Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

आपूर्ति मन्त्री र चिनियाँ राजदुतविच पेट्रोलियम पदार्थ ल्याउन छलफल

\"ganeshman_chin\"काठमाडौं । नवनियूक्ति आपूर्ति मन्त्री एवं एमाअ‍ोवादी नेता गणेशमान पूनले चिनबाट पेट्रोलियम पदार्थ ल्याउनका लागि औपचारिक रुपमा पहल थालेका छन् । शुक्रबार पूनले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइसँग भेट गरी सरकारका तर्फबाट औपचारिक रुपमा चिनलाई पेट्रोलियम पदार्थ खरिद गर्ने प्रस्ताव राखेका हुन् । एमाओवादी नेता तथा अन्तराष्ट्रिय विभागका संयोजक नारायणकाजी श्र्रेष्ठ र चिनका लागि नेपाली राजदूत महेश मास्केसहितको टोलीले राजदूत वु सँग छलफल गरेको थियो । सत्ता साझेदार दल एमाओवादीको अगुवाईमा पछिल्लोपटक चिनसँग पेट्रोलियम पदार्थ लगायतका अतिआवश्यक समाग्री ल्याउने बारेमा घनिभूत छलफल भईरहेको छ । स्रोतका अनुसार चिनियाँ उच्च अधिकारीहरुसँग चिन भ्रमणको क्रममा श्र्रेष्ठलेसमेत यसबारेमा छलफल गरेका थिए । यसैगरी परराष्ट्र मन्त्रालयले चिनियाँ सरकारलाई सरकारका तर्फबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने व्यावस्थाका लागि पत्रचार गरेको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहमा परराष्ट्र मन्त्रालयले चीनको सरकारी स्वामित्वमा रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशन ‘सिएनओओसी’ मार्फत नेपालमा इन्धन आपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसहितको पत्र लेखेको हो । पत्रमा ‘नेपाल गम्भीर प्रकारको संकटमा रहेका बेला असल छिमेकीका नाताले नेपालका लागि आवश्यक पर्ने परिमाणमा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास उपलब्ध गराइदिन नेपाल सरकार आग्रह गर्दछ’ भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE