Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

दसैँमा बाघ कुरेरै रात बिताउनुपर्ने भूकम्पपीडितको बाध्यता

सिन्धुपाल्चोक । राहतमा पाएको जस्ताले बनाएको साना टहरामा दुःख सुखले यस वर्षको दसैँ मनाउन बाध्य भएका छन् – भूकम्पबाट सबैभन्दा बढी पीडित यहाँका ८० हजार घरपरिवार । गत वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका परकम्पले जिल्लाका प्रायः सबै घर क्षति पु¥याएको थियो । अस्थायी टहरा बनाएर गुजारा गर्दै आएकाहरु वर्षा लगत्तै महान् चाड विजयादशमी आएकाले टहरामै जे जस्तो अवस्थामा छ त्यसरी नै  दसैँ मनाउनुपरेको पीडितको गुनासो छ । अठसट्ठी गाविस तथा  मेलम्ची र चौतारा गरी दुईवटा नगरपालिका रहेको सिन्धुपाल्चोकमा भूकम्पले ८० हजार घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पूर्णरुपमा घर भत्किएका ८० हजार परिवारलाई प्रारम्भिक राहतस्वरुप  रु १५ हजार बाँडिसकेका छौँ, केहीको निवेदनमाथि थप छानबिन भइरहेको छ’ – प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने । भूकम्पपछिको पहिलो वर्षको दसैँमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा थप पीडा भोग्नुपरेको दुर्गम गाउँवासीको दुःखेसो छ । भूकम्पको क्षति, पूर्वाधार बिनाको नगरपालिकामा बसेर संविधान घोषणा भएको महिनादिनमा मनाइएको दसैँ इन्धन अभावले आफन्तकहाँ जानै नसकिने समस्याबाट गुज्रनुपरेको मेलम्ची क्षेत्रका स्थानीयवासीले गुनासो पोखे  । काठमाडौँ नजिकैको यो आकर्षक गन्तव्यमा भूकम्पले पु¥याएको क्षतिका कारण  आफन्त गुमेका घरपरिवारमा  दसैँ मनाइएन । सय वर्षको अन्तरालमा आउने गरेको ठूलो भूकम्प वैशाख १२ गतेको ह्याङ अझै रहेकाले दसैँ खल्लो भएको नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरी बताउछन् । भूकम्पले मरेका आठ हजार ९०० मध्ये यस जिल्लामा मात्र तीन हजार ५६२ को ज्यान लिएको थियो । १५ हजार ७३ जना घाइते भएकामा गम्भीर घाइते अझै उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले घर नभएपछि यो वर्ष अधिकांश जिल्लावासीकहाँ रात बस्ने गरी टीका थाप्ने पाहुना आएनन् । आवासको पीडा बुझेका पाहुना टीका लगाएर फर्किएका थिए । सबैको समस्या उस्तै भएकाले पाहुनालाई रात बस्नेगरी जाँदा अप्ठ्यारो हुन्छ भन्ने मर्म बुझेर दसैँमा रात बस्ने पाहुना नआएको अनुभव चौताराका कमलचरण श्रेष्ठको छ । जिल्लाको मध्यपश्चिमी भेगस्थित नवलपुर गाविसमा भूकम्पले घर र गोठ भत्किएका स्थानीयवासीलाई बाघले दुःख दिएको गुनासो गरेका छन् । ‘दसैँको मुखमा टहरा बनाएर पालेको कुखुराको खोरमा बाघ आएपछि गोठालो लागेरै महान् चाड मनाउनुपर्ने अवस्था आएको छ‘ – स्थानीयवासी पुष्पराज खनालले भने । बाघको आक्रमणबाट भूकम्पले गोठ भत्किई टहरामा बाँधिराखेको गाईभैँसी र बाख्रा खान खोजेकाले गाउँवासी बाघ कुरेरै रात बिताउनुपर्ने बाध्यताबाट समेत पीडित हुनुपरेकाले यो वर्षको दसैँ थप खल्लो भएको स्थानीयवासीको गुनासो छ । बाघले केही गोठमा पसेर गाईका बाच्छा र बाख्रा खाएकाले भूकम्पको घाउमा खाटा बस्न नपाउँदै अरु पीडा सहनुपरेको यो भेगका गाउँलेले सुनाए । भूकम्पले थलिएका जिल्लावासी इन्धन अभावपछि सिर्जना भएको बजारमा सामान नपाउने र पाए पनि धान्न नसकिने भाउबाट पनि पीडित हुन बाध्य हुनुप¥यो । इन्धन अभावले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा जाने यात्रुलाई पनि यातायात पाउन समस्या भएको थियो । यात्रु छतमा र भित्र पनि कोचिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको दृश्य देखिन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE