Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

मदन भण्डारीलाई सम्झेर एक्लै भावुक हुँदै रुन्छिन् राष्ट्रपति विद्या भण्डारी

\"bidhyaपार्टी नेता र श्रीमान्का रूपमा मदन भण्डारीलाई कत्तिको ‘मिस’ गर्नुहुन्छ ? बाबु मदन भण्डारी र आमा विद्या भण्डारीबारे छोरी उषाकिरणको बयान : हामीलाई त्यसबारे कहिल्यै भन्नुहुन्न । हामीलाई त्यस्तो फिल नै गराउनुभएन । तर, कहिलेकाहीँ ममी एक्लै भावुक बन्नुहुन्छ । बोलेर हामीलाई चाहिँ भन्नुहुन्न । कुनै–कुनै सिचुएसनमा भावुक बन्नुहुन्छ, रुनुहुन्छ । तर, हामीलाई देखाउन चाहनुहुन्न । हामीले पनि उहाँको कुरा बुझेर सोध्दैनौँ । जेठ ३ गते अलि बढी भावुक बन्नुहुन्छ । प्रायस् एक्लै बस्नुहुन्छ । धेरै बोल्नुहुन्न । त्यस्तो वेला हामीसँग बसेर बोल्ने गर्नुहुन्न । सकेसम्म आफूभित्रै आफैँसँग ‘डिल’ गर्न खोज्नुहुन्छ । हामी त्यस्तो वेलामा ममीसँग इमोसनन्ली, फिजिकल्ली एक्सप्रेस गर्दैनौँ । हामीले कहिलेकाहीँ सोध्छौँ । त्यसको बारेमा जवाफ दिनुहुन्छ । आफैँचाहिँ केही भन्नुहुन्न । त्यतिवेला त ड्याडी भूमिगत हुनुहुन्थ्यो । ‘हामी जन्मेको कति दिनमा ड्याडी हेर्न आउनुभयो’ भनेर सोध्छौँ । उहाँले ‘तँलाई यति दिनमा हेर्न आउनुभाथ्यो’, ‘तँलाई यति दिनमा देखेको’, ‘यस्तो भएको थियो’ भनेर बताउनुहुन्छ । यो टपिक हाम्रा लागि अझै पनि धेरै ‘सेन्सेटिभ’ छ । त्यसैले यो टपिकमा ममीसँग कुरा गर्न सकिँदैन । उहाँले पनि ‘तिमीहरूको ड्याडी भएको भए’ भन्ने कुरा गर्नुहुन्न । राजनीतिक विषयमा अरूहरूसँग गफ गर्दा भने कुरा गरेको सुनिन्छ । तर, हामीसित होइन । सायद ममीले हामीहरूको चित्त दुख्छ भनेर होला कुरा नगर्नुभएको । हामीले पनि ममी कुन वेला कस्तो मुडमा हुनुहुन्छ, त्यो कुरा कोट्याउँदैनौँ । हामीसँग त भन्नुहुन्न । अरू कार्यकर्ताहरू अथवा आफ्नै नातेदारहरू जो भूमिगत वेलामा सँगै हुनुहुन्थ्यो, उहाँहरू आउनुभएको छ भने बसेर कुरा गर्नुहुन्छ । उहाँहरू समकालीन भएर पनि होला । हामी दुईजना (छोरीहरू)सँग बसेरचाहिँ त्यस्ता कुराहरू गर्नुहुन्न । ममीले भनेको त होइन, अरूहरूले नै सुनाएको । भूमिगतकालमा पनि ड्याडी सबै मान्छेहरूसँग, आफूसँग विचार, मन नमिलेकालाई पनि अलि मिलाएरै लैजान खोज्ने हुनुहुन्थ्यो रे । ममी भने आफूलाई मन परेको छैन भने डिप्लोम्याटिक ढंगले नभईकन सीधै ‘तपाईंहरूले किन यस्तो भनेको’, ‘किन यस्तो गरेको’ भनेर भन्नुहुन्थ्यो रे । ममीचाहिँ चित्त नबुझेको कुरा भन्दै जाने, मान्छे भाँड्दै जाने अनि, ड्याडीचाहिँ पछि त्यो कुरालाई मिलाउँदै थामथुम–थुमथुम पार्दै जाने गर्नुहुन्थ्यो रे । यो कुरा सुन्दा दुईजनाको व्यक्तित्वमा अलि अन्तर थियो भन्ने लाग्छ । ममीले ड्याडीले दिएको गिफ्ट राख्नुभएको छ नि । सबै साडीहरू राख्नुभएको छ । म सात वर्षकी थिएँ । ड्याडी त्यतिवेला कोलकातामा कम्युनिस्ट सम्मेलनमा जानुभाथ्यो । फर्किंदा सारी ल्याइदिनुभएको थियो । सेतोमा गुलाबी रङको बोर्डर भएको, अनि सानो–सानो फूल भएको सारी हो । त्यो सारी ममीले जतनसाथ राख्नुभएको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending