Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मन्त्री छान्न एमालेलाई महाभारत

\"uml\"काठमाडाैं । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको ६ दिनसम्म पनि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– पार्टीमा संस्थागत रूपमा छलफल र निर्णय नगरी प्रधानमन्त्री ओलीले एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरे पनि अरू मन्त्रीबारे सामान्य छलफलसमेत नहुँदा मन्त्रीका आकांक्षीहरूको पार्टी शीर्ष नेताहरूको निवासमा भीड लाग्न थालेको छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा संस्थागत निर्णय नगरी मन्त्री पठाउने र फेर्ने गरेका कारण पार्टीभित्रैबाट आलोचित ओलीलाई यसपटक पहिलो गाँसमै ढुंगा लागेको छ । अनौपचारिक छलफलमा पार्टीका शीर्ष नेताले विरोध गर्दागर्दै अग्नि खरेललाई मन्त्री बनाएका कारण सुरु भएको ओलीको आलोचना उनी प्रधानमन्त्री भएपछि बिहीबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा पनि रोकिएन । उपमहासचिव घनश्याम भुसालले मन्त्री चयन विधिप्रति असहमति प्रकट गर्दै मन्त्री नियुक्तिको निर्णय अनुमोदन नगर्न रिजर्भेसन राखे । उक्त निर्णयको अनुमोदन होइन, मन्त्री हुने साथीहरूलाई धन्यवाद दिने निर्णय गरौँ भन्ने भुसालको भनाइ रहेको बैठकमा सहभागी एक सहभागीले बताए । बैठकमा मन्त्री र मन्त्रालयको बाँडफाँडको विषयमा कुरै उठेन । मन्त्री बनाउनुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा बैठक केन्द्रित भएको थियो । स्रोतका अनुसार एमालेले नौवटा मन्त्रालय पाउनेछ । कानुन, उद्योग र अहिलेलाई विनाविभागीय गरी तीन मन्त्रीको टुंगो लगाइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending