Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भारतीय राजदूत रेले आक्रोशित हुँदै भने–नेपालले के खोजेको हो ?

\"ranjeetकाठमाडौं । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको \'अफ द रेकर्ड\' अन्तक्र्रियामा सहभागी केही प्रभावशाली चिकित्सकले \'मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएका हुन्।   स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा. भगवान कोइराला आक्रोशित भएका थिए। त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए।   मधेसी आन्दोलनका अर्का समर्थक तथा पत्रकार तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए। स्रोतका अनुसार राजदूत रेले आक्रोशित हुँदै नेपालले के खोजिरहेको छ रु किन भारतीय नेताको पुतला जलाउने काम भइहरेको छरु किन भारतविरुद्ध अनियन्त्रित अभिव्यक्ति आइरहेका छन्रु भन्दै सहभागीलाई प्रश्न गरेका थिए।   अन्तरक्रियाका सहभागीमा सरकारविरोधीहरूको बाहुल्य भए पनि डा. कोइराला र अमेरिकाका लागि पूर्वराजदूत शंकर शर्माले नाकाबन्दीको खुलेरै आलोचना गरेका थिए। कार्यक्रममा सहभागी वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापा भने चुपचाप बसेका थिए।   प्रायोजितजस्तो देखिने अन्तरक्रियामा उपस्थितमध्ये धेरैले सरकारको आलोचना गर्न थालेकाले केही अतिथि असहज मानेर बाहिरिन खोजेको संकेत पाएपछि राजदूत रेले अन्तरक्रिया \'अफ द रेकर्ड\' भएको भन्दै खुलेरै नाकाबन्दी र मधेसी आन्दोलनबारे आफ्नो विचार राख्न आग्रह गरेका थिए।   डा. सुन्दरमणि दीक्षितले भारतको खासै आलोचना नगरे पनि आफू दिल्ली गएका बेला नेपालले भारतलाई शत्रु बनाउनै खोजको हो त भन्ने प्रश्न धेरै भारतीयले सोधेको बताए। बिरामी छाडेर राजदूतको निम्तो मान्न पुगेका डा. कोइरालाले खुलेरै भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण नेपालीले भोगेको पीडा, स्वास्थ्य क्षेत्रमा परेको मर्का र क्षतिबारे बोलेका थिए।   डा. कोइरालासँग सम्पर्क गर्दा ‘अत्यावश्यक सेवा रोकिएमा मधेसका मुद्दा जतिसुकै जायज भए पनि कमजोर हुँदै जान्छ\' भन्ने आशयको अभिव्यक्ति आफूले दिएको बताए।अन्तरक्रियाको थप विवरणबारे भने उनले बोल्न चाहेनन्।   स्रोतका अनुसार उनले आफू र आफूजस्तै आम नेपालीमा भारतको व्यवहारले अत्यन्तै \'आत्मग्लानि\' \'तिरष्कृत\' र \'डिप्रेसन\' को महसुस भइरहेको भन्दै बिरामीलाई परेको चोटको यथार्थबारे जोडदारका साथ बोल्दा सहभागी डा. केदारभक्त माथेमा, विश्वम्भर प्याकुरेल, अनुराधा कोइरालालगायत गम्भीर बनेका थिए।   डा. कोइरालाले रक्सौल(वीरगन्ज नाकामा थन्किएका औषधि त्यही नाकाबाटै ल्याउनुपर्ने अडान लिएका थिए। पूर्वराजदूत शर्माले चीनबाट आपूर्ति मिलाउने बाध्यता भएको र भारतले हतारमा नेपालमाथि हस्तक्षेप गरेको आफ्नो विश्लेषण सुनाउँदै विश्वभर नाकाबन्दीले नकारात्मक सन्देश दिइरहेको बताए।   राजदूत रेले अन्तरक्रियाको सुरुमै एमाओवादीबाट अलग भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बोल्न लगाएका थिए । भट्टराईले सरकार र राजनीतिक दलले मधेसी मोर्चाको माग सम्बोधन गर्न नसकेको बताए। उनले मधेसी मोर्चाको माग सम्बोधनका लागि अर्को विकल्प खोज्दै नाकाबन्दी हटाउन भारतलाई आग्रह पनि गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending