Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

राष्ट्रपति बन्दैछन् ठाकुर, गुरुङ, यादव वा विश्वकर्मा ?

\"Shitalniwas\"काठमाडाैं । कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टीभित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ कांग्रेस सभापति सुशील कोइराला पुनः पार्टी सभापति बन्न चाहेको, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन चाहेको र उपसभापति रामचन्द्र पौडेलले अझै सक्रिय राजनीति गर्न चाहेका छन् । सोही कारण शीर्ष तीन नेताले पार्टीभित्रैबाट अरूलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेका छन् ।   कांग्रेसले अहिलेकै राष्ट्रपति डा. रामवरण यादवलाई पुनस् अगाडि बढाउनेदेखि मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउनेसमेत चर्चा छ । कांग्रेसले सहमति भए जनजातिबाट केबी गुरुङ र दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्नेछ । ‘मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गराउनदेखि तराई–मधेसमा कांग्रेसको जनाधारलाई कायम राख्न कांग्रेसले महन्थ ठाकुरलाई अघि लगाउने विषयले पनि चर्चा पाएको छ,’ कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सभामुखमा कांग्रेसले सघायो भन्दैमा एमाले र एमाओवादीले कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाल्छन् र जिताउँछन् भन्ने छैन ।’   एमालेले राष्ट्रपतिमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसको यो प्रयासले सार्थक रूप पाउन सक्नेमा ती नेता नै विश्वस्त छैनन् । मधेसका सर्वमान्य नेता, पूर्व कांग्रेस नेता भएको र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई भोट हाले पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेतले ठाकुरको नाममा समर्थन गर्न सक्ने कांग्रेस बुझाइ छ ।   तर, मधेसी समुदाय नै बनाउने हो भने कांग्रेसबाटै राष्ट्रपति भएका रामवरण यादवलाई अघि बढाउनुपर्ने, महिला सभामुख पहिलोपटक भएपछि राष्ट्रपति पनि समावेशी बनाउँदै पहिलोपटक दलितबाट मानबहादुर विश्वकर्मालाई अघि बढाउनुपर्ने र जनजातिबाट केबी गुरुङलाई बनाउनुपर्नेमा पनि छलफल भइरहेको ती नेताले बताए । ‘कांग्रेसले अघि सारेको उम्मेदवारमा एमाले र एमाओवादीले सहयोग गर्छन् भन्ने कांग्रेसको विश्वास हो, तर दुवै पार्टीले राष्ट्रपति सजिलै देलान् जस्तो लाग्दैन । आफ्नै पार्टीबाट जोडबल नगरी अरू पार्टीका उम्मेदवारलाई कसरी अघि बढाउने भन्नेमा पनि पार्टीभित्र बहस छ,’ ती नेताले भने ।   कांग्रेसले तमलोपा अध्यक्ष ठाकुरलाई अघि सार्दा मात्रै पनि नाकाबन्दी हट्ने, तराईमा आन्दोलन रोकिने ग्यारेन्टी नभएको कांग्रेसकै अर्का एक नेता बताउँछन् । ‘प्रधानमन्त्रीका लागि संसद्मा भोट हाल्ने, तर मधेस आन्दोलन जारी राख्ने, राष्ट्रपतिमा पनि भोट हाल्ने र फेरि नाकाबन्दी गर्न जाने हो भने कांग्रेसले किन मधेसीकै उम्मेदवार खोज्ने भन्ने पनि कुरा उठेको छ । दलित र जनजाति उम्मेदवार किन नउठाउने भन्ने पनि बहस छ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending