Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

पुलिसले ग्यास लान्छ, उपभोक्ता रित्तै

\"police\"काठमाडौं । गोंगबुस्थित देवकोटा सप्लायर्स (ग्यास डिलर)मा बुधबार बिहान करिब १० बजे ग्यास लिने उपभोक्ताको भीड थियो । पहिल्यै नाम टिपाएका उपभोक्ताले ग्यास पाएकै थिएनन्, ३ जना प्रहरीले ४ वटा खाली सिलिन्डर ल्याएर पसलमा छाडिदिए । ती प्रहरीले पसलेलाई आदेश दिए, ‘हामीले ४ वटा खाली सिलिन्डर ल्याएका छौँ । यो भाइलाई मिलाएर ग्यास पठाइदिनू ।’ लगत्तै अर्का एक प्रहरी (पहिलेका वरिष्ठ देखिने) आएर ४ सिलिन्डर ग्यास दिन सञ्चालकलाई राजी गराए । यो दृश्य देखेपछि बिहानदेखि ग्यास पाउने आशामा पसलमा बसेका उपभोक्ता अवाक भए ।   प्रहरी गएपछि भीडबाट एकजना उपभोक्ताले भने, ‘प्रहरीको बर्दीमा आयो भने त हामीले पनि सजिलै ग्यास पाउने रहेछौँ ।’ केही छिनमै फेरि एकजना प्रहरी आए । उनले कसैलाई फोन गरे । केही क्षणमै एक पुरुष र एक महिला आइपुगे । पुरुषचाहिँ गीता ब्रान्डको सिलिन्डर लिएर आएका थिए । उक्त सिलिन्डर आफ्नो पसलमा नभएकाले साटफेर गर्न गाह्रो भएको कर्मचारीले बताए । तर, ती प्रहरीले ‘आफ्नो मान्छे हो, मिलाइदिनुपर्‍यो’ भने । आफूले सिफारिस गरेका महिला–पुरुषले ग्यास पाएपछि ती प्रहरी मोटरसाइकलमा हुँइकिए ।   पसलमा ग्यास आउने खबर पाएर जम्मा भएका सर्वसाधारणलाई भने नागरिकताको फोटोकपीसहित खाली सिलिन्डर छाडेर जान पसलेले अनुरोध गरे । ग्यास नपाएपछि पसलेले भनेजस्तो गर्नुको विकल्प उपभोक्तासँग थिएन । उनीहरूले हप्ता दिनदेखि महिना दिनसम्म कुनुपर्ने भनेर पसलका कर्मचारी सम्झाउँदै थिए । ‘अहिले आएको ग्यास पहिला नै नाम टिपाएकालाई वितरण हुँदैछ,’ ती कर्मचारीले भने, ‘त्यसैले बुधबार नाम टिपाएकाको पालो त कम्तिमा एक सातापछि मात्रै आउँछ, फोन गर्नुहोला ।’   यो त एउटा उदाहरण मात्रै हो । राजधानीका अधिकांश ग्यास डिलरमा यस्तै भइरहेको विक्रेता बताउँछन् । भारतको नाकाबन्दीपछि थोरै मात्रामा आएको ग्यास उद्योग र डिलरमार्फत बिक्री भइरहेको छ । थोरै ग्यास लिन धेरै उपभोक्ताको भीड हुने गरेका कारण व्यावसायीले प्रहरीसँग सुरक्षा माग्ने गरेका छन् । तर, सुरक्षाका लागि आउने कतिपय प्रहरीले आफूलाई चाहिनेभन्दा बढी ग्यास मागेर हैरान पार्न थालेको डिलर सञ्चालक र उद्योगीको गुनासो छ । प्रहरीलाई अनावश्यक धेरै ग्यास बाँड्दा उपभोक्ताको भाग खोसिने गरेको विक्रेताको भनाइ छ ।   प्रहरीले एकपटक होइन, पटकपटक आएर ग्यास माग्ने गरेको एक ग्यास विक्रेताले बताए । दसँैअगाडि गोगंबु क्षेत्रकै एक विक्रेताले नेपालगन्जबाट ल्याएको करिब ५ सय ग्यास सिलिन्डर बिक्री गर्न प्रहरी परिचालन गर्दा प्रहरीले ४० सिलिन्डर ग्यास कब्जा गरेको गुनासो गरे । ती बिक्रेताले भने, ‘एकातिर आफूसँग भएको ग्यासभन्दा बढी उपभोक्ताको लाइन थियो, अर्कातिर सुरक्षा दिन आएका प्रहरीले नै धेरै ग्यास होल्ड गरेर बसेपछि ठूलो तनाव बेहोर्नुपर्‍यो ।’   प्रहरीले डिलरबाट ग्यास लिएर दुस्ख दिने गरेको गुनासो आफूले पनि सुनेको महानगरीय प्रहरी प्रभाग नयाा बसपार्कका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘कार्यालयको प्रयोजनका लागि प्रहरीको लेटरप्याडमा चिठी लिएर आउनेलाई मात्रै ग्यास दिन डिलरहरूलाई भनेका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE