Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेपालसामु आयरल्याण्ड्पनि कमजोर, नेपालको ८ विकेटको सानदार जित

काठमाडौं । मलेशियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपाल समुह विजेता वनेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वलियो मानिएको आयरल्याण्ड्माथी ८ विकेट सानदार जित निकाल्दै, नेपाल समुह विजेता बनेको हो । क्वालालाम्पुरको किन्रारा ओभल मैदानमा भएको खेलमा आयरल्याण्ड्ले दिएको १ सय ८५ रनको लक्ष्य नेपालले ४३ बल वाकि रहँदै २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्ड्संगको खेलमा नेपालको व्याटिङ विष्फोटक बन्यो । ओपनरद्धय सुनिल धमला र सन्दिप सुनवार आयरल्याण्ड्का बलरमाथी हावि भए । पहिलो विकेटका लागि सुनिल र सन्दिपले १ सय ७० रनको बलियो साझेदारी गरेका थिए । सन्दिपले १ छक्का र ७ चौकाको मद्धतमा ८५ रन तथा सुनिलले ३ छक्का र ३ चौकाको मद्धतमा ७५ रनको योगदान दिए । त्यस्तै कप्तान राजु रिजालले १६ तथा योगेद्र सिहं काक्रीले ४ रन जोडे । टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्ड्ले ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । आयरल्याण्ड्को सुरुवाति फितलो देखिएपनि मध्यक्रमका व्याट्सिम्यानले इनिङ उकासेका थिए । ८४ रन बनाउँदा ५ विकेट गुमाइ सकेको थियो । त्यसपछि थप २ विकेट गुमाएर १ सय रन थपेको हो । नेपालका लागि १० ओभर बलिङ गरेका प्रेम तामाङले ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ललित राजवशींले २ र सुसिल कंडेलले १ विकेट हात पारे । आजको जितसँगै नेपालले समुहका सवै खेलमा जित निकाल्न सफल भएको छ । उता आयरल्याण्ड् आजको खेलमा पराजय व्यहोरेपनि यसअघिका समुहका तिन खेल जितेर फाइनल चरणमा प्रवेश गरिसकेको छ । अब फाइनलमा भोली नेपाल र आयरल्याण्ड् नै आमने सामने हुदैछन । भोलीको खेल आफ्नो पक्षमा पार्ने टिमले आगामी वर्षको जनवरीमा बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपको यात्रा तय गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending