Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

‘भारतीय भूमिबाट आक्रमणपछि वीरगन्जमा जवाफी कारबाही’

\"biraganj\"काठमाडौं । भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए। सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको थियो। प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे।एमालेका महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए। ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए। जबाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए। पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो।प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल(भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले बताए। ‘प्रदर्शनका क्रमममा आन्दोलनकारीले प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयमा ढुंगा बर्साउँदै आक्रमण गर्न थालेपछि बाध्य भएर प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको जानकारी गराउनुभयो। पछि बुझ्दा उनी भारतीय नागरिक भएको खुल्न आएको मोदीसमक्ष बताउनुभयो’, भट्टराई बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूलाई भने। २५ मिनेट भएको वार्तामा मोदीले वीरगन्ज घटनाको यथाशीघ्र अनुसन्धान गर्न आग्रह गरेका थिए।‘मधेसको समस्या नेपालको आन्तरिक समस्या हो। नेपालले नै समस्या हल गर्नुपर्छ। तर हामी समस्या हल गर्न सहयोग पुर्‍याउन तयार छौुं, मोदीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्णसँग भने। उनका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सम्बन्ध बिग्रनु दुवै देशको हितमा नरहेको समेत मोदीलाई बताए।प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई मोदीले दोस्रोपटक फोन गरेका हुन्। यसअघि मोदीले प्रधानमन्त्री निर्वाचत भएकै दिन ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए। यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षाकर्मीमाथि भारतीय भूमिबाट आक्रमण गर्ने काम भएकाले स्थिति नियन्त्रणमा लिने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको बताएको छ। उसले धर्नाकारी पाँचजना पक्राउ गर्दासमेत दुईजना भारतीय नागरिक परेको, भारतीय भूमिबाट एक हुल भीड आन्दोलित हुँदै नेपाल आएको र सुरक्षाकर्मीमाथि बमसमेत प्रहार गरेको उल्लेख गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE