Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भारतका सांसदले मोदीलाई पत्र लेख्दै भने– नेपालमा हस्तक्षेप रोकौं

काठमाडौं । भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको \'अनौपचारिक\' नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।
\"Tathagat_satpathi_CA_INdia\"अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ– केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्। \'भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,\' सत्पथीले उल्लेख गरेका छन्।
\'हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन्। सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,\' सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।
पत्रमा उनले \'नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र?\' भनी प्रश्न गरेका छन्।नयाँदिल्लीबाट अन्नपूर्णसँग टेलिफोनमा कुराकानी गर्दै सत्पथीले प्रधानमन्त्री मोदीलाई आफूले लेखेको पत्रको जबाफ पाइनसकेको बताए।
‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु\', उनले भने ।
मोदीलाई लेखेको पत्रमा सांसद सत्पथीले भनेका छन्, \'तपाईं स्वयंले पनि केहीअघि नेपाल भ्रमण गर्नुभएको हो र हाम्रो दुई देशबीचको साझा इतिहासबारे तपाईंलाई जानकारी नै छ। तर अहिले त्यो मुलुकसँग हाम्रो निकै पुरानो सम्बन्ध समाप्त हुने चरणमा पुगेको छ।\'
सत्पथीले भारतीय प्रधानमन्त्रीलाई विदेश मन्त्रालयका कर्मचारीबाट नेपालमा शान्ति तथा सुखको वातावरण छ भनेर रिपोर्ट पाइरहेको भएदेखि त्यसमा कुनै सत्यता नरहेको भन्दै कर्मचारीसँग विश्वास नगर्न पनि सुझाएका छन्।\'मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरूका आफ्नै पूर्वाग्रह र स्वार्थहरू छन्,\' पत्रमा छ।
पोखरास्थित आफू बसेको होटलका \'वेटर\'लाई उद्धत गर्दै सत्पथीले भारतीयहरूले अक्सर रूपमा नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । ती वेटरले भारतीयहरूको सेवा कहिल्यै गर्नु नपरोस् भन्ने महसुस गरेको आफूसँग बताएको समेत उनले पत्रमा लेखेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending