Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यस्तो छ पाँचखालसम्म ग्यास बुलेट ल्याइदिने चीनको प्रस्ताव

\"china_gyas\"काठमाडौं । चीनले काभ्रेको पाँचखालसम्म ग्यास बुलेट ल्याइदिने प्रस्ताव गरेको छ । उसले पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर सीधै ग्यासको बुलेट ल्याइदिने प्रस्ताव गरेको हो ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ –आइतबार चीनका लागि नेपाली राजदूत डा. महेश मास्के र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईबीचको भेटवार्तामा चुन्ताईले पाँचखालसम्म ग्यासको बुलेट ल्याइदिने प्रस्ताव गरेका हुन् । राजदूत मास्केले चीनको प्रस्ताव सकारात्मक भएको बताएका छन् । चिनियाँ राजदूतसँगको भेटपछि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेटेका डा। मास्केले चीनको प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।   मास्केका अनुसार केरुङ नाकाबाट ग्यासको बुलेट भित्र्याउन असम्भव भएपछि नेपालले तातोपानी नाका हुँदै ग्यास लिने प्रस्ताव गरेको थियो । नेपालले तातोपानीमा तत्काल ग्यास लोड–अपलोड गर्न असम्भव भएकाले बाह्रबिसेभन्दा यतासम्म ग्यासको बुलेट ल्याउनुपर्ने प्रस्ताव गरेको थियो ।   ‘चीनको प्राथमिकता केरुङ नाका छ, तर नेपालतिरको बाटो साँघुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामग्री केरुङबाटै ल्याउँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव राखेका थियौँ,’ उपराष्ट्रपति पुनलाई मास्केले गरेको ब्रिफिङ उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव सुकबहादुर रोकाले भने, ‘आज ९आइतबार० बिहान मात्रै चिनियाँ राजदूतसँग भेट भयो, उहाँले खासामा नरोकेर ग्यासको बुलेट सीधै पाँचखाल ल्याउन सकिने धारणा राखेर पाँचखालमा ‘ज्वाइन्ट कस्टम’ स्थापनाको प्रस्ताव राख्नुभयो ।’ स्रोतका अनुसार गत वैशाखको भूकम्पपछि चीन खासामा बस्ती बसाल्न नहुने निष्कर्षमा पुगेको छ । ‘चीन खासामा बस्ती बसाल्न चाहन्न, अन्यत्रै बस्ती सार्न खोजिरहेको छ,’ स्रोतले भन्यो, ‘त्यही भएर चीनको प्राथमिकता केरुङ परेको हो । सम्भवतस् अब खासामा बजार हुँदैन ।’   स्रोतका अनुसार खासामा भन्सारसम्म स्थापना गर्न नसकिने निष्कर्ष निकालेर चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गर्ने प्रस्ताव राखेको हो । उपराष्ट्रपति पुनसँगको भेटमा चीनका लागि नेपाली राजदूत मास्केले चीनको प्रस्तावको पुष्टि गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending