Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

इन्धन सहज बनाउन आपूर्ति मन्त्री पुनका सात योजना

\"Ganeshman-Pun\"आपूर्ति सहज बनाउन निरन्तरको प्रयास अहिलेको आपूर्ति समस्याबारे हामी सबै अवगत नै छौँ । दसैँअघिदेखि नै मन्त्रालयको टिमले आपूर्ति सहज गर्न निरन्तर प्रयास गरिरहेको छ । दसैँ, तिहारजस्ता नेपालीको एकदमै महत्त्वपूर्ण चाडपर्वका वेला पनि हाम्रो टिमले आपूर्ति सहज गर्न कोसिस गर्‍यो । त्यसले केही सकारात्मक परिणाम पनि ल्याएको छ । हामीले इन्धन आपूर्ति गर्न चीनको पेट्रोलियम कर्पोरेसनसँग समझदारी गरिसकेको अवस्था छ । तिहारको वेलामा अनौपचारिक हिसाबले चीनको राजनीतिक तह र त्यहाँको आपूर्ति क्षेत्र हेर्ने निकायसँग छलफल भएको छ । त्यसैक्रममा चीनबाट व्यावसायिक रूपमा इन्धन आयात गर्न व्यापारिक सम्झौता गर्ने तयारी छ । त्यसका लागि चीनले बोलाइसकेको स्थिति छ र हामीले अर्थ, परराष्ट्र, कानुन, वाणिज्य मन्त्रालय, आयल निगमलगायत सम्बद्ध प्रतिनिधिको टिम पनि बनाएर चीन पठाउने निर्णय गरिसकेका छौँ । चीनले चाहिएजति तेल दिन्छ अनौपचारिक रूपमा कुरा गर्दा चीन सरकार र त्यहाँको पेट्रोलियम कम्पनीले हामीलाई जति पनि तेल दिन सक्ने जनाएका छन् । खासगरी हाम्रो आवश्यकता जति हुन्छ, त्यति लिन सक्ने र चीनले पनि दिन सक्ने स्थिति छ भनेर आश्वस्त पारेको छ । चीनबाट इन्धन ल्याउँदा चीन र नेपालको दोहोरो कर नहोस् भनेर चीनलाई भन्सारलगायत अन्य कर छुट दिन अनुरोध गरेका छौँ । यस विषयमा बुधबार मात्रै नेपालस्थित चिनियाँ राजदूत वु चुन्ताई र चीनका लागि नेपाली राजदूत डा। महेश मास्केले कुरा गरिरहनुभएको छ । यसर्थ हामीले आपूर्ति सहज पार्नका लागि कुनै पनि उपाय छाडेका छैनौँ । आपूर्ति सहज गर्न सरकारी, औपचारिक, अनौपचारिक, राजनीतिक सबै क्षेत्रबाट कुरा भइरहेको छ । यी सबै उपाय अवलम्बन गरी चीनबाट तेल ल्याउने विषयमा सम्झँैताको नजिक–नजिक पुगेको जानकारी गराउन चाहन्छु । मूल्यमा ठूलो अन्तर हुँदैन चीनबाट आउने इन्धनको मूल्य कति पर्ला भन्ने सबैमा जिज्ञासा छ । अनौपचारिक रूपमा मसँग कुरा हुँदा चीनले लागत मूल्यमै इन्धन दिने भनेको छ, यसमा कर छुट सुविधा हुन्छ । अहिले ढुवानीका साधनमा समस्या भएकाले हाल आयल निगमले तोकेको बिक्री मूल्यमा चीनबाट आएको तेलको बिक्री मूल्य थोरै तल–माथि हुन सक्छ, तर ठूलो अन्तर हुँदैन भन्ने अनुमान गरेका छौँ । शुक्रबार नै नेपालको टिम तेल खरिद सम्झौताका लागि चीन जाँदै छ । उसैले सबै कुरा टुंगो लगाउनेछ । सम्झौतालगत्तै चीनबाट व्यावसायिक रूपमा इन्धन आउन सुरु हुनेछ । चीनसँगका दुवै प्रमुख नाका सुचारु गर्ने प्रयास चीनतर्फका दुईवटा प्रमुख व्यापारिक नाका खासा र केरुङको बाटो सुधार गरी सञ्चालन गर्ने विषयमा ध्यानाकर्षण भएको छ । हामीले अन्तरमन्त्रालय छलफल र पत्राचार गर्दै आएको स्थिति छ । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा दुईवटा नाका सुचारु गर्ने विषयमा पहल भइरहेको छ । यहीबीचमा चीनका प्रतिनिधिले पनि खासाको बाटोलाई अध्ययन गरिसकेको अवस्था छ । अन्य नाकाहरू पनि खोल्ने कुरा भइरहेको छ । वितरण प्रणालीको छानबिन हुने थोरै भएको इन्धन वितरणलाई कसरी पारदर्शी, समानुपातिक र न्यायोचित बनाउने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौँ । ग्यास, पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा कालोबजारी भयो, अभाव भयो भन्ने गुनासा पनि आएका छन् । अन्य दैनिक उपभोग्य सामग्रीमा पनि समस्या भयो भन्ने कुरा आइरहेको छ । सहज आपूर्ति गराउन हामीले ग्यासको कन्ट्रोल रुम राख्यौँ, सवारीसाधनको लटका आधारमा इन्धन वितरण पनि गर्‍यौँ । अहिले इन्धन वितरणमा अनियमितता भयो भन्ने गुनासो बढ्दै गएपछि वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति बनाएका छौँ । यो समितिले तत्कालै आफ्नो काम थालेको छ । गल्ती गर्ने सबैमाथि कारबाही हुन्छ । निजी क्षेत्रलाई पनि छानबिनमा तानिन्छ । जसरी पनि अनियमितताको कारण पत्ता लगाउने गरी छानबिन हुन्छ । सबैको सक्रिय सहभागितामा छानबिनलाई थप प्रभावकारी बनाउन उजुरी, सुझाब पेटिका र हटलाइन पनि राखेका छौँ । इन्धनमा भएका अनियमितताबारे जोकोहीले ०१–४२०००५२ मा फोन गरी उजुरी गर्न सकिने व्यवस्था छ । अनुगमन संयन्त्र हामीले प्रभावकारी अनुगमनका लागि अनुगमन संयन्त्र पनि बनाएका छौँ । यो संयन्त्रलाई सक्रियतापूर्वक परिचालन गरिनेछ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु घिमिरेकै नेतृत्वमा पहिले भएको संयन्त्रलाई अन्य उपभोक्तावादी संस्थालगायतका प्रतिनिधि राखेर प्रभावकारी बनाइएको छ । हामीसँग सूचना छन् र गुनासा पनि आइरहेका छन् । त्यसकै आधारमा विभिन्न ठाउँमा जान्छौँ र बजार अनुगमन गर्छौं । यसमा सबैको सचेत पहलकदमीको अपेक्षा हामीले गरेका छौँ । त्यस्तै, हामीले एक–दुई दिनपछि नै प्राथमिकतामा रहेका स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रलाई इन्धन वितरण गर्नेछौँ । हामीसँग जे–जति छ, त्यसलाई व्यवस्थित रूपमा वितरण गर्न सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका केही साथीहरू खटाएका छौँ । हिजोदेखि वाणिज्य मन्त्रालयकै सहसचिव शम्भु घिमिरेको संयोजकत्वमा रेकर्ड समिति बनाएका छौँ । त्यसले मुलुकभित्र कति बुलेट र ट्यांकर भित्रिएका छन्, त्यसको मात्राको रेकर्ड राख्छ । ती सामान कहाँ पुग्यो, कहाँ पुगेन भनेर पनि रेकर्ड राख्छ । काठमाडौं भित्रिएको इन्धन कति हो र वितरण भएको कति छ भन्ने रेकर्ड पनि राख्छ । मुलुकभित्र आएको इन्धन र वितरण भएको परिमाणलाई दैनिक रूपमा जानकारी गराउनेछौँ । अल्पकालीन र दीर्घकालीन योजना बनाइनेछ सुरक्षा निकायदेखि दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने यातायातका साधनसम्मको प्रभावकारी परिचालनमार्फत वितरण प्रणाली कसरी चुस्त बनाउने भनेर सोचिरहेका छौँ । हामीलाई निश्चित ठाउँमा रहेका पम्पहरू तोकेर इन्धन दिन सुझाब पनि आइरहेको छ । यी कुरालाई व्यवस्थित गर्न हामी सोच्छौँ । हामीसँग जे–जति मात्रामा मट्टीतेल मौज्दात छ, त्यसलाई शुक्रबार वितरण गर्दै छौँ । हामीले आपूर्ति गर्नेबारे मात्रै सोचेर पनि हुँदो रहेनछ भन्ने पछिल्ला घटनाक्रमले देखाएका छन् । हामीले प्रभावकारी वितरण र अनुगमनलाई सँगसँगै लिएर जानुपर्ने रहेछ भन्ने कुराको अनुभूति गरेका छौँ । यो संकटबाट पार पाउँदै मुलुकको आपूर्ति व्यवस्था भरपर्दो बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाउने विषयमा हामी गम्भीर छौँ । दीर्घकालीन र मध्यकालीन योजना बनाउन विज्ञहरूसँग छलफल गरेर कार्यक्रम बनाउनेबारे सोचिरहेका छौँ । अहिलेको समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धताका साथ हामी काम गरिरहेका छौँ । अाजकाे नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE