Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नाकाबन्दीले यसरी लिंदै छ नेपालीको ज्यान

\"petrol\"काठमाडौं । सिरहाका नेविसंघ जिल्ला कमिटी सदस्य कमलेशकुमार यादवले मोटरसाइकलका लागि केही पेट्रोल जोहो गरेर घरमा राखेका थिए । तर, त्यही पेट्रोल उनको मात्र होइन, श्रीमतीको पनि काल बन्न पुग्यो । पेट्रोलका कारण घरमा लागेको आगोले गम्भीर घाइते भएका दुवैजनाको शनिबार उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सिरहाको महादेवा पोर्तहा–७ गाविसमा अवस्थित यादवको घरमा गत १७ कात्तिकमा आगो लागेको थियो । पेट्रोल पोखिएको कोठामा आगो बाल्न खोज्दा त्यसरी यादवदम्पतीको मृत्यु भएको हो । घरको आगो निभाउने क्रममा गम्भीर घाइते भएका २७ वर्षीय कमलेश्वर र उनकी २४ वर्षीया श्रीमती पूजा यादव चौधरीको मृत्यु भएको हो । पूजाका भाइले पेट्रोल बल्छ कि बल्दैन भनेर सल्काउँदा पूरै घर नै जलेको थियो । भारतको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन समस्याका कारण उनले घरमा पेट्रोल राखेका थिए ।   इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पूजाका १० वर्षीय भाइले बल्छ कि बल्दैन भनेर पेट्रोल पोखिएको स्थानमा आगो बाल्दा उक्त दुर्घटना भएको हो । त्यसवेला पूजा घरभित्र सुतेकी थिइन् । उनलाई जोगाउँदा कमलेश घरभित्र पसेका थिए, आगो निभाउन खोज्दा दुवैजना गम्भीर घाइते भएका थिए ।   भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट सुरु भइसकेको छ भने अन्य दुर्घटना र विपत् पनि निम्त्याउन थालेको छ । नाकाबन्दकी कारण सिर्जित ती दुर्घटनाले धेरै नेपालीले ज्यान गुमाउन थालेका छन् ।   सिरहाकै प्रकृतिको घटना गत २४ असोजमा काठमाडौंको कोटेश्वरमा पनि भएको थियो । जोहोका लागि ग्यालिनमा राखिएको पेट्रोलकै कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । रामेछाप लखनपुरका लेखराज श्रेष्ठ, उनकी श्रीमती देउकी र छोरी जेनिशा श्रेष्ठको पेट्रोलबाट सल्किएको आगोले मृत्यु भएको थियो । लेखराज ट्याक्सीचालक हुन् । उनले आफ्नो डेरामा जोहो गरेर पेट्रोल राखेका थिए । एउटा भाडोबाट अर्को भाडामा पेट्रोल खन्याउने क्रममा आगो लागेको थियो । लोडसेडिङका कारण डेरामा मैनबत्ती बालेकाले पेट्रोल पोखिएर सल्किएको थियो ।   यसरी पेट्रोलमा आगो लागेर हुने मृत्युका साथै नाकाबन्दीको अप्रत्यक्ष प्रभाव सडक दुर्घटनामा पनि पर्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्धनको अभावका कारण सवारीसाधनहरूले क्षमताभन्दा तेब्बरसम्म यात्रु बोकेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ । गत ३ कात्तिकमा यात्रुसँगै इन्धन बोकेको बस बाँकेको खासकुस्मामा दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए । बसमा पेट्रोल राखिएकाले दुर्घटनापछि आगो लागेर धेरै जलेका थिए । उक्त घटनापछि प्रहरीले यात्रुबाहक बसमा इन्धन ओसारपसार गर्न कडाइ गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको दसैँ–तिहारमा कम दुर्घटना भए पनि कतिपयमा इन्धन अभावको अप्रत्यक्ष कारण रहेको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम बताउँछन् ।   व्यावहारिकता हेरेर ट्राफिक प्रहरीले पनि धेरै यात्रु बोक्ने प्रवृत्तिलाई रोक्न पहल गरेको छैन । गत १७ कात्तिकमा रसुवामा भएको बस दुर्घटनाको अप्रत्यक्ष कारण इन्धन अभाव भएको प्रहरी अधिकारीहरू बताउँछन् । थोरै मात्र सवारीसाधन चल्दा एउटैमा धेरै यात्रु चढेको र अप्ठेरो बाटोमा चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो । राम्चे गाविसमा भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । इन्धन अभावले समयमा एम्बुलेन्ससमेत बिरामी लिन जान सक्ने अवस्था छैन । इन्धन अभावकै कारण मुलुकका धेरै ठाउँमा एम्बुलेन्स जान नसक्दा उपचार अभावमा कतिपय मानिस ज्यान गुमाउन विवश छन् ।   कहाँ, कसले ज्यान गुमाए ? सिरहाको महादेवा पोर्तहाका कमलेशकुमार यादवको घरमा मोटरसाइकलमा हाल्ने क्रममा पेट्रोल पोखिएको थियो । कमलेशका आफन्तले पेट्रोल बाल्न खोज्दा उनको घर मात्र जलेन, यादवदम्पतीकै मृत्यु भयो । १६ कात्तिकमा यादवदम्पती जलेर घाइते भएकोमा काठमाडौंमा उपचारका क्रममा शनिबार उनीहरूको मृत्यु भयो ।   गत २४ असोजमा कोटेश्वरका ट्याक्सीचालक लेखराज श्रेष्ठदम्पती र छोरीले घरमा ‘स्टक’ राखेको पेट्रोलकै कारण ज्यान गुमाए । पेट्रोल खन्याउने क्रममा पोखिएर आगो लाग्दा तीनैजनाको मृत्यु भएको थियो ।   गत ३ कात्तिकमा बाँकेको खासकुस्मामा पेट्रोल र यात्रु बोकेको बस दुर्घटना हुँदा आठजनाको मृत्यु भयो । इन्धन अभावका कारण बसले पेट्रोल ओसार्ने क्रममा बस दुर्घटनामा परेको थियो । पेट्रोलमा लागेको आगोका कारण बस नै जलेको थियो । गत १७ कात्तिकमा रसुवाको नाम्चेमा क्षमताभन्दा धेरै यात्रु बोकेको बस दुर्घटनामा पर्‍यो, जसमा ३८ जनाले ज्यान गुमाए । इन्धन अभावमा जिल्लामा थोरै मात्र सवारीसाधन चलेकाले सो बसमा खचाखच यात्रु थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending