Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रचण्ड किन गएनन् भारत ?

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत जान मन हुँदाहुँदै यस पटक गएनन् । पार्टीनिकट अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा उनी र वरिष्ठ नेता बाबुराम भट्टराई दुवैलाई निम्ता थियो । तर, दाहालले आफू नगई भट्टराई र महासचिव कृष्णबहादुर महरालाई पठाए । आजको कान्तिपुर दैनिकमा खबर छ– दाहाल भारत नजानुका दुई मुख्य कारण छन् । पहिलो, मञ्चको सम्मेलन परेकै दिन राजधानीमा विपक्षी गठबन्धनको शक्ति प्रदर्शन पर्नु । दोस्रो, भारतीय संस्थापनसँग अपेक्षित सम्बन्ध सुदृढीकरण अझै हुन नसक्नु । काठमाडौंमा शक्ति प्रदर्शन परेकाले अध्यक्ष मञ्चको कार्यक्रममा सहभागी हुन जान भ्याउनु भएन, एमाओवादी केन्द्रीय सदस्य एवं उनका स्वकीय सचिव चूडामणि खडकाले भने, त्यसकारण भट्टराई र महरा पार्टीको तर्फबाट जानुभएको हो । ०७० वैशाखपछि दाहालले भारत भ्रमण गरेका छैनन् । बेलाबखत राष्ट्रिय स्वाधीनताको कुरा गर्ने भएकाले उनलाई भारतीय नेतृत्वले विश्वासको आँखाले हेर्न नसकेको एक नेताले बताए । काठमाडौंस्थित भारतीय राजदूतमार्फत भारत भ्रमणका लागि बेलाबेला आग्रह भए पनि त्यस्तो मौका नजुरेको दाहालनिकट स्रोतको भनाइ छ । ‘म तपाईंहरूको असल मित्र बन्न सक्छु, तर अन्धभक्त हुन नसक्नु मेरो कमजोरी भयो’, दाहालले सांकेतिक रूपमा भारतीय अधिकारीसँग भन्ने गरेको निकट स्रोतले उल्लेख गर्‍यो । प्रधानमन्त्रीकालमा तत्कालीन प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय र त्यसपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन घोषणा गरेपछि भारतसँग चिसिएको उनको सम्बन्ध अझै सुदृढ हुन सकेको छैन । भारतमा उच्च शिक्षा लिएका भट्टराईलाई भने दाहालभन्दा त्यहाँका अधिकारीसँग केही सहज भएको एमाओवादीका अर्का नेताको बुझाइ छ । पार्टीभित्र अन्तरसंघर्ष हुँदा भट्टराईलाई भारतनिकट भन्ने आरोप लागे पनि यस पटक उनी जोखिम मोलेर खुलामञ्चमा शक्ति प्रदर्शनसभा बीचमै छाडेर शनिबार भारत गएका हुन्–कान्तिपुर दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: