Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

एमबिबिएसमा भर्ना विवाद, सयौँ विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं ।  एमबिबिएस अध्ययनका लागि नेपालका विश्वविद्यालयलाई लाखौँ रुपैयाँ तिरेका विदेशी विद्यार्थी अन्योलमा परेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले मेरिटका आधारमा भर्ना लिन विश्वविद्यालयलाई निर्देशन दिएपछि विदेशबाट नेपालमा एमबिबिएस पढ्न भर्ना भएका विद्यार्थी अन्योलमा परेका हुन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा गरी भारत तथा अन्य देशका झन्डै तीन सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शिक्षा मन्त्रालयले ३५ लाखभन्दा बढी शुल्क नलिन र मेरिट लिस्टका आधारमा मात्र भर्ना गर्न मेडिकल कलेजहरूलाई चेतावनी दिइसकेको छ ।   सरकारको चेतावनीपछि उनीहरू अन्योलमा छन् । शिक्षा मन्त्रालयले मेरिटका आधारमा भर्ना गर्न पटकपटक निर्देशन दिए पनि मेडिकल कलेजहरूले अटेर गरी चर्को शुल्क लिएर भर्ना प्रक्रिया अगाडि बढाइसकेका छन् । यसबीच सर्वोच्च अदालतले समेत भर्ना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । भर्ना रोक्न शिक्षा मन्त्रालयले दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट अझै टुंगोमा पुग्न सकेको छैन ।   गोविन्दप्रसाद यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट दायर गरेपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले मन्त्रिपरिषद्को निर्णयविपरीत भर्ना लिने प्रक्रिया रोकी छलफलका लागि आउन आदेश दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending