Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

पढाइ छोडेर बिहे गर्दै स्कुले बालिका

\"Mother-at-Jajarkot\"जाजरकोट । जाजरकोट भुर ७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् तर उनी गर्भवती छिन् । भर्खर नौ दशमा पढ्ने उमेरकी गीता केहि महिनामै आमा वन्दै छिन् । ८ कक्षामा पढ्दा पढ्दै १३ वर्षकै उमेरमा विहे गरेकी गीताले पढाइ छोडिसकेकी छिन् । विहे भएपछि पनि पढौंला भन्ने लागेको थियो तर अहिले घरको काम धन्दाले पढ्नै पाइएन, विहेका कारण पढ्न नपाउको दुखेसो पोख्दै गीताले भनिन् । आजको राजधानी दैनिकमा खबर छ–एउटै कक्षामा पढ्ने गणेश परियारसंग गत वर्षको माघ महिनामा प्रेम विवहा गरेकी गीताले प्रेम र विवाहले गर्दा पढाइ छोड्नु परेको वताइन् । पहिले पढाइ भन्दा ठुलो माया र विहे लाग्यो, अहिले पढ्न मन लागे पनि पढ्न सकिएन,गीताको पछुतो । ७ कक्षा देखि नै प्रेममा फसेकी गिता ८ कक्षामै विहे गर्न पुगेपछि पढाइ छोड्न वाध्य भएकी हुन् । गीता जस्तै भुर ८ आलीकी पार्वती वुढाले पनि दुइ वर्ष अघि ९ मा पढ्दा पढ्दै विहे गरिन् ।अहिले १ वर्षको वच्चाको आमा वनिसकेकी पार्वतीले पनि विहे पछि पढाइ छोडिसकेकी छिन् । संगै पढ्ने डीलवहादुर बुढासंग बिहे गरेकी पार्वती घरको काम धन्दा र छोराको स्याहार सम्भारका कारण स्कुलको पढाइ छोड्न वाध्य छिन्। घरमै खेतीपाती गरेर गुजारा चलाइरहेका पार्वती दम्पतीलाइ भोलिको दिन कस्तो हुने हो केहि थाहा नभएको बताए । राष्टिय जनगणना अनुसार जिल्लामा १० वर्ष मुनि विवाह गर्ने बालकको संख्या ३४ तथा बालिकाको संख्या एक सय ३१ रहेको छ । यसैगरी १० देखि १४ वर्षको उमेरसम्ममा बिहे गर्ने वालकको संख्या ९ सय ८३ र वालिकाको संख्या चार हजार ६ सय ८५ रहेको छ । १४ वर्ष देखि १९ वर्षको उमेर सम्म विहे गर्ने वालकको संख्या १७ हजार ४ सय ७१ र बालिकाको संख्या २६ हजार ५ सय ५८ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending