‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुला रुपमा हुन्छ र यस पटक गाउँमा होइन, सहरमा बन्दुक पड्कन्छन्’माओवादीले फेरि बन्दुक बोक्न लागेको नबुझ्न र त्यसखाले आरोप नलगाउन आग्रह गर्दै नेता विप्लवले राज्यको व्यवहारका कारण जनता प्रतिरोध गर्न बाध्य हुने बताए । ‘राज्यका कारण युद्ध सम्भव हुन्छ, आफूलाई विश्वकै शक्तिशाली राष्ट्र दावी गर्ने अमेरिकाविरुद्ध त बारम्बार युद्ध भएका छन् भने नेपालमा युद्ध हुनु अस्वाभाविक छैन’ भन्दै महासचिव विप्लवले भने– ‘युद्धबाट जनता कहिल्यै तर्सेका छैनन्, सत्ताधारीहरु तर्सेका हुन् र यहाँका केही मिडिया मात्र तर्सेका हुन् ।’ युद्धका कारण देश बर्बाद भएको भन्ने ‘यथास्थितिवादीहरु’ को भनाइ सत्य नभएको उल्लेख गर्दै महासचिव विप्लवले भने– ‘देश त यसै पनि बर्बाद भइसकेकै छ, अब बर्बाद पार्न नै के पो बाँकी छ र ! बरु देश बचाउन र बनाउनका लागि हामी मर्न पनि तयार छौं । माओवादीलाई राजनीतिक शक्तिका रुपमा नटेरीकन संविधान जारी गरिए देशमा नयाँ परिस्थित आउने उल्लेख गर्दै उनले भने– ‘माओवादी सहितको शक्तिसम्पन्न राजनीतिक सभाबाट जनसंविधान जारी गरौं भन्ने हाम्रो प्रस्ताव हो, यसलाई नटेरिए जनता नयाँ ढङ्गबाट अघि बढ्न बाध्य हुनेछन् ।’
‘युद्धबाट जनता कहिल्यै तर्सेका छैनन्, सत्ताधारीहरु तर्सेका हुन् र यहाँका केही मिडिया मात्र तर्सेका हुन् ।’विगतमा सरकारले आयोजना गर्न खोजेको राजनीतिक सभामा माओवादी सहभागी नहुनुको कारण प्रस्ट्याउँदै उनले भने– ‘त्यो सभामा छलफल गरिने विषयवस्तु, त्यसको अधिकारक्षेत्र र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने प्रक्रिया स्पष्ट नभई प्रचारका लागि मात्रै आयोजना गरिएकाले हामी त्यसमा सहभागी भएनौं, अब आयोजना गर्दा सबभन्दा पहिले यी तीन कुरा स्पष्ट हुनु जरुरी छ ।’
प्रतिकृया लेख्नुहोस्: