बाबुरामको नयाँ शक्ति ‘मकैबारी फाँडेर धतुराको खेती’
कार्तिक २५ गते, २०७२ बुधवार 11th November, 2015 Wed१३:३९:०० मा प्रकाशित
नेपाली समाजमा एउटा चलेको उखान छ, ‘मकैबारी फाँडेर धतुराको खेती’ । यसलाई चरितार्थ गर्ने गरी डा. बाबुराम भट्टराईले हजारौं शहिद/बेपत्ता परिवार घाइते योद्धा र सिंगो उत्पिडित समुदायलाई निराश बनाए । उनले एमाओवादी परित्याग गरेको भनिए पनि त्यस भन्दा पछिका सरसंगत र गतिविधि हेर्दा आन्दोलनको नै परित्याग हो की ? भन्ने बनाइरहका छन् ।
त्यसो त, नेपाली वर्ग संघर्षको इतिहासमा श्रमजीवी वर्गको पक्षमा डा. बाबुराम भट्टराईले पु¥याएको अमूल्य योगदान र निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई कसैले नजर अन्दाज गर्न सक्दैन । सामन्यतया ०४६ सालको जनआन्दोलन र जनयुद्धको तयारी अवस्थामा उनको भूमिका महत्वपूर्ण थियो । त्यो भन्दा महत्वपूर्ण चाँही जनयुद्धको थालनी, निरन्तरता र शान्ति÷संविधानको कार्यदिशामार्फत गणतन्त्रको स्थापनासम्म उनको भूमिका अग्रणी देखिन्छ । जनयुद्ध थालनी भएको केही वर्ष पछि सम्म पनि जनयुद्धको नेतृत्व बाबुरामले नै गरेका थिए भनिन्थ्यो । बाबुरामकै अर्को छद्म नाम प्रचण्ड भनेर बिरोधी क्याम्पमा बुझ्ने गरिन्थ्यो । जनयुद्ध थालनी पूर्व नै स्थापित बाबुरामको ब्यक्तित्व जनयुद्धको विकास जनयुद्धको बिकास सँगै चुलिदै गयो र विश्वस्तरमै स्थापित भयो । हजारौं नेपाली होनाहार छोराछोरीहरुको बलिदान र योगदानले माओवादी आन्दोलनको पहाड चूलिएको हो । विश्वस्तरमा स्थापित बाबुरामको व्यक्तित्वको अन्तर्यमा उनको पैतृक प्राकृतिक एवम् वैयक्तिक ज्ञानको विशिष्टताले काम गरेको होला तर उनको ज्ञानलाई प्रयोग शिद्ध गरेर उनलाई आफू बैज्ञानिक भएकोले नै परसम्म देख्न सक्छु भन्ने आत्मविश्वासी बनाउन चाही हजारौको रगत बगेको छ । त्यसैले आजको बाबुराम माओवादी आन्दोलनको लगेसी बाट स्थापित भएको हो । त्यही भएर हजारौं लाखौं पीएचडी होल्टर डाक्टरहरुको भीडमा डाक्टर बाबुरामलाई सजिलै चिन्न सकिन्छ ।
त्यसो त, यति लामो वीरता र महानताले भरिएको चालीस वर्ष लामो इतिहासप्रति प्रायश्चीत गरिदिए तर नेपाल राष्ट्र, नेपाली जनता र इतिहासले चाही उच्च सम्मान गरिरहनेछ । उनको यति लामो खुल्ला इतिहासको बहावले बाँकी दश वर्षको छोटो अवोधका लागि भनेर कसरी सरप्राइज यूर्टन लियो ? र लामो श्रृङ्खलाको निरन्तरता कसरी क्रमभंग भयो ? यी प्रश्नको जवाफ खोजेर तयार गर्न विभिन्न कोणबाट तर्कविर्तक गर्न सकिएला तर अन्त्यमा उनले हिड्ने अवको बाटो त्यस बाटोका सहयात्री र गन्तव्यको चित्रबाट बढी बुझ्न सहज हुनेछ ।
हुन त, मानिस भित्रको ज्ञान, साधना र महत्वाकांक्षाको संयोजनबाट उसको विकास हुने हो । मानव शास्त्रीहरु भन्छन्; हरेक मानिस भित्र एउटा एउटा भोक लुकेको हुन्छ । त्यो व्यक्तिवादी भोक पैत्रृक व्यवसायीक सामाजिक निष्ठाहरु एवम् निश्चित सामाजिक मूल्य मान्यताद्धारा नियन्त्रित हुने गर्दछ । भनिन्छ, विरोधीको भोकलाई पहिचान गरेर जगाउन सक्नु र विष्फोट गराउन सक्नु भनेको उ भित्रको आणविक बम विष्फोट गराउनु जत्तिकै शक्तिशाली कर्म हो । वास्तवमा बाबुराम भित्रको शक्तिको भोक केही शहरीया एलिट समूह र संकिर्ण उपबर्जुकहरुको जोडबलले जगाइदिए र नयाँशक्तिको रुपमा विस्फोट गराए ।
जीवनभर सामूहिकताबाट बैज्ञानिक ज्ञान प्राप्त हुन्छ र जनवादबाट केन्द्रीकृत शक्ति आर्जंन हुन्छ भन्ने माक्र्सवादी सौन्दर्यशास्त्री बाबुराम अन्त्यमा एक्लै विष्फोट भए । सहयात्रीहरु त परै जाओस् आफूसँगै जीवनभर आन्दोलनमा समेत सहयात्रा गरेकी पत्नीलाई समेत साथ नलिई एक्लै बाहिरिए ।
नयाँ शक्ति भनेको त आखिर व्यक्तिमा केन्द्रीत भएर होइन सिद्धान्तमा आधारित भएर हुने हो । घट्नाले आशंका जन्माउछ । द्धन्तात्मक भौतिकावादी सिद्धान्तमा आधारित माक्र्सवादको विकल्प नै खोजेका हुन् त बाबुरामले ? या अहिले सम्मको माओवादी राजनिति प्रतिको दिक्दारी ? माओवादी राजनीति नै अहिलेसम्मको बाबुरामको राजनीति हो । सामान्य व्यक्तिका हकमा राजनीतिमा लागेर पनि राजनीति नगर्नु वा राजनीतिज्ञ नहुन स्वभाविक हो । किनकी धेरैले भन्ने गर्छन् राजनीति धेरै गरियो अव दिक्क लाग्यो गर्दिन । यसको सोझो अर्थ हुन्छ उसले राजनीति नै गरेको छैन । एउटा राजनीतिज्ञको हकमा राजनीति गर्दिन भन्नुपनि राजनीति हो ।
त्यसो हुँदा, बाबुरामको अवको राजनीति कुन वर्गको राजनीति हो ? सायद बाबुरामको उचाईका नेताहरुले यस्तो खालको जोखिम शायदै उठाएका होलान् । संसारभर नाम कहलाएका यो स्तरका नेताहरु अधिकांशतः आफ्नो लगानीलाई संस्थागत गर्न चाहान्छन् । सामन्यतः आँखाले हेर्दा साठी वर्ष नााघेका बाबुरामको यो विष्फोट सनकीपूर्ण देखिन्छ । उनीसँग लामो समय नजिक बसेर सहकार्य गरेका राम कार्कीले बेलाबेलामा भन्ने गर्थे बाबुराम क्यालेन्डरमा चल्ने नेता हुन् । यसो हेर्दा त्यस्तै लाग्छ ।
बाबुरामको इतिहास र बौद्धिकताले हामीलाई सिकाउँछ । उनको कदम प्राविधिक मात्र हुदै होइन । उत्कर्ष हो । व्यवहारमा हेर्दा अनपढ हली गोठालामा छोराछोरीको संगतबाट दिग्दारी लागेर वा धोका व्यहोरेर बुद्धी र पुँजीले सम्पन्न बौद्धिकहरु लिएर राजनीतिको जहाज उडाउन खोजेजस्तो देखिन्छ । बाबुरामको जीवनको अनुभवले भन्छ सिद्धान्त जानेकाहरुले मात्र राजनीति हुने भए जनयुद्ध संभव थिएन र पछिल्लो बैद्य माओवादीले कम्तीमा चारवटा देशमा छापामार संघर्ष गरेर देखाइदिन्थ्यो दिन्थ्यो होला । त्यस्तै इतिहासका बिज्ञ नेताहरु राष्ट्रियताको मारुनी नाचकरी नाच्दैनछन् तर खाली खुट्टे नेपाली चिउरा मात्र खाएर पनि सडकमा बसेका छन् । तर भारतसँग वा पहाडियामा सामन्ती अहंकारसँग नझुक्ने भनेका छन् । राष्ट्रिय त किताबी बौद्धिकतामा होइन मानिसको दिलमा हुँदोरहेछ ।
भनिन्छ, बौद्धिकहरु इमान्दार र साहसी हुदैनन् । वा क्रान्तिकारी हुदैनन् र क्रान्तिकारीहरु बौद्धिक हुदैनन् । तर बाबुराम चाही बौद्धिक भएर पनि औपचारिक क्रान्तिकारी छन् भनेर नै हजारौं युवाहरुले आफू बौद्धिक बन्ने अध्ययन त्यागेर उनलाई साथ दिएका हुन् । आज ती युवाहरु कोही खाडीका बगरमा होलान कोही जनयुद्धको मुद्धा बोकेर अपराधी झै लुक्दै होलान् । बौद्धिक बाबुराम त सजिलै स्वतन्त्र भए तर उनलाई पूर्व माओावादी नेता र पूर्व प्रधानमन्त्री बनाउने लडाकाहरु चाही अपराधी कहलिए । शायद राजनीतिको पक्षधरता भनेको यही रहेछ क्यारे ।
हुनत बाबुरामले नयाँ शक्तिको जहाजमा बिभिन्न डब्बाहरु जोड्ने प्रयत्न गरेको देखिन्छ । बौद्धिकहरुको डब्बा विभिन्न पाटी भित्रका व्यक्तिहरुको डब्बा, फ्रेस युवाहरुको डब्बा, पूर्व माओवादी डब्बा आदीलाई जोड्न खोजेको जस्तो देखिन्छ । त्यस क्रममा सबाल जहाजको सीट क्षमता कति छ भन्ने होइन महत्वपूर्ण कुरा त जहाजमा कम्पास जोडिएको छ की छैन ? र त्यो कम्पासले कुन दिशा तर्फ डन्डिकेट गरिराखेको छ ? भन्ने हो । समाजवादको तयारीका लागि भन्ने बहाना पूँजीवादलाई शक्तिशाली बनाउने र आर्थिक समृद्धिको बहानामा श्रमजीवी वर्गको राजनिति नै कमजोर बनाउने हर्कतले नयाँ शक्तिको बहानामा पुरानै शक्ति बन्ने शिवाय केही हात लाग्ने छैन ।
आजपनि माक्र्सवादको विकल्प माक्र्सवाद नै हो । अहिले सम्म नेपालमा प्राप्त भएका राजनैतिक एवम् संवैधानिक उपलब्धीहरु दानी पुँजीबादका उपहार पक्कै होइनन् र बौद्धिक विलासका किस्सापनि होइनन् । बरु हजारौंको बलिदान रगत र लाखौं करोडौंको पसिनासँग साटिएका सपनाहरु हुन् । माओवादी आन्दोलनका एजेण्डाहरु हुन् ।
यी नै उपलब्धीको धावन मार्गबाट सामाजिक न्याय सहितको समृद्धि र माजवादी यात्राका प्यासेन्जर बोकेर उडान भर्ने हो । त्यसैले अहिले पनि बिभाजित र विखण्डित माओवादी धारहरुलाई जोड्नु र रुपान्तरित गर्नु पहिलो कार्यभार हो भने दर्जनौं समूह उपसमूहमा विभक्त कम्युनिस्टहरुलाई जोडेर एउटै कम्युनिस्ट केन्द निमार्ण गरी समाजवादी सपनालाई व्यवहारमा रुपान्तरण गर्नु अवको आवश्यकता हो । नयाँ शक्ति वा नयाँ ढंगको पार्टी निमार्णका लागि सिर्जित जोश र उमंगलाई सोही दिशामा केन्द्रीत गर्नुलाई आजको माक्र्सवादी दायित्व बनाउन सक्नु पर्दछ । अस्तु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: