Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

रुट बदलेर यसरी ल्याईंदैछ इन्धन

\"oil\"काठमाडौं । भारतको रक्सौल नाकामा पछिल्लो २४ दिनदेखि रोकिएका इन्धनका ट्यांकरहरू अन्य नाकाबाट नेपाल भित्राउन नेपाल आयल निगमसँग इन्डियन आयल निगम (आईओसी) ले सहमति जनाएको छ ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ इन्धन आपूर्तिमा आएको समस्याबारे माथिल्लो स्तरमा आवश्यक पहल गर्न पुगेका निगमका कार्यकारी निर्देशक गोपाल खड्का र आईओसीबीच यस्तो सहमति भएको हो । पारवहन सम्झौताअनुसार पछिल्लो समयमा नेपालमा भारतबाट इन्धन आपूर्तिमा आएको व्यवधानबारे आवश्यक पहल गर्न निगमका कार्यकारी निर्देशक खड्का शनिबार र निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरे दुई दिनअघि नयाँदिल्ली गएका हुन् । कार्यकारी निर्देशक खड्काले शनिबार टेलिफोनमार्फत भने, ‘इन्धनको आपूर्ति, लोडिङको अवस्था र परिमाण बढाउने विषयमा आवश्यक छलफल गर्न शनिबार नयाँदिल्ली आइपुगेको छु । आईओसीले रक्सौल नाकामा लोड भएर बसेका सम्पूर्ण ट्यांकर र ग्यासका बुलेट अन्य सुरक्षित नाकाबाट नेपाल पठाउने विषयमा सहमति दिएको छ ।’ उनका अनुसार कुनकुन नाकाबाट बढी परिमाणमा इन्धन लोडिङ गरेर सुरक्षित रूपमा नेपाल पठाउन सकिन्छ भन्ने विषयमा आईओसीसँग छलफल भएको छ । खड्काका अनुसार भारतमा आइतबार सार्वजनिक बिदा भएकाले सोमबार आईओसीका अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता गरेर समस्याको समाधान निकालिनेछ । यसअघि पुगेका निगमका निमित्त निर्देशक घिमिरेले वार्ताको सकारात्मक पहल गरेपछि खड्का दिल्ली पुगेका हुन् । खड्का र घिमिरेको आईओसीको कोलकाता क्षेत्र हेर्ने कमर्सियल तथा मार्केटिङ महाप्रबन्धक एसएस बोससँग नियमित वार्ता भइरहेको निगमले जनाएको छ । खड्काले भने, ‘आईओसीको अपरेसन म्यानेजर स्तरमा दुई दिनदेखि सकारात्मक वार्ता भइरहेको छ । बोस नेपाल हेर्ने आईओसीसम्बद्ध अधिकारी हुन् । उनीसँग शनिबार पनि वार्ता भएको थियो । उनले रक्सौलमा रोकिएका इन्धनका ट्यांकर अर्को बाटो (रुट) गरेर पठाउने सहमति दिएका छन् । आवश्यक व्यवस्थापन गर्न रक्सौलमा पनि निगमका कर्मचारी पठाइसकिएको उनले खड्काले जानकारी दिए । रक्सौल नाकामा मात्रै तीन सयभन्दा बढी संख्यामा लोड भएको बुलेट रोकिएको अवस्थामा छन् । ती बुलेटबाट झन्डै चार लाख सिलिन्डर भर्न मिल्छ । रक्सौल नाकामा रोकिएका ट्यांकर र ग्यासका बुलेट अर्को नाकाबाट नेपाल ल्याउँदा लाग्ने थप ढुवानी खर्च भने एनओसीले नै व्यहोर्नुपर्नेछ । खड्काले नयाँदिल्ली पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको टोलीसँग इन्धन आपूर्तिका विषयमा भारतका उच्च अधिकारीसँग पनि थप वार्ता हुने जानकारी दिए । ‘म छुट्टै आएको छु’, खड्काले भने, ‘मन्त्री र सहसचिवको अर्को टोली पनि आएको छ । इन्धन आपूर्तिका विषयमा मन्त्री स्तरमा थप वार्ता हुने तय भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE