति बनाउने छटपटीमा छन् । एक्लै पार्टी र सांसद छाडेर निस्कनु सामान्य हिम्मत होइन । पुरानै दल नीति या नेतृत्व फेरेर नयाँ बनून् या कसैले नयाँ नै बनाओस् देशलाई नयाँ शक्ति त चाहिने कुरा नै हो । तर, पुराना र एकपटक परीक्षण भएकाहरूले नयाँ शक्ति बनाएको भने अहिलेसम्म त्यति थाहा पाइएको छैन । बाबुरामले बनाउने भनेको नयाँ शक्ति के–कस्तो अनुहार लिएर आउने हो ? त्यो त बनेपछि नै थाहा होला, तर अहिले एउटा प्रसंगले मलाई उनको नयाँ शक्तिबारेको अवधारणा त्यति बलशाली या परिपक्व भएको छैन जस्तो लाग्छ ।
संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुँदै गर्दा एमाओवादीमा रहेका भट्टराईका कार्यकर्ता र सहयोगी एक्कासि सक्रिय भए । उनीहरू सुशील कोइरालालाई जिताउन सकिन्छ कि भनेर लागिपरेका थिए । एमाओवादीका ३० जना नेताले निकालेको वक्तव्यमा एमाओवादी नेता तथा बाबुराम पत्नी हिसिलाको पनि हस्ताक्षर छ जो बाबुरामसँग नयाँ शक्ति बनाउने अभियानमा विभिन्न जिल्लामा पुगेर हालै फर्केकी थिइन् । यसमा बाबुरामको सरोकार छैन भनेर उनको निजी सचिवालयले वक्तव्य निकाले पनि त्यो छली कुरा मात्र हो भन्ने त्यतिवेला पुष्टि भयो, जतिवेला वक्तव्यबाजीको नेतृत्व गर्ने देवेन्द्र पौडेलको आयोजनामा भएको एमाओवादीको भेलामा प्रशिक्षण दिन भट्टराई आफँै पुगे । छाडेको एमाओवादी नेताहरूको प्रशिक्षणमा भट्टराई किन गए ? (यसले भट्टराईको राजनीतिक नैतिकतामाथि पनि प्रश्न उठाइदिएको छ । के आफूले दुत्कारेर छाडेको पार्टीका केन्द्रीय नेताहरूलाई त्यही पार्टीमा छँदाछँदै परिचालन गर्न र प्रशिक्षण दिन सुहाउँछ ?) यसका सम्भावना दुइटा हुन्छन् । पहिलो हो, पार्टीबाट राजीनामा दिए पनि भट्टराई अझै सत्ताको मोलतोलमा छन् र अनुकूल भए फेरि एमाओवादीमा फर्कन्छन् । दोस्रो हो, उनले जे–जति ठूला कुरा गरे पनि उनी अन्त्यमा आफ्नो पुरानो मसालको पुनर्गठनको सीमातिरै फर्केका छन् । उनको पार्टी तिनै मानिसको अनुहारबाट बन्नेछ जो पहिले मसाल या मशालमा थिए, जनयुद्धमा लागेका थिए, भट्टराईको समूहमा रहेर एमाओवादीमा सक्रिय थिए । वक्तव्य दिने ३० जना, माक्र्सवादी अध्ययन केन्द्रका नाममा कार्यक्रम आयोजना गर्ने आयोजक र प्रशिक्षणको आयोजना गर्नेहरूका अनुहारले भन्छ– बाबुरामको नयाँ शक्ति पनि ‘कान्छाबाबुकै’ अनुहारको हुनेछ । प्रशिक्षणका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डलाई रायमाझीपथमा लागेको आरोप लगाएपछि बाबुरामको एमाओवादीप्रतिको आकर्षण नै अहिले पनि मुख्य राजनीतिक अभीष्ट हो भन्ने संकेत गर्छ । संस्कृतिका दृष्टिले पनि यस्तो आरोप–प्रत्यारोप हुनु ‘मोहनविक्रम संस्कृति’ नै हो । यस्तो लाग्छ, डा. भट्टराई यति अधीर भएर मसाल पुनर्गठनमा लाग्नभन्दा एमाओवादीमा बसेका भए उनको समूहका नेता–कार्यकर्ताको संरक्षण हुन्थ्यो । कुनै वेला आशा गरिएका नेताको यो स्तरको हताशा र ताउरमाउर कसैका लागि पनि रुचिकर नहुँदो रहेछ ।
(नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy