Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रचण्ड किन गएनन् भारत ?

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत जान मन हुँदाहुँदै यस पटक गएनन् । पार्टीनिकट अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा उनी र वरिष्ठ नेता बाबुराम भट्टराई दुवैलाई निम्ता थियो । तर, दाहालले आफू नगई भट्टराई र महासचिव कृष्णबहादुर महरालाई पठाए । आजको कान्तिपुर दैनिकमा खबर छ– दाहाल भारत नजानुका दुई मुख्य कारण छन् । पहिलो, मञ्चको सम्मेलन परेकै दिन राजधानीमा विपक्षी गठबन्धनको शक्ति प्रदर्शन पर्नु । दोस्रो, भारतीय संस्थापनसँग अपेक्षित सम्बन्ध सुदृढीकरण अझै हुन नसक्नु । काठमाडौंमा शक्ति प्रदर्शन परेकाले अध्यक्ष मञ्चको कार्यक्रममा सहभागी हुन जान भ्याउनु भएन, एमाओवादी केन्द्रीय सदस्य एवं उनका स्वकीय सचिव चूडामणि खडकाले भने, त्यसकारण भट्टराई र महरा पार्टीको तर्फबाट जानुभएको हो । ०७० वैशाखपछि दाहालले भारत भ्रमण गरेका छैनन् । बेलाबखत राष्ट्रिय स्वाधीनताको कुरा गर्ने भएकाले उनलाई भारतीय नेतृत्वले विश्वासको आँखाले हेर्न नसकेको एक नेताले बताए । काठमाडौंस्थित भारतीय राजदूतमार्फत भारत भ्रमणका लागि बेलाबेला आग्रह भए पनि त्यस्तो मौका नजुरेको दाहालनिकट स्रोतको भनाइ छ । ‘म तपाईंहरूको असल मित्र बन्न सक्छु, तर अन्धभक्त हुन नसक्नु मेरो कमजोरी भयो’, दाहालले सांकेतिक रूपमा भारतीय अधिकारीसँग भन्ने गरेको निकट स्रोतले उल्लेख गर्‍यो । प्रधानमन्त्रीकालमा तत्कालीन प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय र त्यसपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन घोषणा गरेपछि भारतसँग चिसिएको उनको सम्बन्ध अझै सुदृढ हुन सकेको छैन । भारतमा उच्च शिक्षा लिएका भट्टराईलाई भने दाहालभन्दा त्यहाँका अधिकारीसँग केही सहज भएको एमाओवादीका अर्का नेताको बुझाइ छ । पार्टीभित्र अन्तरसंघर्ष हुँदा भट्टराईलाई भारतनिकट भन्ने आरोप लागे पनि यस पटक उनी जोखिम मोलेर खुलामञ्चमा शक्ति प्रदर्शनसभा बीचमै छाडेर शनिबार भारत गएका हुन्–कान्तिपुर दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending