Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सानालाई समेट्दा मन्त्रिपरिषद 'जम्बो'

\"Ktm-minister-otha\"काठमाडौं । केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद \'जम्बो\' बन्ने देखिएको छ । एक–दुई सिट मात्र रहेका साना दलहरूलाई समेत समेट्न खोज्दा मन्त्रिपरिषद जम्बो बन्न लागेको हो । अाजकाे नागरिक दैनिकमा खबर छ– मन्त्रिपरिषदमा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै पनि मन्त्रीहरूको अन्तिम नामावली टुंगो लगाइसकेको छैन । \'एमालेबाट मन्त्री हुनेहरूको सूची अझै बनिसकेको छैन,\' एक एमाले नेताले भने, \'त्यसमा सत्ता साझेदार अन्य साना दलहरूका बारेमा छलफल नै सुरु भएको छैन । मन्त्रालयको टुंगोसमेत लागेको छैन ।\' आइतबार नौ मन्त्रीले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद १८ सदस्यीय बनिसकेको छ । एमालेका तर्फबाट अझै ६ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । त्यसैगरी नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाले कम्तीमा एक–एक मन्त्रालय पाउनेछन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले थप दुई र राप्रपा नेपालले एक मन्त्री पठाउनेछन् । २६ मध्ये ९ मन्त्रालय प्राप्त गरेको एमालेले तीन जनालाई मात्रै मन्त्री बनाएको छ । तीमध्ये अग्नि खरेलले कानुन र सोमप्रसाद पाण्डेले उद्योग मन्त्रालयको जिम्मेवारी लिएका छन् सत्यनारायण मण्डललाई बिनाविभागीय मन्त्री बनाइएको छ । \'आवश्यकताअनुसार मन्त्रालयमा राज्यमन्त्रीहरू पनि हुनेछन्,\' एक एमाले नेताले नागरिकसँग भने, \'अहिले भइरहेको छलफलअनुसार कम्तीमा ३५ सदस्यीय मन्त्रिपरिषद बन्ने देखिन्छ ।\' उपप्रधानमन्त्रीकै संख्या ५ हुने देखिएको छ । आइतबारसम्म तीन उपप्रधानमन्त्री भइसकेका छन् भने अब हुने मन्त्रिपरिषद विस्तारमा दुई जना थप्ने तयारी छ । मन्त्रिपरिषदमा ओलीपछि दोस्रो वरीयतामा रहने गरी एमालेबाट र नेकपा मालेका महासचिव सिपी मैनाली उपप्रधानमन्त्री हुने लगभग निश्चित भएको नेताहरू बताउँछन् । प्रधानमन्त्री ओलीसँगै राजनीति सुरु गरेका माले महासचिव मैनालीले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् । यसअघि नै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपप्रधान तथा परराष्ट्र मन्त्री छन् । आइतबार मात्रै एकीकृत नेकपा माओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । संक्रमणकालीन व्यवस्था बाहेकको अवस्थामा संविधानमा बढीमा २५ सदस्यीय समावेशी मन्त्रिपरिषद हुने व्यवस्था छ । कानुनविद विपिन अधिकारी संविधानको आशय सानो मन्त्रिपरिषद भएको बताउँछन् । \'मूल्य र मान्यता सुरुबाटै स्थापित गर्दै लैजाने हो । संक्रमणकालीन जटिलता भनेर खुकुलो बनाउनुपर्ने अवस्था होइन । हामी संविधान कार्यान्वयन चरणमा छौं,\' अधिकारीले नागरिकसँग भने, \'बिहानीले दिन कस्तो हुन्छ भनेर देखाउँछ । त्यसैले अहिले खुकुलो बनाउने हो भने भविष्यमा धेरै विकृति निम्तिनेछ ।\' सरकारले मन्त्रिपरिषद विस्तार संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार नै हुने बताएको छ । \'संविधानमै किन संक्रमणकालीन व्यवस्था गरियो त्यो विचार गर्नुपर्ने हुन्छ । संक्रमणकालीन जटिलतालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो,\' कानुनमन्त्री तथा सरकारका प्रवक्ता अग्नि खरेलले नागरिकसँग भने, \'प्रधानमन्त्रीको चाहना ठूलो मन्त्रिपरिषद बनाउने छैन । संक्रमणकालीन जटिलताले यस्तो अवस्था उत्पन्न गराएको हो ।\' ठूलो मन्त्रिपरिषद समस्याको जड लीलामणि पौडेल, पूर्व मुख्यसचिव अहिले सबैभन्दा ठूलो समस्या कार्यालय उपलब्धताको हुनेछ । भूकम्पपछि सिंहदरबारको मुख्य भवन भत्केको छ । दुई÷तीनवटा मन्त्रालयलाई एउटै भवनमा राखिएको छ । धेरै मन्त्री हुँदा ठाउँ नै उपलब्ध गराउन समस्या हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending