Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

जहाँ पैसा तिरेर मात्र बैठकमा भाग लिन पाइन्छ

अत्तरिया, विभिन्न सरकारी तथा गैर सरकारी गोष्ठी तथा बैठकमा भाग लिँदा बैठकमा भाग लिए बापत भत्ता पाइने गरेको सुनिएकै हो । तर कैलाली जिल्लाको मालाखेतीमा भने बैठकमा भाग लिए बापत सहभागी हरेक सदस्यले दश रूपैया बुझाउनु पर्छ । यस्तो प्रचलन कुनै गैरसरकारी संस्था वा कुनै निकायले शुरू गरेको नभै अत्तरिया नगरपालिका अन्तर्गत मालाखेतीमा स्थापित नागरिक सचेतना केन्द्रका महिलाहरूले यस्तो प्रचलन शुरू गरेका हुन् । सो नगारिक सचेतना केन्द्रकी कलावती चौधरीका अनुसार नागरिक सचेतना केन्द्रमा आबद्ध हरेक महिला सदस्यबाट बैठकमा  हरेक पटक दश रूपैया कोषमा जम्मा गर्नुपर्छ । यस्तो बैठक साताको एक पटक बस्ने गर्दछ । ‘१०/१० रूपैयाँ उठाउँछौँ । भोलि हामीलाई नै समस्या पर्दा त्यो पैसा हामी नै चलाउँछौँ ।’ यसरी संकलन भएको रकम नागरिक सचेतना केन्द्र घुम्ती कोषमा राखिने गरिएको जानकारी दिदै उनले भनिन् –‘किनभने हामीलाई कुनै आर्थिक समस्या पर्दा हामीहरू त्यहि समूहबाट पैसा झिकेर १ रूपैयाँ व्याज तिरेर चलाउने गरेका छौ ।’ नागरिक सचेतना केन्द्रमा २५ जना सदस्य छन् । मुक्त कमैयाको बस्तीमा स्थापित नागरिक सचेतना केन्द स्थानीय निकायको अभिन्न अंग हो । सरकारले रूपान्तरणीय सामाजिक परिचालन लागू गरेपछि बिपन्न समूदाय बसोबास गर्ने बस्तीमा नागरिक सचेतना केन्द्रमार्फत महिलाको सशक्तिकरण गर्ने नीति अगाडि ल्याएको छ । मालाखेतीको नागरिक सचेतना केन्द्र सञ्चालन गर्न सरकारले एक जना सामाजिक परिचालक पनि खटाएको छ । सो केन्द्रका सामाजिक परिचालक टीकाराम पालि भन्छन् –‘यहाँ आएका महिलाहरू आफैले निर्णय गरेर यो नियम बनाएका हुन् । हामी सहजीकरण मात्र गर्छौ । सबै सञ्चालन उनीहरू आफै गर्छन् ।’ नागरिक सचेतना केन्द्रमा बैठक गर्दा पाइने खाजा खर्च पनि उनीहरूले कोषमा दाखेल गर्ने गरेका छन् ।  केन्द्रकी अध्यक्ष कलावती चौधरीले नास्ताको लागि आएको साढे १२ रूपैयाँ पनि कोषमा जम्मा गर्ने गरेको जानकारी दिईन । उनले भनिन् –‘ऋण दिने, ऋण उठाउने, बचत गर्ने, कसैले अब किस्ता तिर्छन् कसैले ब्याज बुझाउँछन् ।’ तत्कालीन मालाखेती गाविस अन्तर्गत पर्ने यो  सचेतना केन्द्र अहिले अत्तरिया नगरपालिकामा परिणत भएको छ । नागरिक सचेतना केन्द्रका लागि महिलाहरू नै मिलेर केन्द्रको भवन पनि बनाएका छन् । भवन बनाउन जिल्ला विकास समिति कैलालीले सहयोग गरेको केन्द्रकी कोषाध्यक्ष सिता चौधरीको भनाइ छ । ‘अहिले सजिलो भएको छ । हामी पहिले त पिपलको बोटनिर बसेर बैठक गथ्र्यौँ तर आजकल हामीले संस्थाको आफ्नै भवनमा बसेर छलफल गर्दा पानी आएको बेलामा सुविधा हुन्छ । हामी भवनमा बसेर छलफल गर्छौँ ।’ नागरिक सचेतना केन्द्रमा शुरू भएको बचतलाई केन्द्रका सदस्यहरूले आर्थिक उपार्जनका साधन बनाएका छन् । नागरिक सचेतना केन्द्रबाट ऋण लिएकी जगनीदेवी चौधरी केन्द्रको ऋणले आफनो जीवन फेरिएको बताउँछिन् । ‘मैले ३० हजार निकाले । अरूले २०÷२० हजार र १० हजार निकाले । अरू दिदीबहिनीले बंगुर पाल्नु भएको छ तर मैले चाहिं पसल थापे । यो पसल पनि जारी छ, ऋण पनि तिरी सके ।’ जगनीदेबीले मीरेष्ट नेपाल समायोजन लेखमालालाई भनिन् –‘मेरो श्रीमानले ३० हजारले पसल सुरू हुन्छ भनेर शुरूमा पत्याउनु भएन । कसरी ऋण् तिर्ने भनेर चिन्ता पनि गर्नुभयो । तर ऋण लिएर पसल शुरू गरे पछि छ महिनामा नै चुक्ता गरेँ । पसल पनि चलि रहेको छ ।’ त्यस्तै केन्द्रकै बचतबाट सापटी लिएर  बंगुर पालेकी सोमति चौधरी पनि त्यसैलाई नै आपनो व्यबसाय बनाउने टुङ्गोमा पुगेकी छिन् ।  ‘मैले २० हजार लिएर २ वटा बंगुर पालेको छु । अब ४ महिनापछि बच्चा पाउँछ  ।  अर्को बंगूरमा पनि बाली लाग्यो ।’ पहिला मान्छेको घरमा बसेर काम गर्नु भन्दा र्दई चार वटा बंगूर पालेमा जीवन सहज हुने उनको अनुभव थियो । भरखरै मात्र नगरपालिकामा अनुवाद भएको अत्तरियाका महिलामा रूपान्तरण हुने उत्कट इच्छा र बिचारको सेरोफेरोमा यो कार्यक्रमको विस्तार र बिकासका लागि निरन्तरता आवश्यक छ । नागरिक सचेतना केन्द्रको विभिन्न गतिविधिलाई प्रत्यक्ष रूपमा सघाउँदै आउनु भएका अत्तरिया नगरपालिकाका सामाजिक परिचालक टिकाराम पाली नागरिक सचेतना केन्द्रको बारे भन्छन् –‘नागरिक सचेतना कार्यक्रम कोरा भाषण भन्दा पनि आयआर्जनसँग जोडिन आवश्यक भएकाले जीविकोपार्जन सुधार कार्यक्रम शुरू भएको हो ।   जिविसले १ लाख रूपैयाँ जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत अनुदान दिएको छ ।’ नेपाल सरकारको स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम लागू भएपछि अति बिपन्न समुदाय बसोबास गर्ने वडामा नागरिक सचेतना केन्द्र  बनाइने प्रावधान छ । मालाखेतीको मुक्त कमैयाबस्तीमा स्थापना भएको सो सचेतना केन्द्रमा २५ जना अति बिपन्न महिलाहरू संगठित भएका छन् ।  यसबोहक यस बस्तिमा बाल बिबाह, पारिवारिक महिला हिंसा लगायतका समस्याको पाटो भने सधै प्रश्न कै रुपमा रहने गरेको छ । (मीरेष्ट नेपाल समायोजन लेखमाला)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies