Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

‘जनयुद्ध’ अघि नै टाउकोको मोल तोकिएका उपराष्ट्रपति पासाङको दुर्लभ पक्ष

\"Pasang,-Vice-President-of-N\"काठमाडौं । मुलुककै दोस्रो मर्यादाक्रममा रहेको उपराष्ट्रपतिमा चुनिँदा शनिबार एकीकृत नेकपा माओवादी नेता नन्दबहादुर पुन कालो भादगाउँले टोपीमा व्यवस्थापिका संसद भवनको दर्शकदीर्घामा थिए। संसद सदस्य नभएकाले दर्शकदीर्घामा बसेका पुनलाई सभामुख ओनसरी घर्तीमगरले विजयी घोषणा गरेपछि सुरक्षाकर्मीले घेरेर बाहिर ल्याए। विगतमा माओवादी लडाकु प्रमुखसमेत रहेका पुनका चारवटा प्रसंग यस्ता छन् जो कमै मानिसलाई मात्र थाहा छ। पहिलो, उनी सरकारबाट नियुक्ति पाएका स्थायी शिक्षक थिए । दोस्रो, उनी मात्रै माओवादीका यस्ता नेता हुन्, जसको ‘जनयुद्ध’ अघि नै टाउकोको मोल तोकिएको थियो। तेस्रो, उनी उपराष्ट्रपति निर्वाचित भइरहँदा माटोले पोतेको सामान्य टहरोमा जीवनयापन गरिरहेका छन् । र, चौथो, माओवादीका शीर्ष नेतामध्ये उनी मात्रै सम्भवतः यस्ता एक्ला नेता हुन्, जसले शान्ति प्रक्रियापछि अहिलेसम्म राज्यको कुनै पनि लाभको पद लिएको छैन। एमाओवादी महासचिव कृष्णबहादुर महराका विद्यार्थीसमेत रहेका उपराष्ट्रपति पुन सशस्त्र द्वन्द्वमा लाग्नुअघि स्थायी शिक्षक थिए । रोल्पाको राङसी गाविसस्थित जनसेवा निमावि ‘हाल उमावि’ मा उनी पढाउँथे । उनका विद्यार्थीमध्ये जयपुरी घर्ती र तारा घर्ती अहिले पनि माओवादीको उपल्लो तहमा छन् । सशस्त्र द्वन्द्व सुरु हुनुअघि पुनलाई स्थानीय प्रशासनले टाउकोको मूल्य ३५ हजार तोकेर खोजबिन गरेको छोरा दीपेश बताउँछन् । ‘प्रहरीबाट बच्नका लागि बुबाले घरमै २५ मिटर लामो सुरुङ पनि बनाउनुभएको थियो’ दीपेशले भने । पार्टीमा नन्दकिशोर पुन ुपासाङु ले चिनिने उनी कपनमा बाँसको टहरोमा बस्दै आएका छन् । भूकम्पपछि डेरा बसेको घर खतराजन्य भएपछि आफैंले टहरो निर्माण गरी त्यसमा उनी बस्दै आएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले अब उनी कान्तिपथस्थित बहादुर भवनमा बस्नेछन् । पिता रामसुर पुन र माता मनसरा पुनको कोखबाट २०२२ कात्तिक ७ गते राङसी–९, रोल्पामा जन्मेका पुन परिवारका पाँच दाजुभाइमध्ये माइला हुन । उनका दुई छोरा छन् । उनको एकजना भाइको युद्धको क्रममै निधन भएको थियो । हस्तमाली पुनसँग प्रेमविवाह गरेका उपराष्ट्रपति पुन मिर्गौलाका बिरामी छन् । २०३७ सालमा जनसेवा निमावि, राङ्सीमा अनेरास्ववियु छैटौंको एकाइ अध्यक्षको जिम्मेवारी लिएर राजनीतिमा प्रवेश गरेका पुन माओवादीका सैन्य क्षेत्रको जिम्मेवारी अन्तिमसम्ममा सम्हाल्ने एक्ला शीर्ष नेता हुन् । सशस्त्र द्वन्द्व सुरुआतको पहिलो दिन अर्थात २०५२ फागुन १ गते पुन होलेरी चौकी आक्रमण गर्दा सहकमान्डरको भूमिकामा थिए । ०५८ कात्तिकमा ‘जनमुक्ति सेना, नेपाल’ घोषणा गर्दा बटालियन स्तरको सैन्य संरचना घोषणा गरिएको थियो, जसको कमाण्डर उनैले पाए । ०५९ सालको बिग्रेडस्तरको संरचना निर्माण हँुदा पनि उनी नै कमान्डर थिए । उनको नेतृत्वमा पहिलो पटक सदरमुकाम आक्रमण (डोल्पाको दुनै), पहिलो क्षेत्रीय सदरमुकाम आक्रमण (कर्णालीको जुम्ला) भएको थियो । दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी आक्रमण उनकै नेतृत्वमा भएको हो । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पुन नै कमान्डर थिए । सशस्त्र द्वन्द्व सुरु भएको एक वर्षपछि पुन आफैंले बाह्र बोर बन्दुक बनाएका थिए । उनले त्यसपछि थ्री–नट–थ्री राइफल, कटुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाएका थिए । उनले ुइतिहासका रक्तिम पाइलाु र आधारभूत सैन्य कोर्स भाग १–५ सम्मका पुस्तक लेखेका छन् । माओवादी लडाकु हस्तान्तरण तथा समायोजनमा उल्लेखनीय भूमिका खेलेका पुन त्यसपछि मात्रै सैन्य जिम्मेवारीबाट मुक्त भएका थिए । हाल एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका पुन गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग काठमाडौं–४ मा पराजित भए । उनै पुन सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै उपराष्ट्रपति पदमा निर्वाचन भएका छन् । अाजकाे नागरिक दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending