Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

\"India-Nepal\"काठमाडौं । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।   आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ। तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे ‘फ्रेमवर्क समझदारी’ पत्रमा हस्ताक्षर भएको थियो।   त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ। भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो। बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी पनि गरे। उनले नेपालको मधेस आन्दोलन अन्त्य भए भारतीय भूमिमा रोकिएका नेपाली ट्यांकर र ट्रक सहज रूपमा नेपाल भित्रिने पुरानै कुरा दोहोर्‍याए।   भारतीय आयल निगमको रक्सौलस्थित डिपोमा इन्धन भर्न गएका नेपाली ट्यांकर इन्धन भर्न नपाउँदा डेढ महिनादेखि भारतीय भूमिमै अड्किएका छन्। भारतीको केन्द्रीय सरकारले भन्सार नाकामा थप कडाइ गर्न सीमा सुरक्षा बललाई निर्देशन दिएका कारण ती ट्रकहरू सीमापारि नै रोकिएका हुन्।   त्यस्तै इन्डियन आयल कर्पोरेसनलाई नेपालका लागि इन्धन उपलब्ध नगराउन भारतको केन्द्रीय सरकारले पुनः निर्देशन जारी गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले केही सीमानाकाबाट दैनिक ६ सय ट्रक सामान र इन्धनसहित नेपाल भित्रिरहेको दाबी गरे।   वीरगन्जबाहेक अन्य सीमानाकाबाट मालवाहक ट्रक नेपालतिर प्रवेश गरिरहेको स्वरूपले बताए।पत्रकारको प्रश्नमा स्वरूपले नेपालमा औषधि र अत्यावश्यक वस्तुको अभाव देखिएकोबारे भारत जानकार रहेको भन्दै वीरगन्जबाहेक अन्य नाकाबाट अथवा विमानबाट नेपाल पठाउन सकिने बताए। मधेसीको माग पूरा गर्न भारतले निरन्तर नेपालमाथि दबाब दिँदै आएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending