Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दसैँमा बाघ कुरेरै रात बिताउनुपर्ने भूकम्पपीडितको बाध्यता

सिन्धुपाल्चोक । राहतमा पाएको जस्ताले बनाएको साना टहरामा दुःख सुखले यस वर्षको दसैँ मनाउन बाध्य भएका छन् – भूकम्पबाट सबैभन्दा बढी पीडित यहाँका ८० हजार घरपरिवार । गत वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका परकम्पले जिल्लाका प्रायः सबै घर क्षति पु¥याएको थियो । अस्थायी टहरा बनाएर गुजारा गर्दै आएकाहरु वर्षा लगत्तै महान् चाड विजयादशमी आएकाले टहरामै जे जस्तो अवस्थामा छ त्यसरी नै  दसैँ मनाउनुपरेको पीडितको गुनासो छ । अठसट्ठी गाविस तथा  मेलम्ची र चौतारा गरी दुईवटा नगरपालिका रहेको सिन्धुपाल्चोकमा भूकम्पले ८० हजार घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पूर्णरुपमा घर भत्किएका ८० हजार परिवारलाई प्रारम्भिक राहतस्वरुप  रु १५ हजार बाँडिसकेका छौँ, केहीको निवेदनमाथि थप छानबिन भइरहेको छ’ – प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने । भूकम्पपछिको पहिलो वर्षको दसैँमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा थप पीडा भोग्नुपरेको दुर्गम गाउँवासीको दुःखेसो छ । भूकम्पको क्षति, पूर्वाधार बिनाको नगरपालिकामा बसेर संविधान घोषणा भएको महिनादिनमा मनाइएको दसैँ इन्धन अभावले आफन्तकहाँ जानै नसकिने समस्याबाट गुज्रनुपरेको मेलम्ची क्षेत्रका स्थानीयवासीले गुनासो पोखे  । काठमाडौँ नजिकैको यो आकर्षक गन्तव्यमा भूकम्पले पु¥याएको क्षतिका कारण  आफन्त गुमेका घरपरिवारमा  दसैँ मनाइएन । सय वर्षको अन्तरालमा आउने गरेको ठूलो भूकम्प वैशाख १२ गतेको ह्याङ अझै रहेकाले दसैँ खल्लो भएको नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरी बताउछन् । भूकम्पले मरेका आठ हजार ९०० मध्ये यस जिल्लामा मात्र तीन हजार ५६२ को ज्यान लिएको थियो । १५ हजार ७३ जना घाइते भएकामा गम्भीर घाइते अझै उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले घर नभएपछि यो वर्ष अधिकांश जिल्लावासीकहाँ रात बस्ने गरी टीका थाप्ने पाहुना आएनन् । आवासको पीडा बुझेका पाहुना टीका लगाएर फर्किएका थिए । सबैको समस्या उस्तै भएकाले पाहुनालाई रात बस्नेगरी जाँदा अप्ठ्यारो हुन्छ भन्ने मर्म बुझेर दसैँमा रात बस्ने पाहुना नआएको अनुभव चौताराका कमलचरण श्रेष्ठको छ । जिल्लाको मध्यपश्चिमी भेगस्थित नवलपुर गाविसमा भूकम्पले घर र गोठ भत्किएका स्थानीयवासीलाई बाघले दुःख दिएको गुनासो गरेका छन् । ‘दसैँको मुखमा टहरा बनाएर पालेको कुखुराको खोरमा बाघ आएपछि गोठालो लागेरै महान् चाड मनाउनुपर्ने अवस्था आएको छ‘ – स्थानीयवासी पुष्पराज खनालले भने । बाघको आक्रमणबाट भूकम्पले गोठ भत्किई टहरामा बाँधिराखेको गाईभैँसी र बाख्रा खान खोजेकाले गाउँवासी बाघ कुरेरै रात बिताउनुपर्ने बाध्यताबाट समेत पीडित हुनुपरेकाले यो वर्षको दसैँ थप खल्लो भएको स्थानीयवासीको गुनासो छ । बाघले केही गोठमा पसेर गाईका बाच्छा र बाख्रा खाएकाले भूकम्पको घाउमा खाटा बस्न नपाउँदै अरु पीडा सहनुपरेको यो भेगका गाउँलेले सुनाए । भूकम्पले थलिएका जिल्लावासी इन्धन अभावपछि सिर्जना भएको बजारमा सामान नपाउने र पाए पनि धान्न नसकिने भाउबाट पनि पीडित हुन बाध्य हुनुप¥यो । इन्धन अभावले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा जाने यात्रुलाई पनि यातायात पाउन समस्या भएको थियो । यात्रु छतमा र भित्र पनि कोचिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको दृश्य देखिन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending